निर्णय नं. १०१९० - मानव बेचबिखन तथा ओसारपसार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१९० - मानव बेचबिखन तथा ओसारपसार भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७५/०९/२३ ७३०३ सर्वोच्‍च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७५।९।२३ मुद्दा: मानव बेचबिखन तथा ओसारपसार ०६९-CR-०७९५ पुनरावेदक / प्रतिवादी : रामेछाप जिल्ला, गोठगाउँ गा.वि.स., वडा नं. ६ गोठपानी घर भई हाल कारागार कार्यालय, रसुवा, धुन्चेमा कैदमा रहेको वेदबहादुर मगर विरूद्ध विपक्षी / वादी : परिवर्तित नाम बालाजु (घ) को जाहेरीले नेपाल सरकार ०७०-CR-०५४२ पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला, नर्जामण्डप गा.वि.स., वडा नं. ३ घर भई हाल मध्यमाञ्‍चल क्षेत्रीय कारागार कार्यालय भिमफेदी, मकवानपुरको कैदमा रहेको समिर भन्‍ने वीरे तामाङ विरूद्ध विपक्षी / वादी : परिवर्तित नाम बालाजु (घ) को जाहेरीले नेपाल सरकार प्रमाणित बयान आफैँमा एक महत्त्वपूर्ण प्रमाणको रूपमा रहे तापनि सो बयान अन्य प्रमाणबाट समर्थित हुनु पर्ने अनिवार्यता देखिन्छ । तसर्थ, पीडितको बयान अदालतबाट प्रमाणित भएको अवस्थामा मुद्दाको कारबाहीको सिलसिलामा पीडित अदालतमा उपस्थित नभएमा सो प्रमाणित बयानलाई कसुरदार कायम गर्ने प्रयोजनार्थ महत्त्वपूर्ण प्रमाण भए तापनि त्यसलाई अकाट्य प्रमाण (irrefutable evidence) अथवा एकल निर्णायक प्रमाण (conclusive evidence) को रूपमा अदालतले ग्रहण गर्न मिल्ने नदेखिने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री बद्रीबहादुर कार्की, श्री राघवलाल वैद्य, श्री कृष्णप्रसाद सापकोटा र विद्वान्‌ अधिवक्ताहरू श्री ताराबहादुर सिटौला, श्री रामप्रसाद ढुङ्गेल, श्री दिनेशप्रसाद शर्मा, श्री कुमारप्रसाद आचार्य विपक्षी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री लोकबहादुर कटुवाल अवलम्बित नजिर : ने.का.प.२०२६, अंक २, नि.नं.८०७३ ने.का.प.२०६३, अंक ९, नि.नं.७७६८ सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ काठमाडौं जिल्ला अदालत, काठमाडौं पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री टिकाबहादुर हमाल माननीय न्यायाधीश श्री सत्यराज गुरूङ पुनरावेदन अदालत पाटन फैसला न्या. दीपककुमार कार्की : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदन दर्ता भई हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः तथ्य खण्ड जाहेरी दरखास्तः २०६५ साल वैशाखदेखि काठमाडौंमा बसी आएकी, गाउँको श्याम भन्‍नेको डेरा पनि त्यहीँ भएको, श्यामलाई भेट्न समिर भन्‍ने वीरे तामाङ आई रहने गरेको, निजले मलाई सामान ओसारपसार गर्न बोर्डरमा गएमा एकपटकमा रू.३०,०००।- पाइन्छ भनी प्रलोभनमा पारेको, निजको विश्‍वासमा परी वेदबहादुरसमेतले मलाई काठमाडौंबाट, बुटवल सुनौली हुँदै भारतको पुनामा लगी बिक्री गरेकोमा त्यहाँबाट म भाग्न सफल भई यो जाहेरी दिएकी छु । प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसारमा कारबाही गरिपाउँ भन्‍ने जाहेरी दरखास्त तथा सोही बेहोराको निज जाहेरवाली तथा पीडित परिवर्तित नाम बालाजु (घ) को बयान । प्रतिवादी वेदबहादुर मगरले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयानः जाहेरवालीलाई मैले बेचबिखन नगरेको हुँदा यस सम्बन्धमा मलाई केही थाहा छैन । मैले जा