निर्णय नं. १०१९२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१९२ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७३/११/०२ ३२२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७३।११।२ ०७२-WO-००१० मुद्दा : उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३५ बस्ने संविधान सभा सदस्य एवं पूर्व उद्योग मन्त्री कर्णबहादुर थापा विरूद्ध विपक्षी : निर्वाचन आयोग, कान्तिपथ काठमाडौं नेपाल फरक हैसियतको प्रयोग गरी निर्वाचन कार्यक्रममा सहभागी हुँदा सरकारी पदअनुसार भत्ता सुविधा तथा सरकारी यातायात सुरक्षालगायतका कुनै पनि भौतिक वा आर्थिक स्रोत साधन प्रयोग नभएको सुनिश्‍चितता गर्नुपर्ने दायित्व जिम्मेवार राजनीतिक दल र पदीय जिम्मेवारी भएका व्यक्तिहरूमै रहने । निर्वाचन आचार संहिता परिपालना गराउन अनुगमनमा आएको टोलीलाई सभ्य व्यवहार गर्नु गराउनु प्रत्येक राजनीतिककर्मीको अपेक्षाकृत भूमिका हुने । निर्वाचन आचार संहिता उल्लङ्घन गर्दा निर्वाचन आयोगले कारबाही पनि गर्न सक्दछ तर त्यस्तो कारबाही गर्दा उचित कानूनको प्रयोग (Due process law) गर्नु पर्दछ । तर त्यसरी कानूनी कारबाही गर्दा कानूनको सर्वमान्य सिद्धान्तलाई नै अवमूल्यन हुने गरी वा मौलिक अधिकारकै उल्लङ्घन गर्न भने नमिल्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री भिमार्जुन आचार्य विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री संजिव रेग्‍मी अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. सपना प्रधान मल्ल : तत्कालीन नेपालको अन्तरिम संविधानको धारा ३२ र धारा १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- मिति २०७१/०३/०८ गते कैलाली क्षेत्र नं. ६ को उपनिर्वाचन समयमा म उद्योगमन्त्रीको जिम्मेवारीमा थिएँ । म बाजुरा निर्वाचन क्षेत्रबाट संविधानसभामा निर्वाचित प्रतिनिधि हुँ । म सो समयमा नेकपा एमालेको केन्द्रीय कमिटीको सदस्यको हैसियतमा समेत क्रियाशिल थिएँ । त्यसभन्दा अगाडि म नेकपा एमाले सेती अञ्चल समन्वय कमिटीको संयोजक भएर सेती अञ्चलभरी पार्टीको नेतृत्व पनि समालिसकेको व्यक्ति हुँ । कैलाली क्षेत्र नं. ६ को उपनिर्वाचनको समयमा सो क्षेत्रको विभिन्‍न स्थानमा गई ने.क.पा. एमाले पार्टीको प्रचार प्रसार एवं आमसभाहरूमा सरिक भएको कार्य मन्त्रीको हैसियतमा नभई पार्टी नेताको हैसियतमा हो । आचारसंहिताको उल्लङ्घन गरेको भनी मलाई लगाइएको आरोप नै पूर्वाग्रही छ । कैलाली क्षेत्र नं. ६ को उपनिर्वाचनको समयमा तत्कालीन मन्त्रिपरिषद्‌का सदस्यहरूको बीचमा अनौपचारिक छलफल हुँदा उक्त निर्वाचनमा मन्त्रीको हैसियतले निर्वाचनका कुनै पनि गतिविधिमा सामेल नहुने तर बहालवाला मन्त्री पार्टीको कुनै जिम्मेवारीमा भएमा सो जिम्मेवारीको आधारमा राजनीतिक गतिविधिमा सामेल हुन सकिने, त्यस्तो राजनीतिक सहभागितालाई आचार संहिता उल्लङ्घन भएको नमानिने भनी स्पष्ट पारिएको थियो । मेरो आफ्नो निर्वाचन क्षेत्र बाजुरामा निजी कामको सिलसिलामा जाँदै गर्दा कैलाली क्षेत्र नं. ६ को निर्वाचनको प्रचार प्रसारको समय थियो । मन्त्रीका हैसियतले प्राप्त हुने सुरक्षा गार्ड, झण्डावाला सरकारी सवारीलगायत कुनै पनि सरकारी सुविधाको प्रयोग नगरी नेकपा एमालेको कन्द्रीय सदस्यको हैसियतले कैलालीको धनगढीमा आयोजित एक खुला सभामा म उपस्थित भएको हुँ । पार्टीको केन्द्रीय सदस्यका हैसियतले राजनीत