निर्णय नं. ४३४२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३४२ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४८/०८/०२ १९७६ निर्णय नं. ४३४२ ने.का.प. २०४८ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको रिट नं. ८२४ आदेश भएको मिति: २०४८।८।२।२ मा निवेदक : घरेलु तथा ग्रामीण उद्योग विकास शाखा बाजुराका ख.शेरबहादुर विष्ट विरुद्ध विपक्षी : अञ्चलाधीश, अञ्चलाधीशको कार्यालय सेती अञ्चलसमेत विषय : उत्प्रेषण (१) पुनरावेदन तहको निर्णय बदर भएको अवस्थामा शुरु तहको निर्णय स्वतः कायम एवं क्रियाशील रहने हुँदा निवेदकको हकमा बढुवा सिफारिश गर्ने गरेको बढुवा समितिको निर्णय कायम रहन आएकोले सोही अनुसार बढुवा स्वतः पाउने हुँदा परमादेशको आदेश जारी गरिरहन नपर्ने । (प्रकरण नं. १२) प्रत्यर्थीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ, विद्वान अधिवक्ता श्री शिवराज अधिकारी आदेश न्या.रुद्रबहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ :– २. यस क्षेत्रीय कार्यालय अन्तर्गत घरेलु तथा ग्रामीण उद्योग विकास शाखा अछाममा रिक्त रहन आएको ना.सु.पद १ बढुवाद्वारा पूर्ति गर्नु पर्ने हुँदा सम्भाव्य उम्मेदवारहरुले २०४४ साल आषाढ मसान्तसम्म ३ वर्षको का.स.मु.फाराम तथा नि.से.नि. अनुसार (साविक पेज नं. ४२०) आवश्यक पर्ने अन्य कागजात समेत भएको रीतपूर्वकको फाइल सूचना प्रकाशित भएको ३५ दिनभित्र यस कार्यालयमा पेश गर्नु भन्ने मिति २०४४।१०।९ मा सुदूरपश्चिमाञ्चल क्षेत्रीय घरेलु तथा ग्रामीण उद्योग विकास कार्यालयबाट प्रकाशित सूचना तथा उक्त सूचनामा २०४४ साल आषाढ मसान्त” भन्ने उल्लेख भएकोमा संशोधन गरी “२०४४ साल पौष मसान्तसम्म ३ वर्ष पुगेका सम्भाव्य “उम्मेदवार” भन्ने संशोधित सोही कार्यालयबाट मिति २०४४।१०।११ मा प्रकाशित सूचना निवेदक बहाल रहेको शाखा कार्यालय बाजुरामा मिति २०४४।१२।२ द.नं. १६४(क) मा दाखिल दर्ता भई प्रकाश हुन आएपछि सो बढुवाको सूचना प्रकाश कानुनतः निवेदकलाई जानकारी भयो । त्यसपछि निवेदकले च.नं. ११० मिति २०४४।१२।३ मा नै बढुवा सम्बन्धी फारामहरु र अन्य कागजात समेत फायल आफू बहाल रहेको शाखा कार्यालयबाट क्षेत्रीय कार्यालय डोटीमा पठाएकोमा त्यस कार्यालयको च.नं. ११० मिति २०४४।१२।३ मा पठाएकोे बढुवा सम्बन्धी फायल यस कार्यालयबाट मिति २०४४।१०।९ मा प्रकाशित बढुवा सूचना अनुसार पेश हुन नआई म्याद समाप्त भएपछि मिति २०४४।१२।१० गते प्राप्त भई दर्ता भएको हुँदा उक्त फाइल बढुवा सम्बन्धमा पेश गर्न नसकिने हुँदा जानकारीको लागि अनुरोध गरिन्छ भन्ने च.नं. ७७५ मिति २०४४।१२।११ को पत्र निवेदक बहाल रहेको कार्यालयमा वापस भई आयो । त्यसरी वापस गरिए तापनि अञ्चल न्यायाधीश, सेती अञ्चल अदालतको अध्यक्षतामा बसेको बढुवा समितिको मिति २०४५।३।२० को बैठकले म निवेदक (प्राप्ताड्ढ (१९८.२७) लाई ना.सु.पदमा बढुवा सिफारिश गर्ने निर्णय गरेको थियो । सो निर्णय उपर म्यादभित्र विपक्षी सोमराज ओझाको सेती अञ्चलाधीश समक्ष उजूर पर्दा निवेदकको फाइलमा प्रस्तुत प्रमाण कागजहरुमा रीत नपुगेको भन्ने आधारमा सो रीत पुर्‍याई पुनः बढुवा समिति बसाल्ने भन्ने निर्णय भई आयो । त्यसपछि अञ्चल न्यायाधीश, सेती अञ्चलको अध्यक्षतामा पुनः मिति २०४६।२।२४ मा बसेको बढुवा समितिले फेरि पनि निवेदकलाई नै बढुवा गर्ने सिफारिश गर्ने निर्णय गरेपछि सो निर्णय उपर म्याद भित्रै विपक्षी सोमर