निर्णय नं. ४३४३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३४३ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४८/०८/०९ २१८२ निर्णय नं. ४३४३ ने.का.प. २०४८ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४७ सालको रिट नं. ७५१ आदेश भएको मिति : २०४८।८।९।२ मा रिटनिवेदक : जि.मकवानपुर हे.न.पा.वार्ड नं. ५ पिप्ले बस्ने बिनोदप्रसाद चौधरी विरुद्ध विपक्षी/प्रत्यर्थी : जि.मकवानपुर हेटौंडा औद्योगिक क्षेत्र स्थित हेटौंडा कपडा उद्योग लिमिटेडसमेत विषय : उत्प्रेषण (१) नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१ उपदफा ३ अन्तर्गत यी रिट निवेदकको उजूरी श्रम अधिकृत कहाँ परी विचाराधीन रहेको र सो श्रम अधिकृतले छानविन गरी निर्णय गर्न सक्ने नै हुँदा यस्तो अवस्थामा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं. ९) रिट निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली र विद्वान अधिवक्ता श्री विजयकान्त मैनाली प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री किशोरकुमार अधिकारी आदेश न्या.ओमभक्त श्रेष्ठ १. नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. म निवेदकले विपक्षी उद्योगबाट अर्धदक्ष मजदूर पदमा मिति ०३६।७।२८ मा अस्थाई नियुक्ति पाई मिति २०४७।४।१५ देखि स्थायी भई इमान्दारीताका साथ सेवा गर्दै आएको थिएँ । मिति २०४७।५।५ गते दिनको २ बजे म ड्यूटी गर्न जाँदा हिजो उद्योगबाट कपडा हराएको सुनेको थिएँ । म ड्युटी गरी रहेको बखत जि.एम.साहेबले बोलाई जाँदा त्यहाँ १०।१५ जना अरु कर्मचारीहरु पनि रहेछन् । प्रत्यर्थी नं. २ ले हिजो हाम्रो उद्योगमा कपडा चोरीको सम्बन्धमा तहकिकात गर्दा तेरो पनि संलग्नता रहेको देखिँदा लिखितबयान गर भन्नु भयो । चोरीको सम्बन्धमा आफूलाई थाहा नभएको कुरामा बयान दिन सक्तिन भन्दा तैले चोरीमा साविती बयान दिनै पर्छ भनी २ पानाको खेस्रा कागज मलाई दिनु भयो र त्यसैलाई मेरो अगाडि सार भन्नु भयो । मैले जस्ताको तस्तै सारी दिएँ त्यसपछि चोरी मुद्दामा म अधिकार प्राप्त अधिकारी समक्ष साविती बयान दिएकोले पूर्पक्षको लागि थुनामा राखिन्छ भनी थुनुवा पुर्जी केही नदिई उद्योगकै प्रशासन कोठामा बन्दीको रुपमा राखियो । भोलिपल्ट ६ गते अर्को मजदूर केशव पाण्डेलाई पनि म राखिएकै कोठामा ल्याइयो । ३. तपाईले उद्योगबाट कपडा चोरी गरेको सकार्दै मिति २०४७।५।६ मा लिखित बयान दिनु भएको हुँदा नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर (साविक पेज नं. ४२५) सम्बन्धी ऐन, २०१६ को दफा ५१ को उपदफा (१) र उपदफा (२) को (ग) अनुसार तपाईलाई उद्योगबाट बर्खास्त गरिएको छ भनि मिति २०४७।५।७ मा प्रत्यर्थी नं. २ ले सही गरेको पत्र मलाई दिएर बन्दीबाट मुक्त गरियो । ४. मलाई सफाइको मौका समेत नदिई बाध्यात्मक कानुनी प्रक्रिया समेत नअपनाई बर्खास्त गरेको हुँदा बर्खास्त बदरतर्फ नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१ को उपदफा ३ को क्षेत्राधिकार अन्तर्गत श्रम कार्यालय नारायणी अञ्चल श्रम अधिकृत समक्ष विपक्षीहरुको नाउँमा मिति २०४७।५।१४ मा छुट्टै उजूर दायर गरिसकेको छु । त्यसतर्फ छुट्टै इन्साफ पाउने नै छु । ५. विपक्षी उद्योगमा कपडा चोरी भएको भन्ने सम्बन्धमा वारदात कायम गरी जाँचबुझ अनुसन्धान तहकिकात गर्न विपक्षी नं. २ लाई कुनै कानुनले अधिकार प्रदान गरेको छैन । कथित चोरी केशमा संलग्न नभएको म निवेदकलाई चोरीमा सावित