निर्णय नं. १०१६७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१६७ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७५/०३/१० २८१८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७५।३।१० ०७३-WO-०२५८ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं.१५ घर भई हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंमा नेपाल इन्जिनियरिङ सेवा, इलेक्ट्रोनिक्स एण्ड टेलिकम्युनिकेसन समूह रा.प.अनं.प्रथम श्रेणी (प्रा.) एक्सरे टेक्निसियन पदमा कार्यरत वर्ष ५४ को प्रद्युम्नहरी श्रेष्ठ विरूद्ध विपक्षी : लोक सेवा आयोग केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंसमेत निजामती सेवा नियमावली, २०५० को नियम १२७(२) ले तालिमको सम्बन्धमा द्विविधा भएमा समकक्षता निर्धारण गर्न सम्बद्धता निर्धारण समितिको व्यवस्था गरेको छ भने बढुवा समिति स्वयम् सन्तुष्ट भएमा समकक्षता निर्धारण हुनैपर्छ भन्ने नदेखिने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री नारायणप्रसाद पराजुली विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ निजामती सेवा नियमावली, २०५० आदेश न्या.ओमप्रकाश मिश्र : नेपालको संविधानको धारा ४६ तथा १३३(२) बमोजिम दर्ता भई नियमानुसार पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः- भन्सार विभागको मिति २०४५।१२।२९ को निर्णय र मिति २०४५।१२।३० को पत्रबमोजिम म निवेदक त्रिभुवन विमानस्थल भन्सार कार्यालयको नयाँ सिर्जना भएको एक्सरे टेक्निसियन सहायक (नेपाल इन्जिनियरिङ सेवा, इलेक्ट्रोनिक्स एण्ड टेलिकम्युनिकेसन समूह को रा.प.अनं.द्वितीय श्रेणी) पदमा स्थायी नियुक्ति पाई कार्यरत रहेको अवस्थामा नेपाल सरकारको मिति २०६४।११।२७ को निर्णयअनुसार २०६४ माघ १ गतेदेखि जेष्ठता कायम हुने गरी बढुवा भई हाल निवेदन खण्डमा उल्लिखित पदमा उल्लिखित कार्यालयमा कार्यरत रहेको छु । निजामती सेवा ऐनको दफा २१(१)(ख) बमोजिम बढुवाको लागि आवश्यक पर्ने मेरो सेवा अवधि मिति २०६९।११।२६ मा नै पुगेको, सेवाकालीन तालिम लिएको र सबै वर्षको का.स.मू.फाराम भरेर मूल्याङ्कनसमेत भएको हुँदा निजामती सेवा ऐनको दफा २४घ१क बमोजिम जेष्ठता र कार्य सम्पादनको मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि म निवेदक सम्भाव्य उम्मेदवार रहेको हुँदा त्यस्तो बढुवाको प्रतिक्षामा रहेको थिएँ । यस्तैमा आयोगद्वारा मिति २०७२।७।२५ गते सूचना नं. ३८९/०७२-०७३, बढुवा सूचना नं. १९८/०७२-०७३ मा नेपाल इन्जिनियरिङ सेवा, इलेक्ट्रोनिक्स एण्ड टेलिकम्युनिकेसन समूहको रा.प.तृतीय श्रेणीको इलेक्ट्रोनिक्स / रेडियो इन्जिनियर / टेक्निकल अफिसर पदको पदसंख्या २ जेष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा बढुवा गर्ने गरी विज्ञापन प्रकाशन भएको थियो । उक्त विज्ञापित पदका लागि म निवेदकले समेत सम्भाव्य उम्मेदवारको हैसियतले बढुवा दरखास्त फाराम भरी बढुवाको लागि आफ्नो नाम सिफारिस हुने विश्वासमा रहेको थिएँ । यसैबीच बढुवा समितिको मिति २०७३।३।२० मा बैठक बसी "निजामती सेवा ऐन, २०४९ निजामती सेवा नियमावली, २०५० र बढुवा समितिले समय समयमा गरेको व्याख्या र व्यवस्थासमेतका आधारमा" भनी क्रमसंख्या १ मा मेरो र क्रमसंख्या २ मा अम्बिकाप्रसाद बरालको नाम बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको रहेछ । मिति २०७३।३।११ को गोरखापत्रमा बढुवा समितिले प्रकाशन गरेको बढुवा सूच