निर्णय नं. १०१७५ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१७५ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७५/०५/१६ ३८५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा आदेश मिति : २०७५।५।१६ ०७५-WO-००८७ मुद्दा: उत्प्रेषण / परमादेश निवेदक : पुन्यप्रसाद पौडेलको छोरा चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. ३ बेलचोक स्थायी घर भई हाल कारागार कार्यालय, चितवन भरतपुरमा थुनामा रहेको चित्रप्रसाद पौडेल विरूद्ध विपक्षी : उच्च अदालत पाटन, हेटौंडा इजलास हेटौंडासमेत नगरपालिका वा वडामा म्याद तामेल गर्ने प्रक्रिया अन्तिम प्रक्रिया हो । अन्य कुनै पनि स्रोतबाट सम्बन्धित मानिस फेला नपरेमा मात्र यो प्रक्रियाअनुसार म्याद तामेल गर्नु पर्ने हुन्छ । म्याद तामेलको उद्देश्य नै व्यक्तिलाई सुनुवाइको मौका दिनु हो, आफ्नो कुरा राख्न वा आफ्नो बचाउ गर्न दिनु हो तर यो अवसर प्रदान नगरी केवल प्रक्रिया मात्र पूरा गर्ने गरी तामेल गरिएको म्यादले मान्यता पाउन सक्दैन । त्यसरी भएको तामेली म्यादलाई रीतपूर्वक तामेल भएको म्याद भनी मान्न नमिल्ने हुँदा त्यसबाट सम्बन्धित व्यक्तिले सुनुवाइको अवसर प्राप्त गरेको मान्न नसकिने । (प्रकरण नं.५) कुनै व्यक्तिको बसोबासको ठेगाना निर्धारण गर्नु पर्दा निजले त्यस प्रयोजनको लागि कुनै ठेगाना दिएको रहेछ भने सोही ठेगाना र त्यसरी ठेगाना दिएको रहेनछ भने नेपालभित्र निजले स्थायी रूपमा बसोबास गरेको ठाउँलाई निजको बसोबासको ठेगाना मान्नुपर्दछ र सोही वतनमा म्याद जारी गरी तामेल गराउनु पर्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री कृष्णप्रसाद सापकोटा र श्री चण्डेश्वर श्रेष्ठ विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मी अवलम्बित नजिर : ने.का.प.२०६९, अंक ११, नि.नं.८९१२ सम्बद्ध कानून : नेपालको संविधान मुलुकी ऐन, २०२० आदेश न्या.अनिलकुमार सिन्हा : नेपालको संविधानको धारा १३३ बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ:- म निवेदकउपर चलेको जबरजस्ती करणी मुद्दामा आरोपित कसुरबाट सफाइ पाउने ठहरी चितवन जिल्ला अदालतबाट मिति २०७१।८।२५ मा भएको फैसलाउपर विपक्षी नेपाल सरकारको तर्फबाट तत्कालीन श्री पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन दायर भएकोमा सो अदालतबाट मेरो नाउँमा जारी भई तामेल भएको मिति २०७२।१२।८ को म्याद एवं तत्कालीन पुनरावेदन अदालत हेटौंडाको मिति २०७३।२।११ मा सुरू फैसला उल्टी गरी मलाई आरोपित कसुरमा कसुरदार ठहर गरी ५ वर्ष कैद सजाय भएको फैसलाउपर श्री सर्वोच्च अदालतमा पुनरावेदन गर्न जानु भनी मेरो नाउँमा जारी भएको पुनरावेदनको म्याद म बसोबास गरेको स्थानमा गई मुलुकी ऐन, अ.बं. ११० नं.को रीत पुर्याई तामेल गर्नुपर्नेमा म्यादवाला र घरसमेत फेला नपरेको भन्ने झुठ्ठा बेहोरा उल्लेख गरी मिति २०७३।४।२० मा भएको म्याद तामेलीसमेत उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकको नाउँमा पुनः पुनरावेदनको म्याद जारी गर्नु भनी विपक्षीको नाउँमा परमादेशलगायतको आदेश जारी गरिपाउँ भन्नेसमेत बेहोराको रिट निवेदनपत्र । यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? सोको आधार कारण भए सोसमेत खुलाई यो आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक १५ (पन्ध्र) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदनको नक्कल साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना