निर्णय नं. १०१७६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१७६ - कर्तव्य ज्यान भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७५/०५/०५ ६५४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७५/५/५ ०७५-RC-००२६ मुद्दाः- कर्तव्य ज्यान पुनरावेदक / वादी : आशिष सुनारको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : धादिङ जिल्ला, भुमेस्थान गा.वि.स. वडा नं.३ बस्ने ध्रुवबहादुर सुनार प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहरे पनि केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ (२)(क) मा कुनै कसुरको सजाय साबिक ऐनमा मुलुकी अपराध संहितामा लेखिएको भन्दा बढी रहेछ भने संहितामा लेखिएको हदसम्म मात्र सजाय हुनेछ भन्ने कानूनी व्यवस्था भएको परिप्रेक्ष्यमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा सर्वस्वसहित जन्मकैदको कानूनी व्यवस्था नभएको र ऐ. को दफा १७७ (२) मा ज्यान मर्ने कसुर गर्ने गराउने व्यक्तिलाई जन्मकैदको सजाय मात्र हुने भनी कानूनी व्यवस्था रहेभएको देखिएकोले प्रतिवादीलाई जन्मकैदको मात्र सजाय हुने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विपक्षी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री रमेशराज पोखरेल धादिङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री टेकराज नेपाल माननीय न्यायाधीश श्री विदुर विक्रम थापा पुनरावेदन अदालत पाटन फैसला न्या. हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा १० बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई साधकको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- धादिङ जिल्ला, भुमेस्थान गा.वि.स.वडा नं.३ स्थित पूर्वमा सन्तबहादुर सुनारको घर, पश्चिममा बुद्धिमान सुनारको घर, उत्तरमा कृष्णबहादुर सुनारको खेतबारी, दक्षिणमा कच्ची बाटो, यति चार किल्लाभित्र कृष्णबहादुर सुनारको घर रहेको, उक्त घरभित्र प्रतिवादी ध्रुवबहादुर सुनारले मृतक कृष्णबहादुर सुनारको घाँटी रेटी घाइते बनाई भागेको अवस्थामा फेला पारी निजले समाई राखेको रगतजस्तो रातो पदार्थ लागेको काठको बिँड भएको फलामको छुरा प्रहरीले रीतपूर्वक बरामद गरी लिई गएको भन्ने बेहोराको बरामदी मुचुल्का । जिल्ला धादिङ भुमेस्थान गा.वि.स. वडा नं.३ स्थित पुर्वमा सन्तबहादुर सुनारको घर, पश्चिममा बुद्धिमान सुनारको घर, उत्तरमा कृष्णबहादुर सुनारको खेतबारी, दक्षिणमा कच्ची बाटो, यति चार किल्लाभित्र कृष्णबहादुर सुनारको घर, उक्त घरमा कृष्णबहादुर सुनारलाई निजकै छोरा ध्रुवबहादुर सुनारले धारिलो हतियार छुराले घाँटीमा रेटी घाइते बनाएको घटनास्थल रहेको भन्ने बेहोरासमेतको घटनास्थल प्रकृति मुचुल्का । मिति २०७१/०६/२१ गतेका दिन बेलुका अं.०८:२० बजेको समयमा जिल्ला धादिङ भुमेस्थान गा.वि.स. वडा नं.३ बस्ने वर्ष ५५ को कृष्णबहादुर सुनारलाई निजकै छोरा ध्रुवबहादुर सुनारले धारिलो हतियार छुराले घाँटीमा रेटी घाइते बनाई भागी गएकोमा निजलाई खोजतलास गरी पक्राउ गरी घटनामा प्रयोग भएको छुरासमेत बरामद गरी बरामदी मुचुल्का र घटनास्थल प्रकृति मुचुल्कासमेत तयार पारी यसै प्रतिवेदनसाथ पेस गरेको छु भन्ने बेहोरासमेतको प्रहरी प्रतिवेदन । मिति २०७१/०६/२१ गते बेलुका मेरो काका नाता पर्ने कृष्णबहादुर सुनारलाई निजकै छोरा ध्रुवबहादुर सुनारले धारिलो हतियार छुराले घाँटी रेटी