निर्णय नं. १०१७८ - बहुविवाह

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१७८ - बहुविवाह भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७४/०९/०७ १२१२२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७४।९।७ ०७३-CR-१४५३ मुद्दा : बहुविवाह पुनरावेदक / वादी : जिल्ला डडेलधुरा शिर्ष गा.वि.स. वडा नं.७ कटाल बस्ने अमृता महरा भन्ने अम्मरा देवी महराको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला डडेलधुरा शिर्ष गा.वि.स. वडा नं.७ कटाल बस्ने महेश महर (महरा) समेत मुद्दा चलाउने हकदैया रहेको निकाय वा व्यक्तिलाई हदम्याद लाग्ने हो । कानूनमा “थाहा पाएको मितिबाट” हदम्याद कायम हुने गरी व्यवस्था भएको कुराको अर्थ अरू जो सुकैले थाहा पाएर हदम्याद सुरू हुँदैन, मुद्दा चलाउने अधिकार पाएको वा हकदैया रहेको व्यक्ति वा निकायले थाहा पाएको मितिबाट हदम्यादको गणना गर्नु पर्ने भन्ने नै हो । यसरी गणना गर्ने प्रचलन तथा यस अदालतबाट मुद्दाको रोहमा प्रतिपादित सिद्धान्तप्रतिकूल हुने गरी बहुविवाह मुद्दामा जेठी पत्नीले थाहा पाएको मितिबाट हदम्याद कायम हुन्छ भन्नु मनासिब नदेखिने । (प्रकरण नं.३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री नारायणबहादुर थापा प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री भेषराज पन्त र श्री देवी कुमारी जोशी अवलम्बित नजिर : ने.का.प.२०६२, नि.नं.७६९४ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- माननीय जिल्ला न्यायाधीश श्री यज्ञराज भट्ट कैलाली जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर माननीय न्यायाधीश श्री नरबहादुर शाही पुनरावेदन अदालत, दिपायल फैसला न्या. ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड प्रतिवादी महेशकुमार महर (महरा) र मेरोबीच मिति २०६१ साल मंसिर २० गते सामाजिक परम्पराअनुसार विवाह भई हामीबाट २ छोराको जन्म भएकोमा निज श्रीमान्‌ले मिति २०७०।१२।१ गते जानकी मिश्रा महरासँग दोस्रो विवाह गरी बसेकोले कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७१।१।२३ गतेको जाहेरी दरखास्त । म र जाहेरवालीबीच २०६१ साल मंसिर २० गते धार्मिक परम्पराअनुसार विवाह गरी हामी दुवै जना श्रीमान्‌ श्रीमती राम्रैसँग बस्दै आई निज श्रीमतीको कोखबाट २ छोराको समेत जन्म भएको हो । यसै मुद्दाकी प्रतिवादी जानकी मिश्रा महराको माइती घर र मेरो घर एकै ठाउँमा भएका कारण बाल्यकालदेखि नै चिनजान थियो । सोही चिनजान परिचय भएका कारण हामी दुवैबीच प्रेम सम्बन्ध कायम रही २०६८ सालमा जाहेरवाली श्रीमती घरमै भएको अवस्थामा प्रतिवादी मेरी कान्छी श्रीमती जानकी मिश्रा महरासँग धनगढीमा भेटघाट भई हामी दुवै जनाले प्रेम विवाह गरी डेरा कोठा गरी ५।६ महिना धनगढीमा नै बसी सोपश्चात् २०६८ साल असोज महिनामा घरमा गएका हौँ । घरमा पुगेपश्चात् जाहेरवाली श्रीमती अमृता महर (महरा) समेत मेरो ससुराली पक्षका मान्छेहरू आई वादविवाद गरी उजुर बाजुर गर्छौं भन्ने कुरा गर्दा गाउँघरमा नै छलफल गरी दुवै श्रीमतीलाई पालनपोषण गरी राख्ने भन्ने सहमति भई जेठी श्रीमतीसमेतले सहमति जनाई मैले दुवै श्रीमतीहरूलाई साथमा ल्याई जिल्ला कैलाली धनगढी नगरपालिका वडा नं.३ विशालनगर स्थित डेरा कोठा गरी राखी कान्छी श्री