निर्णय नं. १०१६५ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१६५ - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७४/०८/१२ ५९४१ प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ । - सम्पादक सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री मीरा खडका फैसला मिति : २०७४।८।१२ ०७०-CR-०६७७ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / वादी : ........... को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : चितवन जिल्ला, रत्‍ननगर न.पा.वडा नं.८ बस्ने मुन्द्रेसर भन्ने अशोक श्रेष्ठ कुनै पुरूषले आफ्नो यौन तृष्णा मेटाउने मनसाय राखी पीडित महिलाको मन्जुरीबेगर जबरजस्तीपूर्वक आफ्नो लिङ्ग महिलाको योनिमा प्रवेश गराई वा अन्य तरिकाले यौन सन्तुष्टि लिएको हुन्छ । यसप्रकार जबरजस्ती करणीको कसुर हुनका लागि जबरजस्ती करणी गर्ने मनसाय, जबरजस्ती करणी गर्ने कार्य र पीडितको करणी गर्ने कार्यमा मन्जुरीको अभाव रहेको अवस्थामा जबरजस्ती करणीको कसुर गरेको मान्नु पर्ने । अत्यन्त कलिलो उमेर अवस्था भएको बालिकाको हकमा जबरजस्ती करणी गर्दा वयस्क महिलासँगको सम्बन्धमा जस्तो लिङ्ग सजिलैसँग प्रवेश नहुने भएकाले त्यस्तो कलिलो उमेरका बालिकाको योनिबाहिर लिङ्ग दली / रगडी वीर्य स्खलन गरेकोलाई करणी नभई उद्योग मान्न नसकिने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री कुलप्रसाद पाण्डे प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६६, अंक ५, नि.नं.८१४२ ने.का.प.२०७३, अंक १, नि.नं.९५१९ सम्बद्ध कानून : सुरू फैसला गर्नेः मा. जिल्ला न्या. श्री भोलानाथ चौलागाईं चितवन जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल मा. न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई पुनरावेदन अदालत हेटौंडा फैसला न्या. मीरा खडका : पुनरावेदन अदालत हेटौंडाको मिति २०६९/८/१९ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- मिति २०६७/१०/२६ गते दिनको ४ बजेको समयमा मेरो घर परिवार घरमा कोही नभएको अवस्थामा मेरो कान्छी छोरी हाल नाम परिवर्तन गरिएकी वर्ष ४ की रत्‍नमाया तामाङ स्कुल बिदा भएपछि घरमा आई घर आँगनमा लेखिरहेकी अवस्थामा अन्यायी अशोक श्रेष्ठले जबरजस्ती उठाई बोकी घर कोठामा लगी जबरजस्ती करणी गर्नको लागि आफ्नो लिङ्‍ग छोरी रत्‍नमाया तामाङको योनिमा दलिरहेको अवस्थामा जेठी छोरी अनिता तामाङले देखी हारगुहार गर्दा निज घटनास्थलबाट भागी गएको हो । निज अन्यायीले छोरीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको हुँदा निजलाई पक्राउ गरी हदैसम्मको कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको ............... को जाहेरी दरखास्त । जिल्ला चितवन, रत्‍ननगर नगरपालका वडा नं.७ स्थित पूर्व सिसैतर्फ जाने सडक, पश्चिममा जीवन घिमिरेको घर, उत्तरमा राजमार्ग सडक, दक्षिणमा मुक्तिनाथ घिमिरेको घर यति ४ किल्लाभित्र रहेको जीवन घिमिरेको जग्गामा खरको छानो खडाईको बार भएको ............... को भाडामा बस्ने घर रहेको, सो घरभित्र २ वटा कोठा रहेको सो २ कोठामध्ये दक्षिणतर्फको कोठामा बिस्तारासहितको २ वटा खाट रहेको, सो खाटहरूमध्ये पूर्वतर्फ साइडमा रहेको खाटमा अशोक श्रेष्ठले ज