निर्णय नं. १०१७२ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१७२ - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७३/०५/२३ १५४६४ प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ । - सम्पादक सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे फैसला मिति : २०७३।५।२३ ०७१-CR-०९८९ मुद्दा : जबरजस्ती करणी पुनरावेदक / वादी : परिवर्तित नाम थर वतन संकेत ६६ वेलवा ४ को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बर्दिया वेलवा गाउँ विकास समिति वडा नं. ९ बस्ने गोपाल राना पीडितले प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको हो भन्दैमा जबरजस्ती करणी ठहर हुन सक्ने अवस्था हुँदैन । सो कुरा मिसिल संलग्न स्वतन्त्र सबुद प्रमाणबाट तथ्यगत रूपमा पुष्टि हुन सक्नु पर्दछ । जबरजस्ती करणी मुद्दामा पीडितको कागज बेहोरा सबुदको रूपमा रहने भए तापनि अकाट्य प्रमाणको रूपमा भने लिन मिल्ने अवस्था हुँदैन । त्यस्तो बकपत्रमा उल्लेख भएका कुराहरू विश्वसनीय पनि देखिनु पर्ने । (प्रकरण नं.३) कन्याजाली फाटेको भन्ने तथ्यले जबरजस्ती करणी गरेको तथ्य स्थापित गर्न सहयोग पुग्ने भएपनि अन्य स्वतन्त्र प्रमाणहरूबाट सो कुरा पुष्टि नभएसम्म कन्याजाली फाटेकै आधारमा जबरजस्ती करणी भएको भनी निष्कर्षमा पुगी हाल्न मनासिब नहुने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री धन सिंह महरा बर्दिया जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने :- मा.निमित्त मुख्य न्या.श्री प्रकाशकुमार ढुंगाना मा. न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा पुनरावेदन अदालत, नेपालगञ्ज फैसला न्या.केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- जिल्ला बर्दिया बेलवा गाउँ विकास समिति वडा नं. ९ स्थित पूर्वमा आँपको रूख, पश्चिममा लखनाचोकदेखि राजागाउँतर्फ जाने बाटो, उत्तरमा जिवराज शर्माको फुसले छाएको गोठ र दक्षिणमा भूमीसरा डि.सी.को घर यति चार किल्लाभित्र परिवर्तित नाम संकेत नं. ६६ बेलवा ४ को टाएलले छाएको घर, उक्त घरको तल्लो तलाको पश्चिम उत्तर मोहडा भएको कोठामा जाहेरवालीको छोरीलाई गोपाल रानाले जबरजस्ती करणी गरेको र घटनास्थलमा खाटमा रहेको बिस्तरा यत्रतत्र छरिएको, खुम्चिएको, ढोका छेउमा फितामा झंकार लेखिएको कालो रंगको र तला रातो रंगको पुरानो दुईवटा चप्पल फेला परेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । म जाहेरवालाकी छोरी वर्ष १७ की नाम परिवर्तित संकेत नं. ६६ बेलवा ५ लाई घरमा कोही नभएको अवस्थामा मिति २०६९।१२।२१ गते दिउँसो अन्दाजी १५:०० बजेको समयमा गाउँकै गोपाल रानाले जबरजस्ती करणी गरेको हुँदा निजलाई कानूनबमेजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको नाम परिवर्तित संकेत नं. ६६ बेलवा ४ को जाहेरी दरखास्त । मिति २०६९।१२।२१ गते दिउँसो अन्दाजी १५:०० बजेको समयमा म घरमा एक्लै केराउ केलाउँदै गरेको अवस्थामा प्रतिवादी गोपाल रानाले मेरो मोबाइल तिम्रो घरमा चार्जमा लगाएको छु । मोबाइल देउ भनेपछि म मोबाइल लिन कोठाभित्र गएको समयमा निज प्रतिवादी गोपाल राना पनि कोठाभित्र प्रवेश गरी ढोका लगाई जबरजस्ती करणी गरी तत्काल घटनास्थलबाट भागी गएकोले नि