निर्णय नं. १०१६८ - करार भंग गरेकाले मेरो सम्पत्ति फिर्ता दिलाई क्षतिपूर्तिसमेत दिलाई पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१६८ - करार भंग गरेकाले मेरो सम्पत्ति फिर्ता दिलाई क्षतिपूर्तिसमेत दिलाई पाऊँ भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७५/०८/१७ ३५७७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७५।८।१७ ०६८-CI-०४४६ मुद्दाः करार भंग गरेकाले मेरो सम्पत्ति फिर्ता दिलाई क्षतिपूर्तिसमेत दिलाई पाऊँ पुनरावेदक / वादी : सिराहा जिल्ला, रामनगर मिर्चैया गा.वि.स.वडा नं.४ बस्ने अरूणशंकर साह विरूद्ध विपक्षी / प्रतिवादी : सिराहा जिल्ला स्थित नेपाल बैंक लिमिटेड शाखा कार्यालय, लाहानसमेत बैंकमा कुनै सम्पत्ति (चल / अचल) धितो राखी कर्जा / ऋण लिँदा बैंक र व्यक्तिबीच गरिएको सर्तनामा र तमसुकमा उल्लिखित सावाँ रूपैयाँको ब्याज चुक्ता गर्नेबारे समय सीमा निर्धारण गरी सर्त बन्देज तोकिएको हुन्छ र सो सर्तबमोजिम सावाँ ब्याज चुक्ता भएपछि मात्र बैंकमा धितो राखिएको सम्पत्ति फिर्ता हुने । (प्रकरण नं.४) धितो फिर्ता नगर्ने वा फिर्ता गर्न असमर्थ पक्षबाट करार पालन नभएको आधारमा धितो फिर्ता पाउने अधिकार भएको पक्षले हानि नोक्सानी भराई लिन पाउने नै हुन्छ । यस्तो हानि नोक्सानी वास्तविक हुनु पर्ने र वास्तविक हानि नोक्सानीका लागि बजार मूल्य नै सर्वोत्तम मूल्याङ्कनको आधार हुन सक्ने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री राजु कटुवाल विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री कुमार रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री भुपेन्द्रप्रसाद राई सिराहा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. मुख्य न्या. श्री अली अकवर मिकरानी माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. पुनरावेदन अदालत राजविराज फैसला न्या. अनिलकुमार सिन्हा : साबिक न्याय प्रशासन ऐन, २०४८ हाल न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम यस अदालतमा पर्न आएको निवेदनमा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः मैले विपक्षी नेपाल बैंक लिमिटेड लाहान शाखा सिराहासँग देहायबमोजिमको सुनचाँदीको गहना धितो राखी देहायका मितिहरूमा देहायबमोजिमको रकम कर्जा लिएको थिएँ । (क) सामाज वा वस्तुको नामः सुनको गरगहना ऋणीको नाम कर्जा लिएको रकम कर्जा लिएको मिति कर्जा नं. अरूणशंकर साह रू.६,१००।- २०५८।१०।११ ६४।७४२ अरूणशंकर साह रू.९,२००।- २०५९।१।४ ६५।०९ अरूणशंकर साह रू.६,५००।- १।१६ ६५।४८ अरूणशंकर साह रू.८,४००।- २।१५ ६५।१६९ अरूणशंकर साह रू.७,९००।- २।१६ ६५।१७६ अरूणशंकर साह रू.१५,९००।- २।२१ ६५।२२९ अरूणशंकर साह रू.१३,६००।- ३।५ ६५।३२३ अरूणशंकर साह रू.८,६००।- ४।६ ६।४०७ अरूणशंकर साह रू.१५,१००।- ४।१२ ६५।४३१ अरूणशंकर साह रू.७,५००।- ४।२६ ६५।५०१ अरूणशंकर साह रू.२३,६००।- ५।२ ६५।५६५ अरूणशंकर साह रू.१२,६००।- ५।१७ ६५।६९१ अरूणशंकर साह रू.१०,५००।- ५।१९ ६५।७०८ अरूणशंकर साह रू.८,८००।- ६।७ ६५।८४७ अरूणशंकर साह रू.२०,०००।- ६।१५ ६५।८८८ अरूणशंकर साह रू.२२,७००।- ७।८ ६५।९६८ अरूणशंकर साह रू.१०,०००।- ७।११ ६५।९८४ अरूणशंकर साह रू.११,८००।- ८।१७ ६५।११८६ अरूणशंकर साह रू.१२,७००।- ८।१८ ६५।११९१ (ख) सामान वा वस्तुको नामः चाँदी अरूणशंकर साह रू.४,४००।- २०५८।१२।१ ६४।८५३ अरूणशंकर साह रू.४,४००।- १२।१५ ६४।९३२ अरूणशंकर साह रू.४,७००।-