निर्णय नं. १०१७० - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१७० - बन्दीप्रत्यक्षीकरण भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७५/०३/०७ ३९७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई आदेश मिति : २०७५।३।७ ०७४-WH-०११० मुद्दाः बन्दीप्रत्यक्षीकरण निवेदक : कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नं.६ माल्कोट घर भई हाल काठमाडौं विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययनरत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र वि.क. समेत विरूद्ध विपक्षी : नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत कुनै पनि निकायले अनुसन्धानको क्रममा पक्राउ गर्न पाउने सो निकायको अन्तर्निहित अधिकार कदापि होइन । आफ्नो अधिकार प्रयोग गर्दा कानूनको प्रक्रियाअनुरूप गर्नुपर्ने देखिन्छ । कानून प्रदत्त स्वविवेकको अधिकार प्रयोग गर्दासमेत वस्तुनिष्ठ र मनासिब आधार र कारण खुलेको देखिनु पर्दछ । पर्याप्त र मनासिब आधार र कारण नखुलाई प्रयोग भएको स्वविवेकिय कार्यले कानूनी मान्यता पाउन नसक्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री उपेन्द्र केशरी न्यौपाने तथा विद्वान्‌ अधिवक्ताहरू डा.श्री पुण्‍यप्रसाद खतिवडा र श्री कपिलचन्द्र पोखरेल विपक्षीका तर्फबाट : सहन्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेय अवलम्बित नजिर : ने.का.प.२०६३, अंक ३, नि.नं.७६७२ ने.का.प.२०६८, अंक ८, नि.नं.८६७२ सम्बद्ध कानून : केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ आदेश न्या. दीपककुमार कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- म निवेदक नेपालको संविधानको धारा १६(१), धारा १७(१) र (२) को (क), (ख), (ङ), (च), धारा १८(१), धारा २०(१), (२), (३), (८), धारा २२, धारा १३३(२) र (३), न्याय प्रशासन ऐन, २०७३ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३३ समेतका आधारमा अन्य वैकल्पिक एवं प्रभावकारी उपचारको विकल्पको अभावमा म निवेदक मेरा चिनजानका माथि नाम उल्लिखित व्यक्तिहरूको हकमा प्रस्तुत निवेदन लिई उपस्थित भएको छु । यस निवेदनमा यसपछि प्रत्यर्थी नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार, काठमाडौंलाई मन्त्रालय, प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंलाई प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई कार्यालय, महानगरीय प्रहरी परिसर, टेकुलाई परिसर र महानगरीय प्रहरी वृत्त, बौद्धलाई वृत्त भनी सम्बोधन गरेका छौँ । निवेदकहरूमध्येका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष-१, रत्‍नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा अध्ययनरत विद्यार्थीसमेत २ जना विद्यार्थी नेताहरूबाट प्रत्यर्थी वृत्तबाट खटिई आएका बताउने प्रहरीहरूद्वारा मिति २०७५।१।२८ का दिन नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा अस्पताल परिसरबाट बिहान ११:०० बजेको समयमा बिना कारण पक्राउ गरिएको रहेछ । निवेदकहरू २ जनालाई पक्राउ गर्दाको अवस्थामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरन्जिवी ढकाललाई समेत सँगै पक्राउ गरिएको रहेछ । यस सम्बन्धमा विभिन्न सञ्चार माध्यममार्फत सामाचार प्रकाशन तथा प्रसारण भएको थियो । ८ विद्यार्थी सङ्गठन र नेपाल अर्थोपेडिक अस्पतालको तर्फबाट निवेदकहरूको रिहाइको लागि प्रेस विज्ञप्ति जारी गरिएको रहेछ । निवेदकहरूको बारेमा सोधखोज गर