निर्णय नं. १०१६४ - निर्णय दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१६४ - निर्णय दर्ता बदर भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७४/०९/०३ ३०४६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे फैसला मिति : २०७४।९।३ मुद्दा:- निर्णय दर्ता बदर ०६७-CI-१५४९ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, कपन गा.वि.स. वडा नं. ३ बस्ने कान्छी तामाङसमेत विरूद्ध प्रत्यर्थी / वादी : का.जि.का.म.न.पा. वडा नं. २३ बस्ने नातीभाइ गुभाजु भन्ने नाति शाक्यकी श्रीमती रत्नमाया शाक्य ०६७-CI-१५४८ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, कपन गा.वि.स. वडा नं. ३ बस्ने सन्तबहादुर लामा तामाङसमेत विरूद्ध प्रत्यर्थी / वादी : का.जि.का.म.न.पा. वडा नं. २३ बस्ने रत्नमाया शाक्य विबन्धनको सिद्धान्त हक खानेको हकमा पनि समान रूपमा आकर्षित हुने हुँदा बाबुले स्वीकार गरेको तथ्यलार्इ इन्कार गर्न विबन्धनको सिद्धान्तले यी प्रतिवादीहरूलार्इ समेत रोक्ने । (प्रकरण नं.२) कुनै मुद्दाको रोहमा प्रमाण बुझ्ने प्रसङ्गमा जारी भएको म्याद पक्षले प्राप्त गर्दैमा सो मुद्दामा पछि हुने निर्णयसमेत निजलाई जानकारी थियो भन्न नमिल्ने । दूषित दर्ता बदर गर्न यो यस्तो कार्यविधि अवलम्बन गर्नु पर्छ भन्ने छुट्टै व्यवस्था कानूनमा निर्धारण भएको नदेखिँदा न्यायिक निरूपणको क्रममा दर्ता दूषित रहेको देखिनु नै त्यस्तो दर्ता बदर वा निष्क्रिय गर्नका लागि पर्याप्त हुने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री चेतनाथ घिमिरे र विद्वान्‌ अधिवक्ता श्री अर्जुन खनाल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६०, नि.नं.७१६६ ने.का.प.२०७४, अंक २, नि.नं.९७५९ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- मा. जिल्ला न्यायाधीश श्री सत्यराज गुरूङ काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री मोहनप्रसाद घिमिरे माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा पुनरावेदन अदालत पाटन फैसला प्र.न्या.श्री गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः म फिरादीको पति नाति शाक्य भिक्षुको नाममा साबिक मौजा हा.नं. ३६९ रोपनी २ll ll३ मध्येको सर्भे नापी हुँदा जिल्ला काठमाडौं कपन गा.पं. वडा नं. ३(च) कि.नं. १२७ क्षेत्रफल १-४-० को जग्गा सर्भे नापीअनुसार जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा लिनुअघि मिति २०२८ मा पतिको परलोक हुँदा मुलुकी ऐन, अपुतालीको २ नं. जग्गा पजनीको २ नं. (क) नं. बमोजिम मेरो नाममा नामसारी दर्ता गर्न नै बाँकी रहेको र उक्त जग्गाका दर्तावाला मोही विपक्षीहरूका पतिपिता पुन्टे तामाङले जोतकमोद गरी २०५० सालसम्मको कुतबाली दर्तावाला मोही जीवित रहेकोले पुन्टे तामाङबाट र वहाँको २०५० सालमा परलोक भएपछि विपक्षीहरूबाट कुतबालीबापत नगदै बुझी आएकोमा विपक्षीहरूले २०६० सालको कुतबाली नबुझाएकोले कारण सोध्दा उक्त जग्गा निजहरूले दर्ता गरी बिक्रीसमेत भइसकेको जवाफ पाई मालपोत कार्यालय चाबहिल गई दर्ता स्रेस्ता हेर्दा उक्त जग्गा विपक्षीहरूबाट पुतली लमिनीका नाममा दर्ताको मौजा टुपेक रै.नं.३५६।६० को लगत देखाई सर्भे नापीमा नापनक्सा हुँदा फिल्डबुकमा उल्लेख भएको जग्गा जग्गाधनीलाई भूलबाट लेखिन गएको बेहोरा पारी मिति २०५२।६।३० मा मालपोत कार्यालयमा निवेदन गरी मालपोत कार्यालयबाट मिति २०५३।१।२७ मा विपक्षीहरूको नाममा नामसारी दर्ता गर्