निर्णय नं. १०१८४ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१८४ - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७५/०६/२२ ६४८१ प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ । - सम्पादक सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७५।६।२२ ०६६-CR-०५५९ मुद्दा : जबरजस्ती करणी पुनरावेदक / वादी : ............. को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सुनसरी जिल्ला, इटहरी न.पा. वडा नं. ४ घर भई श्री नं. २ फिल्ड गुल्म, फुस्रे, धरानमा कार्यरत नेपाली सेनाका सिपाही खेम खड्कासमेत अनुसन्धान अधिकारीसमक्ष र अदालतमा भएको बयानमा कसुरमा आफ्नो संलग्नता रहेको भनी साबित रही अन्य प्रतिवादीहरूलाई पनि पोल गरेको अवस्था छ र त्यसलाई अन्य भौतिक एवम् स्वतन्त्र प्रमाणबाट समेत समर्थित भइरहेको अवस्था छ भने त्यस्तो पोललाई प्रमाणमा लिन हुने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री नारायणबहादुर थापा प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा अधिवक्ता श्री पूर्णचन्द्र राजवंशी अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने न्यायाधीश:- मा. जिल्ला न्यायाधीश श्री नागेन्द्रलाल कर्ण सुनसरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने न्यायाधीश:- माननीय न्यायाधीश श्री हरिबहादुर बस्नेत माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही पुनरावेदन अदालत, विराटनगर फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड जाहेरी दरखास्तको बेहोरा मिति २०६१।७।२५ गते बिहान ६ बजेतिर हामी श्रीमान् र श्रीमती अर्काको खेतमा धान काट्न गएको र घरमा छोरी .......... र अन्य छोराछोरी रहेकोमा छोरी .......... दिसा बस्न खोलातिर गएको अवस्थामा आर्मी जस्तो पोसाक र हातमा सबैले बन्दुक बोकेका ५ जनाको समूहले मेरी छोरी सुमित्रा माझीलाई हातमा समाती तानी जङ्गलमा लगी बोल्नसमेत नदिई मुख थुनी भुइँमा लडाई छोरीको कपडाहरू खोली आफ्नो कटु तथा कपडाहरू खोली उत्तेजित लिङ्ग छोरीको योनिमा छिराई सबैले पालैपालो करणी गरेको हुँदा अपराधीहरूलाई पत्ता लगाई पक्राउ गरी जबरजस्ती करणीको महलबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको ............... को मिति २०६१।७।२७ को जाहेरी दरखास्त । घटनास्थल मुचुल्काको बेहोरा जिल्ला सुनसरी, गा.वि.स. भरौल वडा नं. ५, भलुवा चौरीस्थित पूर्वमा सर्दु खोला, जंगल, पश्चिममा धरान कालाबन्जार जाने कच्ची बाटो, उत्तरमा चारकोसे झाडी जंगल, दक्षिणमा विशाल चौकबाट सर्दु खोला निस्कने बाटो; यति ४ किल्लाभित्र ठूलो वनमाराको घारी, ठूलो कुसुमको रूख रहेको, सोही रूखदेखि अं. १२ फिट उत्तरमा ठूलो वनमाराको घारी भई माडिएको, सो स्थान भुइँमा वरिपरि ढालको फुटाएको (खोलेको) खाली ३ वटा खोल पाइएको, सोही स्थानमा प्रयोग गरेको ढाल फ्याँकिएको अवस्थामा भई सो ढालमा रातो रगत देखिएको अवस्थामा १ वटा ढाल पाइएको, उक्त स्थानमा पाइएको ३ वटा खाली खोल र प्रयोग गरिएको रगत लागेको कण्डम (ढाल) प्रहरीले हामीहरूको रोहबरमा उठाई लगेको ठिक हो भन्नेसमेत बेहोराको मिति २०६१।७।२७ को घटनास्थल मुचुल्का । पीडित ................ ले अनुसन्धानको क्रममा गरेको कागज मिति २०६१।७।२५ गते बुबा