निर्णय नं. १०१७९ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१७९ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७५/०९/२६ ४११८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. आदेश मिति : २०७५।९।२६ ०७५-WO-०४२० मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : सप्तरी जिल्ला, साबिक जमुनी मधेपूरा-३ हाल परिवर्तित विष्णुपुर गाउँपालिका वडा नं. १ बस्ने रामचन्द्र यादवको छोरा जितेन्द्र यादव विरूद्ध विपक्षी : नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारसमेत शिक्षा व्यक्तिको नैसर्गिक हक हो । राज्यद्वारा सृजित निकायहरूले नागरिकका हक अधिकारहरूको सम्मान गर्नुपर्छ । राज्यले नागरिकका नैसर्गिक हकहरूको सम्मान नगरी स्वेच्छाचारी एवम् असंवेदनशील तवरबाट व्यवहार गर्ने प्रयास गर्छ भने अन्यायको अवस्था सृजना हुन जान्छ । यस्तो कार्य कानूनी राज्यको मान्यताविपरीत हुने देखिँदा यस्तो भएको स्थितिमा अदालत मुकदर्शक भएर बस्ने कुरा नहुने । (प्रकरण नं.१६) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री महादेवप्रसाद यादव र श्री सतीशकृष्ण खरेल तथा विद्वान् अधिवक्ताहरू श्री ध्रुव कोइराला, श्री सुमनकुमार पौडेल, श्री शशी बस्नेत, श्री शेरबहादुर ढुङ्गाना र श्री शिवकुमार यादव विपक्षीका तर्फबाट : विद्वान् शाखा अधिकृत श्री श्रीराम खनाल, विद्वान् अधिवक्ताद्वय श्री नारायणप्रसाद खनाल, श्री टिकाराम भट्टराई अवलम्बित नजिर : ने.का.प.२०६५, अंक २, नि.नं.७९३१ ने.का.प.२०६७, अंक ५, नि.नं.८३७९ ने.का.प.२०६८, अंक ४, नि.नं.८६०२ सम्बद्ध कानून : नेपालको संविधान छात्रवृत्तिसम्बन्धी ऐन, २०२१ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६ र धारा १३३(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ :- म निवेदक मधेसी समुदायको विपन्न तथा शारीरिक रूपले हिँड्डुल गर्न नसक्ने अपाङ्ग नेपाली नागरिक हुँ । मैले जनता माध्यमिक विद्यालय, सप्तरीको सामुदायिक विद्यालयबाट प्रवेशिका (SLC) उत्तीर्ण गरी अरनिको आवासीय मा.वि. विराटनगर मोरङबाट उच्च माध्यमिक शिक्षा परिषद्को शैक्षिक सत्र ०७२/७३ मा पूर्ण छात्रवृत्ति प्राप्त गरी उच्च माध्यमिक तह (+२) उत्तीर्ण गरेको छु । मैले विपक्षी चिकित्साशात्र अध्ययन संस्थानअन्तर्गत M.B.B.S.तह अध्ययनका लागि लिइएको प्रवेश परीक्षा रोल नं. ४६७३ बाट मिति २०७५।४।६ गते अपाङ्गतर्फको आरक्षण सिटमा फारम भरी प्रवेश परीक्षामा सामेल भएकोमा मिति २०७५/६/२८ मा परिणाम सार्वजनिक गर्दा म अपाङ्ग सिट खाली राखी नतिजा प्रकाशन गरेको कार्य संविधान प्रदत्त मौलिक हकको प्रावधान र त्रि.वि.को आरक्षण सिटमा भर्ना गर्नेसम्बन्धी नियमावली, २०७४ को कानूनी प्रावधानसमेतको प्रतिकूल भएकोले उक्त परीक्षाफल प्रकाशन गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गरी मेरो नाम समावेश गरी भर्ना गरिपाउँ भनी उत्प्रेषण परमादेशको रिट नं.०७५-WO-०४०४ मिति २०७५/०७/०९ मा दर्ता गरी त्यसउपर मिति २०७५/७/१८ मा अन्तरिम आदेशको छलफलको लागि मिति तोकी विचाराधीन रहेकै छ । यसप्रकार मुद्दा विचाराधीन रहेकै अवस्थामा विपक्षीले मिति २०७५/०७/०८ मा अन्तिम परिणाम निकाली महाराजगञ्ज क्याम्पसतर्फ नौ सिटअन्तर्गत महिला -२, आदिवासी जनजाति -१, विपन्न मधेसी -१, विपन्न दलित -१ र अन्य १ गरी ६ सिटमा मात्र भर्नाको लागि नाम निकाली म निवेदकले भरेको अपाङ्गलगायत अन्य तीन आ