निर्णय नं. १०१७३ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१७३ - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७५/०९/०१ ५१३० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री मीरा खड्‍का फैसला मिति : २०७५।९।१ ०७४-CR-१०७४ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / वादी : परिवर्तित नाम भैरहवा ३९R को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला रूपन्देही, सक्रौनपकडी गाउँ विकास समिति वडा नं. ४ हाल जिल्ला कारागार कार्यालय, रूपन्देहीमा थुनामा रहेको अब्दुल कलाम मुसलमानसमेत दुवै प्रतिवादीले एकै समयमा करणी गरेको स्थापित नभएसम्म सामुहिक करणी गरेको भनी ठहर गर्ने अवस्था नहुने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइराला प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री मुरारीबाबु श्रेष्‍ठ रूपन्देही जिल्ला अदालत पुनरावेदत तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री हेमराज पन्त माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्‍ठ उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या.मीरा खडका : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः जिल्ला रूपन्देही सक्रौनपकडी गाउँ विकास समिति वडा नं.५मा बस्ने जाहेरवाली परिवर्तित नाम भैरहवा ३९(R) लाई घरभित्रै कुटपिट गरी घरदेखि बाहिर निस्कनै नदिई मिति २०७३।३।२० गतेका दिन ससुरा सौकतअली मुसलमानले र मिति २०७३।३।२३ गतेका दिन देवर अब्दुल कलाम मुसलमानले जबरजस्ती करणी गरेको हुँदा निजहरूलाई कारबाही गरिपाउँ भनी जानकारी गराएको हुँदा निज प्रतिवादीहरूलाई खोजतलास गर्दा अब्दुल कलाम मुसलमान मिति २०७३।३।२५ गते घर गाउँमा फेला परेको हुँदा आवश्यक कारबाहीको लागि दाखिला गरेको छु भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन । मेरो श्रीमान् रोजगारको लागि विदेश भारतको मुम्बईमा गएपश्‍चात् ससुरा सौकात अली मुसलमान र देवर अब्दुल कलाम मुसलमानले मलाई मेरै कोठामा घरभित्रै थुनी कुटपिट गरी घरदेखि बाहिर निस्कनै नदिई यातना दिँदै आएकोमा मिति २०७३।३।२० मा सौकत अलीले र ऐ.२३ गतेका दिन अब्दुल कलामले जबरजस्ती करणी गरेकोमा ऐ.२३ गते मेरा माइतीका मानिस भेटघाटको लागि आएकोमा भेट्नसमेत नदिँदा स्थानीय मानिस तथा प्रहरीको उपस्थितिमा म माइतीमा गएकी हुँ । निजहरूले मलाई जबरजस्ती करणीसमेत गरेको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम भैरहवा ३९(R) को जाहेरी दरखास्त । जाहेरवाली परिवर्तित नाम भैरहवा ३९(R) मेरी भाउजू नाता पर्ने भएको हुँदा हामी देवर भाउजू भए तापनि एक आपसमा माया ममता गर्ने गर्दथ्यौं । भाउजूले घरमा बुबा आमाले भनेको नमान्ने हुनाले बुबा सौकतले गाली गलौज गर्नुका साथै कुटपिटसमेत गर्नुभएको हो । मैले पनि यसरी झै-झगडा गर्नु हुँदैन भनी एकपटक कुचोले हानेको हुँ । हामी दुवैको राजीखुसीले एकपटक मात्र करणी गरेको हुँ । भाउजूको कोठामा जाँदा मलाई केही नगर्ने र माया गर्ने हुनाले उहाँकै कोठामा करणी गरेको हुँ । बुबाले उहाँलाई करणी गर्नु भयो भएन सोबारे थाहा भएन । जाहेरवालीको शरीरमा लागेको चोटपटक बुबाले कुटपिट गर्दा लागेको चोट पटक हो भन्नेसमेत बेहोराको प्रतिवादी अब्दुल कलाम मुसलमानले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान । बुहारी केही दिन अगाडिदेखि घरमा नबसी बाहिर बाहिर हिँड