निर्णय नं. १०१८५ - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१८५ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/०२/०९ ३३३० सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७६।२।९ ०७५-AP-०५७४ मुद्दाः मानव बेचबिखन तथा ओसारपसार निवेदक : वसन्त रावल विरूद्ध विपक्षी : नेपाल सरकार वस्तुतः दण्ड सजायको महलको ४१क. मा भएको कानूनी व्यवस्था व्यक्तिले बिना तजबिज, विना भेदभाव, समानरूपमा सबैले प्राप्त गर्न सक्ने प्रकृतिको हक सुविधा रहेभएको देखिँदा यस्तो सुविधा फैसला कार्यान्वयनको क्रममा विना भेदभाव सबैको लागि समान रूपमा कार्यान्वयन गर्नुपर्ने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा र अधिवक्ताद्वय श्री रमेशप्रसाद खनाल, श्री दृष्टि दाहाल तथा एमिकस क्यूरी (Amicus Curiae) को रूपमा नेपाल बार एसोसिएसनका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री सतीशकृष्ण खरेल एवं सर्वोच्च अदालत बार एसोसिएसनका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री गोपालकृष्ण घिमिरे विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : दण्ड सजायको महलको ४१क नं. केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७५ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ आदेश न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : यस अदालतको संयुक्त इजलासको मिति २०७६।०२।०१ गतेको आदेशानुसार यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत निवेदनमा निवेदकतर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा र अधिवक्ताद्वय श्री रमेशप्रसाद खनाल, श्री दृष्टि दाहाल तथा एमिकस क्यूरी (Amicus Curiae) को रूपमा नेपाल बार एसोसिएसनका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री सतीशकृष्ण खरेल एवं सर्वोच्च अदालत बार एसोसिएसनका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री गोपालकृष्ण घिमिरेले गर्नुभएको बहससमेत सुनियो । मिसिल संलग्न कागजातहरू अध्ययन गरी हेर्दा, यी निवेदक / प्रतिवादीउपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुर अपराधमा सोही ऐनको दफा १५(१)(च) बमोजिम सजाय गरिपाउँ भनी अभियोग मागदाबी रहेको देखिन्छ । सुरू कञ्चनपुर जिल्ला अदालतबाट यी निवेदक / प्रतिवादीले अभियोग दाबीबमोजिम मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुर अपराध गरेकाले सोही ऐनको दफा १५(१)(च) बमोजिम कसुरको मात्राअनुसार २ वर्ष कैद हुने ठहर्याई मिति २०७२।०५।१३ मा फैसला भएको देखियो । सुरू अदालतको उक्त फैसलाउपर चित्त नबुझी वादी नेपाल सरकार तथा यी निवेदक / प्रतिवादीसमेतको तर्फबाट दोहोरो पुनरावेदन परेकोमा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासबाट सुरू फैसला केही उल्टी गरी यी निवेदक / प्रतिवादीलाई ३ वर्ष ६ महिना कैद हुने ठहर्याई मिति २०७३।१२।२१ मा फैसला भएको छ । उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासबाट भएको उक्त फैसलाउपर यी निवेदक/ प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परेकोमा उच्च अदालतको फैसला सदर हुने ठहरी यस अदालतबाट मिति २०७६।०१।०४ मा अन्तिम फैसला भएको भन्ने देखिन्छ । यस अदालतबाट मिति २०७६।०१।०४ मा भएको अन्तिम फैसलाको आधारमा यी निवेदक/ प्रतिवादीले साबिक मुलुकी ऐन, दण्डसजायको महलको ४१क. नं. बमोजिम फैसलाले लागेको कैदमा २० प्रतिशत मिन्हा दिई कैदमा बस्न पाउँ भनी (फैसला भएको म