निर्णय नं. ४३४४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३४४ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४८/०८/२२ २१९५ निर्णय नं. ४३४४ ने.का.प. २०४८ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रिट नं. ६३९ आदेश भएको मिति : २०४८।८।२२।१ मा रिट निवेदक : जि.सप्तरी बमनगामा कट्टी गा.पं. वडा नं. ३ बस्ने अनुग्रह देवी ब्राम्हणीसमेत विरुद्ध विपक्षी : सप्तरी जिल्ला अदालत राजविराजसमेत विषय : उत्प्रेषण (१) मिलापत्र बदर मुद्दाको फिरादपत्र अ.बं. ८६ नं. बमोजिमको हदम्याद भित्रको मानी अदालतबाट प्रत्यर्थीहरुको मुद्दा गर्न (साविक पेज नं. ४२७) पर्याप्त र आवश्यक तथ्य कुन मितिमा थाहा पाएको भन्ने सम्बन्धमा सबूद प्रमाणको अवलोकन गरी तह तह अदालतबाट निरोपण गरिसकेको कुरामा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह, विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी आदेश न्या.ओमभक्त श्रेष्ठ १. नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. विपक्षी सावित्रीदेवीले लोग्ने पिता विपक्षी कुलानन्दबाट रु. १८,०००।– मा ज.वि. ९–५–१३ को मिति २०३४।९।४ मा घरसारमा राजीनामा लेखाई लिएको जग्गा लिखतपास हुने ठहरी पू.क्षे.अ.बाट २०४०।२।४ मा अन्तिम फैसला भइरहेको हामी अंशियार बीच अंश मुद्दा परी मिलापत्र भएकोमा उक्त मिलापत्र बदर गरी पाउँ भन्ने विपक्षी सावित्रीदेवीको फिराद जिकिर । हामी अंशियार बीचको मुद्दामा कानुन बमोजिम मिलापत्र भएकोले वादी दावी अनुसार मिलापत्र बदर हुन नसक्ने हुँदा दावी खारेज गरिपाउँ भन्ने हाम्रो प्रतिउत्तर जिकिर वादीको नाउँमा लिखत पारीत हुने ठहरेकोले लिखत अन्तर्गतको जग्गाको मिलापत्र बदर हुने ठहराई शुरु सप्तरी जिल्ला अदालतबाट फैसला भएको रहेछ । पू.क्षे.अ.बाट मिति २०४६।३।२८ मा मुद्दा पर्दा पर्दै नालेश दिई अदालतको विचाराधीन सम्पत्ति लिनु दिनु गरेको कानुन विपरीत हुने भई मिलापत्र बदर गरी वादीको हक कायम गरी दर्ता बदर हुने ठहर्‍याएको शुरु जि.अ.को इन्साफ सदर हुने ठहर्छ भन्ने फैसला भएको रहेछ । ३. विपक्षी मध्येका लोग्ने पिता कुलानन्द झाले हामीलाई खान लाउन नदिएकोले अंश दिलाई पाउँ भनी हामी निवेदकहरुले अंश मुद्दा दायर गरी कारवाही भएको अवस्थामा विपक्षी लोग्ने पितासंग अंश लिन पाउने अवस्थामा विपक्षी लोग्ने पितासंग अंश लिन पाउने गरी मिति २०३७।८।२४ मा मिलापत्र भई आ–आफ्नो भाग भोग गरी आएकोमा विपक्षी लोग्ने पिताले हाम्रो मञ्जूरी बेगर अंश हकको जग्गा बिगहा ९–५–१३ विपक्षी सावित्रीदेवीलाई राजीनामा गरी दिई मिति २०४०।२।४ मा पू.क्षे.अ.बाट समेत फैसला भएको उल्लेख गरी विपक्षी सावित्रीदेवीले हाम्रो लोग्ने पिता बीच भएको मिलापत्र बदर गरिपाउँ भनी नालिश परेको रहेछ । विपक्षी सावित्रीदेवीले २०४०।३।७ मा नक्कल लिई थाहा पाएकोले अ.बं. ८६ नं. बमोजिम ३५ दिन भित्र फिराद दायर गरेको व्यहोरा उल्लेख गरेको छ । ४. सावित्रीदेवी र कुलानन्द बीच चलेको लिखत पारित मुद्दामा पति पिताले मिति २०३८।८।११ मा बयान गर्दा लिखतको जग्गाहरु मध्येका जग्गा हामी बीच अंश मुद्दा परी २०३७।८।२४ मा मिलापत्र भएको भनी उल्लेख गरेकै हुँदा विपक्षी सावित्रीदेवीले थाहा जानकारी भएकै देखिन्छ । अ.बं. ८६ नं. मा नक्कल सारी थाहा पाएको मितिले ३५ द