निर्णय नं. १०१६३ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१६३ - परमादेश भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७५/१०/२३ १२०७९ सर्वोच्च अदालत, बृहत् पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७५।१०।२३ ०७४-WO-०४७५ विषयः परमादेश निवेदक : नेपाल सरकारका पूर्वसचिव काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० बस्ने द्वारिकानाथ ढुंगेलसमेत विरूद्ध विपक्षी : ठूला करदाता कार्यालय, हरिहरभवन, ललितपुर कर लाग्ने वा नलाग्ने भन्ने विषयको मूल आधार राष्ट्रिय कानून नै हो । राष्ट्रिय कानूनले पुँजीगत लाभकर लाग्छ भनेमा कर लाग्ने हो र लाग्दैन भनेमा नलाग्ने हो । यसबारे द्विविधा रहनुपर्ने कुनै कारण नदेखिने । (प्रकरण नं.११) लाभमा कर लाग्ने भनेको स्वामित्वको निसर्ग हुँदा प्राप्त हुने लाभमा लाग्ने कर रहेछ भन्ने बुझिन्छ । स्वामित्वको प्रत्यक्ष रूपमा हस्तान्तरण भएको अवस्थामा लाभ प्राप्त गर्ने व्यक्तिले कर तिर्नुपर्ने अवस्था हुने । (प्रकरण नं.१७) वास्तविक कारोबार नगरी फगत सन्धिको सुविधा लिने (Treaty shopping) कार्यलाई निरूत्साहित गर्ने उद्देश्यबाट समेत आयकर ऐन, २०५८ को दफा ७३ उपदफा (५) ले कर छुट नपाउने व्यवस्था गर्दै सो उपदफाको देहाय खण्ड (ख) मा भएको व्यवस्थाअनुसार कुनै निकायको निहित स्वामित्वको पचास प्रतिशत वा सोभन्दा बढी हिस्सा अन्य कुनै निकायद्वारा ग्रहण गरिएको र त्यस्तो व्यक्ति वा निकाय सम्झौताको अर्को पक्ष वा नेपालको पनि बासिन्दा नभएको अवस्थामा अन्तर्राष्ट्रिय सम्झौताबमोजिमको सुविधा नपाइने । (प्रकरण नं.२४) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता डा. श्री सुरेन्द्र भण्डारी विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री नारायणप्रसाद पौडेल, सहन्यायाधिवक्ताहरू श्री गोपालप्रसाद रिजाल र श्री विश्वराज कोइराला तथा उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली, विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, श्री कोमलप्रसाद घिमिरे, श्री देवेन्द्र न्हुछे प्रधान र श्री पूर्णमान शाक्य एवं विद्वान् अधिवक्ताहरू श्री रामशरण पोखरेल, श्री सुमन आचार्य, श्री रेसमराज रेग्मी, श्री रेवतीराम पन्थ, श्री महेश थापा र श्री मदनकुमार डंगोल अवलम्बित नजिर : ने.का.प.२०४८, नि.नं.४४३०, पृ.८१० ने.का.प.२०४९, नि.नं.७०८८, पृ.२८७ ने.का.प.२०५४, नि.नं.६३९६, पृ.३३५ ने.का.प.२०५९, नि.नं.७१३२, पृ.६०४ ने.का.प.२०६६, नि.नं.८०८२, पृ.२६१ ने.का.प.२०७०, नि.नं.८९४०, पृ.२१ ने.का.प.२०७०, नि.नं.८९७०, पृ.३०३ सम्बद्ध कानून : नेपालको संविधान आयकर ऐन, २०५८ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६ तथा १३३(२) र (३) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार छ:- एनसेल प्राइभेट लिमिटेड नेपालको कानूनअन्तर्गत नेपालमा दर्ता र सञ्चालनमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी हो । आन्तरिक राजस्व विभागबाट स्थायी लेखा प्रमाणपत्र प्राप्त गरी ठूला करदाताको रूपमा एनसेलले मान्यता प्राप्त गरेको छ । हाल एनसेलमा २ जना सेयर धनी रहेका छन् । विपक्षी रेनोल्ड्स होल्डिङको नाममा ८०% र विपक्षी युनिभेरा क्यापिटल भेञ्चरको नाममा २०% सेयर रहेको देखिन्छ । यसरी विपक्षी एनसेलले ८०% विदेशी लगानी र २०% स्वदेशी लगानीमा दूरसञ्चार सेव