निर्णय नं. १०१७४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१७४ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७५/०७/११ ३०८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ आदेश मिति : २०७५।७।११ ०७२-WO-१००१ विषय : उत्प्रेषण निवेदक : झापा जिल्ला, बुधबारे गा.वि.स. वडा नं. ५ घर भई हाल ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १४ बस्ने कमल ओझा विरूद्ध विपक्षी : नेपाल सरकार, उद्योग मन्त्रालय, सिंहदरबारसमेत कर्मचारीको बढुवा हुने पदमा सम्बन्धित विषयमा तालिम प्रदान गर्ने निकाय नै नभएको र त्यस्तो प्रकारको तालिम पनि सञ्‍चालन नभएको अवस्थामा नेपालमा सो तालिम सञ्चालन हुने व्यवस्था नभएसम्म नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्‍ठानबाट प्राप्‍त गरेको तालिमलाई नै मान्यता प्रदान गरिनु वाञ्‍छनीय हुने । (प्रकरण नं.९) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री विष्णु भट्टराई विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी अवलम्बित नजिर : सम्बद्ध कानून : निजामती ऐन, २०४९ आदेश न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा १३३(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्‍य तथा आदेश यसप्रकार छ:- तथ्य खण्ड निवेदक नेपाल गुणस्तर तथा, नाप तौल विभागअन्तर्गत नेपाल इन्जिनियरिङ सेवा मेट्रोलोजी समूहमा रा.प. अनङ्कित प्र.प्रा. पद सहायक निरीक्षक पदमा मिति २०५४।४।७ मा स्थायी नियुक्ति पाई मिति २०६७।५।२ देखि आ.प्र. बढुवा पाई कामकाज गर्दै आएकोमा विपक्षी बढुवा समितिको सूचना नं. २९३/०७२/७३ सूचना बमोजिमको क्र.सं.२८ ज्येष्ठता सूचना नं. २८/०७२/७३ मा प्रकाशित सूचनाबमोजिम बढुवा प्रयोजनको लागि विपक्षी निकायबाट प्रकाशित भएबमोजिम म निवेदकले सो सूचनाबमोजिम आवश्यक सबै प्रक्रिया पूरा गरी ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनको आधारमा हुने बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन निवेदन दिएको थिए । बढुवा समितिको मिति २०७२।९।३० को बढुवा सूचना नं. २८/०७२/७३ को निर्णय उतार भनी मलाई मिति २०७२।१०।१७ गते उपलब्ध गराइएको निर्णय उतार हेर्दा म कर्मचारी संकेत नं. १४७८४४ को कमल ओझाको हकमा लोक सेवा आयोगमा दरखास्त दिएका तीन जनामध्येलाई सम्भाव्य बढुवा उम्मेदवार कायम गर्न निजामती सेवा ऐन, २०४९ (संशोधनसहित) दफा २४घ१क. को खण्ड (क) र (ग) मा उल्लिखित आधारहरूमध्ये आवश्यक न्यूनतम शैक्षिक योग्यता पूरा नभएको भन्‍ने उल्लेख गरी सम्भाव्य बढुवा उम्मेदवार कायम नगर्ने गरी निर्णय भएको छ । ऐनको दफा २४च. बमोजिम विपक्षी लोक सेवा आयोगसमक्ष मैले मिति २०७२।१०।२४ मा बढुवा समितिको निर्णयउपर उजुरी गरेकोमा लोक सेवा आयोगबाट मिति २०७२।१२।४ मा आयोगको निर्णय १९७ भनी निजामती सेवा ऐन, २०४९ को दफा २४घ१क. को उपदफा (१) तथा निजामती सेवा नियमावली, २०५० को नियम ७७ख. बमोजिम शम्भुकुमार झालाई बढुवा समितिबाट मिति २०७२।९।३० मा उक्त प्रकाशित सूचनाबमोजिमको पदमा बढुवाका लागि सिफारिस गरेको निर्णय मिलेकै देखिँदा निवेदकको उजुरी जिकिर पुग्ने देखिएन भनी निर्णय भयो । विपक्षी निकायको उपर्युक्त काम कारबाहीले म निवेदकलाई निजामती सेवा ऐन, २०४९ को दफा २४घ१क. को उपदफा (१) को (ग) द्वारा प्राप्त बढुवाको हक, सोही ऐनको दफा ७५ ले दिएको अधिकार प्रयोग गरी बनेको नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५१ को नियम ७ को अनुसूची ३ को क्र.सं. ९ मा उल्लिखित मेट्रोलोजी समूहका लागि भनी उल्लि