निर्णय नं. १०१८० - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१८० - डाँका भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७५/०२/१६ ३५४१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७५।२।१६ ०६८-CR-०४४२ मुद्दाः डाँका पुनरावेदक / वादी : जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. ४ बस्ने जीवन कार्कीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी, बदगामा गाउँ विकास समिति वडा नं. ८ बस्ने राम अशिष मुखिया मुद्दा पुर्पक्षको क्रममा प्रतिवादीले राखेको जेथा अ.बं. १२४क नं. अनुरूप तारेखमा हाजिर नभएमा धरौटीबापत राखेको जेथा जफत हुनेछ भनी कागज गराउनु पर्ने बाध्यकारी सर्त पालना नगरी जेथा जफत हुने कागज नगराएको अवस्थामा जेथा जफत हुनु नै पर्छ भन्नु न्यायोचित नदेखिने । (प्रकरण नं.३) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री रमेश पोखरेल सप्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री कुमार चुडाल पुनरावेदन अदालत‚ राजविराज फैसला न्या. प्रकाशमान सिंह राउत : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) तथा प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकार क्षेत्रअन्तर्गतको भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस निम्नअनुसार छः- म मिति २०६३।१२।२२ गते काम विशेषले काठमाडौंबाट धनकुटातर्फ बा. २३ प १३२४ नं. को मोटरसाइकलमा चढी महेन्द्र राजमार्गमा गइरहेको अवस्थामा जिल्ला सप्तरी गाउँ विकास समिति ठेलिया वडा नं. ५ स्थित पुग्दा ६ जना मानिसहरूले मेरो मोटरसाइकल रोकी मलाई कुटपिटसमेत गरी मोटरसाइकल र घडी डाँका गरी सोही मोटरसाइकलमा चढी लिएर गएको र ३ जना पैदल भागेकोले मैले गुहार भनी कराउँदा स्थानीय मानिसहरू घटनास्थलमा आई मसमेत भई लखेट्दै जाँदा तिन जाना डाँकाहरूलाई समाती निजहरूको साथमा कटुवा पेस्तोलसमेत रहेकोले बरामद गरी प्रहरी पुगेपछि जिम्मा लगाएको हो, अन्य प्रतिवादीहरूको बारेमा निजहरूसमेतबाटै खुलाई मेरो बिगो रू.१,२५,१३०।- समेत दिलाई भराई कारबाहीसमेत गरिपाउँ भन्ने जाहेरी दरखास्त । जिल्ला सप्तरी ठेलिया ५ स्थित पूर्वमा नयाँ सीमा हटिया, पश्चिममा वक्साहा चौक, उत्तर खाली जग्गा, दक्षिण खाली जग्गा, यति चार किलाभित्र महेन्द्र राजमार्गमा रहेको कलभटको पश्चिम छेउ राजमार्गमा प्रतिवादी राजीकुमार मण्डलले जिवन कार्कीको बा. २३ प.१३२४ नं. को मोटरसाइकल डाँका गरी लगेको र घटनास्थलदेखि २०० मिटर दाँयामा प्रतिवादी राजीकुमार मण्डल, मो. वकिल मिया र प्र. राम असिस मुखियालाई हतियारसहित भाग्दै गरेको अवस्थामा पक्राउ गरेको भन्ने घटनास्थल मुचुल्का र प्रहरी प्रतिवेदन । जिवन कार्कीको मुख, औंला र घुँडासमेतमा चोट लागेको भन्ने केस फाराम रिपोर्ट । मिति २०६३।१२।२२ गते रामजनम यादव, वेचन यादव, राजीकुमार मण्डल, राम असिस मुखिया र संजय साह पूर्वयोजना बनाई मोटरसाइकल डाँका गर्न भनी भारदहबाट भेला भई छुट्टाछुट्टै बसमा चढी सिमरामा उत्रेर ढुकेर बसिरहेको अवस्थामा पश्चिमतिरबाट उक्त मोटरसाइकल आएकोले हतियार पेस्तोल देखाई कुटपिटसमेत गरी मोटरसाइकल लुटी ३ जना सोही मोटरसाइकलमा चढी गएको र हामी ३ जना पैदल भाग्दै गर्दा स्थानीय जनतासमेतले पक्राउ गरेको हो, भन्नेसमेत प्रतिवादी मो. वकिल मियाको