निर्णय नं. १०१८७ - बच्चा पानीमा फाली बेपत्ता पारेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१८७ - बच्चा पानीमा फाली बेपत्ता पारेको भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७५/०५/१९ २१७० सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्र.न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७५।५।१९ ०७३-CR-१६४९ मुद्दाः बच्चा पानीमा फाली बेपत्ता पारेको पुनरावेदक / प्रतिवादी : जिल्ला कैलाली, चौमाला गा.वि.स. वडा नं.५ चनौरा को हाल गौरीगंगा न.पा. वडा नं.१ चनौरा घर भई हाल कारागार कार्यालय कैलालीमा थुनामा रहेकी रामकली चौधरी विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला कैलाली, चौमाला गा.वि.स. वडा नं.५ चनौरा गाउँ बस्ने सुरेन्द्र चौधरीको प्रतिवेदन जाहेरीले नेपाल सरकार सामान्य समझले बच्चा जिउँदो रहन सक्ने अवस्था नै नदेखिएको अवस्थामा लास नभेटिएको भन्ने कारणले मात्र अभियोग दाबीको कसुरबाट प्रतिवादीले उन्मुक्ति पाउने नदेखिने । (प्रकरण नं.२) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.जिल्ला न्यायाधीश श्री धनसिंह महरा कैलाली जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या. श्री प्रकाशकुमार ढुंगाना मा.न्या. श्री शेखरचन्द्र अर्याल उच्च अदालत दिपायल फैसला का.मु.प्र.न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ ले यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः म जाहेरवालाको मामा नाता पर्ने अगानु चौधरी १ महिना पहिले बालबच्चासमेत आफ्नो श्रीमती रामकली चौधरीलाई घरमा छोडी आफू नोकरी गर्न भारततर्फ गएको मौका छोपी निजको पत्नी रामकली चौधरीले के कति कारणले कोही कसैलाई थाहा जानकारी नदिई मिति २०७२।०५।०४ गते बिहान ८:०० बजेको समयमा आफ्नो १ महिनाको नाबालक छोरालाई जिल्ला कैलाली चौमाला गा.वि.स. वार्ड नं. ५ चनौरा गाउँको घरदेखि पूर्वपट्टि रहेको नालामा फाली बेपत्ता पारेको हुँदा निजलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७२।५।६ गतेको जाहेरी दरखास्त । जिल्ला कैलाली, चौमाला गा.वि.स. वार्ड नं. ५ चनौरास्थित पूर्वमा चनौरा गाउँ, पश्चिममा चनौराको जंगल, उत्तरमा अगानु चौधरीको एकतले कच्ची घर, दक्षिणमा चनौरा गाउँबाट खुरखुरीया गाउँ जाने कच्ची सडक यति चार किल्लाभित्र उत्तरबाट दक्षिण भएर बग्ने चनौरा खहरे खोला सो खोलामा वर्षाका कारण बाढी आएको हुँदा खोलामा २५ फिट लम्बाई १२ फिट चौडाई भएको काठको पुल रहेको सोही काठको पुलको दक्षिणपट्टिको किनाराबाट जिल्ला कैलाली चौमाला गा.वि.स. वडा नं. ५ बस्ने रामकली चौधरीले मिति २०७२।५।४ गते अं.८:०० बजेको समयमा आफ्नै एक महिनाको छोरा चनौरा खोलामा (नदी) फालेको भनी देखाएको मिति २०७२।५।६ गतेको घटनास्थल मुचुल्का । आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण मेरो श्रीमान् अगानु चौधरी कामको खोजीमा भारत गएको अवस्थामा घरमा छोराछोरीको छाक टार्न धौधौ परी सानो एक महिनाको बालकले रोई कराई सताउने गरेको र बच्चालाई दुध चुसाउनसमेत मेरो सामर्थ्य नभएकोले पाल्न नसकिने देखी मैले आफू र बच्चासमेत दुवै जना मर्ने उद्देश्यले चनौरा खोलामा गएकोमा पानी कम्मरसम्म भई आफूलाई मर्न डर लागेकोले बच्चालाई मात्र पानीमा फाली आफू फर्की घर आएकी हुँ । तत्काल निज बालकलाई घरको पूर्वपट्टिको चनौरा भन्ने खोलामा मिति २०७२।५।४ गते बिहान अं.८:०० बजेको समयमा फालेकी हुँ । सोपश्चात् घरमा आउँदा बच्चाहरूले भाइको बारेमा सोधपुछ गर्दा मैले नि