निर्णय नं. १०१७१ - अबन्डा जग्गा बन्डा गरिपाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१७१ - अबन्डा जग्गा बन्डा गरिपाऊँ भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७५/०३/३१ ४३८३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७५।३।३१ ०७४-CI-००१५ मुद्दा : अबन्डा जग्गा बन्डा गरिपाऊँ पुनरावेदक / वादी : जितबहादुर घर्तीमगरको बुहारी रामबहादुर घर्तीमगरको श्रीमती भक्तपुर जिल्ला छालिङ्ग गा.वि.स. वडा नं. ४ बस्ने साहिली घर्तीमगरको वारेस इलाम जिल्ला शान्तिडाँडा गा.वि.स. वडा नं. १ घर भई हाल भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं.५ बस्ने विष्णुप्रसाद दाहाल विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जितबहादुर घर्तीमगरको बुहारी रामबहादुर घर्तीमगरको श्रीमती भक्तपुर जिल्ला छालिङ्ग गा.वि.स. वडा नं. ४ को हाल चाँगुनारायण नगरपालिका वडा नं.२ बस्ने श्यामबहादुर घर्तीमगर परलोक भई निजको हकमा मुद्दा सकार गरी लिने छोरा ऐ.ऐ. बस्ने रविराज मगर कानूनबमोजिम आफ्नो हक लाग्ने सम्पत्ति परित्याग गरेको स्पष्ट आधार देखिनु पर्छ । त्यस्तो आधार अनुमानको विषय हुन नसक्ने । पुर्ख्यौली सम्पत्ति एउटा अंशियारले पाउने अर्को अंशियारले नपाउने भनी व्याख्या गर्न कानूनसङ्गत हुँदैन । जब पैतृक सम्पत्ति भन्नेमा विवाद देखिँदैन र सो सम्पत्ति बन्डा भएको छैन भने त्यसलाई अंशियारहरूबीच अबन्डा रहेको सम्पत्तिकै रूपमा लिनु पर्छ र त्यस्तो अबन्डाको सम्पत्ति सबै अंशियारहरूलाई बन्डा लाग्ने । (प्रकरण नं.६) पुनरावेदक / वादी : विद्वान् अधिवक्ता श्री देवीप्रसाद दाहाल प्रत्यर्थी / प्रतिवादी : विद्वान् अधिवक्ता श्री दिनेश सुवाल अवलम्बित नजिर : ने.का.प.२०५६, नि.नं.६६८२, पृ.१८५ ने.का.प.२०६६, नि.नं.८२६०, पृ.१८०७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री बालेन्द्र रूपाखेती भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी माननीय न्यायाधीश श्री नित्यानन्द पाण्डेय पुनरावेदन अदालत पाटन फैसला न्या.दीपककुमार कार्की : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड ससुरा जीतबहादुर घर्ती मगर र सासु गंगा घर्ती मगरका तर्फबाट जायजन्म भएका ३ छोराहरू- जेठो प्रेमबहादुर, माहिलो विपक्षी श्यामबहादुर र कान्छो म वादीका पति रामबहादुर भएकोमा सासु ससुरा तथा जेठाजु प्रेमबहादुरको अविवाहित अवस्थामै परलोक भई सक्नु भएको छ । मेरा पति रामबहादुरको २०६१ सालमा मृत्यु भएकोमा म र निज पतिका तर्फबाट एक छोरीको जन्म भएको र छोरीको हाल विवाह भइसकेको अवस्था हुँदा मेरा पतिको हक खाने एक मात्र श्रीमती नाताकी म साहिली घर्ती मगर हुँ । मेरा पति जीवित छँदै विपक्षी प्रतिवादीउपर यसै अदालतमा अंश चलन मुद्दा दायर गरेकोमा भ.पु.जि. छालिङ गा.वि.स. वडा नं. ४ कि.नं. ४३, ३१, ३६, ३७, १८, ३२, २३, ४६ र ४७ का जग्गाहरू सो मुद्दाका वादी प्रतिवादीले मोहीको हैसियतले आधा आधा खाने गरी अन्य पुर्ख्यौली जग्गाको हकमा केही नबोली अबन्डाकै रूपमा यथावत् राखी मिलापत्र भएको रहेछ । सोबारेमा मैले थाहा नपाई प्रतिवादीउपर यसै अदालतमा अंश चलन मुद्दा दायर गरेकोमा मिति २०६८।७।२३ मा दाबी पुग्न नसक्ने ठहर फैसला भएको छ । भ.पु.जि. छालिङ गा.वि.स. वडा नं. ४ कि.नं. ५४९ को क्षेत्रफल ०-३-३-० घर जग्गा साबिकदेखि नै विपक्षी प्रतिवादी र म वादीले आधा आधा गरी हक भोगचलन गरी आएकोमा आ-आफ्नो हक भोगचल