निर्णय नं. १०१८९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१८९ - कर्तव्य ज्यान भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७५/०८/२४ ५४४१ सर्वोच्च अदालत‚ संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७५।८।२४ ०७१-CR-१५७६ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : गगनदेव ठाकुरको छोरा जिल्ला पर्सा, गा.वि.स. हरपतगंज वडा नं.३ घर भई कारागार कार्यालय पर्सामा थुनामा रहेका ओमनारायण ठाकुर विरूद्ध प्रत्यर्थी / वादी : प्रेमकुमार शर्मा ठाकुरसमेतको जाहेरीले नेपाल सरकार मौखिकरूपमा बोलेको कुरा मृतकले होस छँदै बोलेबमोजिम लिपिबद्ध गरेको हो भनी स्वतन्त्र प्रमाणबाट पुष्टि गराउन सकेमा प्रमाणग्राह्य हुने । मरणासन्न वक्तव्य प्रमाणमा लिन र त्यसको विश्वसनीयता कायम गर्न सो कागज गर्दा अस्पतालमा कार्यरत व्यक्ति वा अन्य स्वतन्त्र व्यक्तिको रोहबर र सो व्यक्ति अदालतमा आई बकपत्र गरी पुष्टि गर्नुपर्ने । (प्रकरण नं.९) अचेत मानिसले सबै जानकारीहरू सविस्तार लेखाएको भन्ने कुरालाई स्वाभाविकरूपमा लिन नसकिने । (प्रकरण नं.१०) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता प्राध्यापक डा. श्री रजित भक्त प्रधानाङ्ग, वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा र अधिवक्ता श्री प्रकाश निरौला प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेय अवलम्बित नजिर : ने.का.प.२०७२, अंक २, नि.नं.९३५४ ने.का.प.२०७१, अंक १, नि.नं.९१०७ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री सुदर्शनराज पाण्डे पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा पुनरावेदन अदालत हेटौंडा फैसला न्या. अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ : तथ्य खण्ड एक वर्षअगाडि मेरो आमा बुबाले मलाई जिल्ला पर्सा हरपतगंज गा.वि.स. वडा नं.३ निवासी ओमनारायण ठाकुरसँग जातीय परम्पराअनुसार मागी विवाह गरी दिएकोमा घर आएपछि सासू, ससुरा श्रीमान्समेतले दाइजोको कमी भयो भनी दैनिकरूपमा शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए । म र श्रीमान्बीचको शारीरिक सम्पर्कबाट पेटमा ७ महिनाको गर्भ रहेको अवस्थामा मिति २०६७।३।२८ गते बिहान ०६:०० बजेको समयमा निज पति ओमनारायण ठाकुर, ससुरा गगनदेव ठाकुर, सासू झुनझरी देवी, देवर श्रीनारायण ठाकुर र नन्द मनिषा कुमारीसमेतका घर परिवारले मलाई आफ्नै घरभित्र मेरो शरीरमा मट्टितेल छर्की आगो लगाई दिएकोले मेरो अनुहारमुनि पुरै शरीरको भाग जलेको अवस्थामा तत्काल छरछिमेकका मानिसहरूले भनेअनुसार सासू ससुराले उपचारको लागि भारत रक्सौलको डंकन अस्पतालमा ल्याई उपचारको लागि भर्ना गराएकोमा सोही आगोको पोलाइबाट मेरो पेटमा भएको ७ महिनाको बच्चा छोरा मिति २०६७।३।२९ गते राती ९:०० बजे डंकन अस्पतालमा मृत अवस्थामा जन्मिएको थियो । सो घटनाबारे दाइ भाउजूले थाहा पाई म भएको ठाउँमा आएपछि सासू ससुरा मलाई छाडी भागेकोले थप उपचारको लागि दाई भाउजूले वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएकोमा सो अस्पतालमा पनि उपचार हुन नसक्ने भनी चिकित्सकले भनेको हुँदा दाइ भाउजूको सहारामा अन्य ठाउँमा उपचारको लागि जाने तरखरमा छु । मेरो शरीर जली घाइते भई तत्काल अचेत अवस्थामा भए पनि हाल उपचारपश्चात् घटन