निर्णय नं. १०१९३ - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१९३ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७५/१०/१७ ३४४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७५।१०।१७ मुद्दा : मानव बेचबिखन तथा ओसारपसार ०७१-CR-०७३३ पुनरावेदक / प्रतिवादी : पूर्व घर भारत सुगौली भई हाल जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका, वडा नं. १२ घर भई हाल कारागार कार्यालय भिमफेदी मकवानपुरमा थुनामा रहेको राजकुमार सोनार विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम मन्जरी साहसमेतको जाहेरीले नेपाल सरकार ०७१-CR-१३०५ पुनरावेदक / वादी : परिवर्तित नाम मन्जरी साहसमतेको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : पूर्व घर भारत सुगौली भई हाल जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका, वडा नं. १२ घर भई हाल कारागार कार्यालय, भिमफेदी मकवानपुरमा थुनामा रहेको राजकुमार सोनार सुरूवातदेखि अन्तसम्म एक जना व्यक्ति मात्र संलग्न रही पीडितलाई विदेश लैजाने र बिक्री गर्ने कार्य गरेकोले प्रत्येक चरणबापत छुट्टाछुट्टै कसुर कायम गर्ने अवस्था हुँदैन । कसुरको पूर्णता विदेशमा लगी बिक्री गरेपछि हुने भएको र सो कार्य गर्ने व्यक्ति एउटै भएको अवस्थामा कसुर गर्दाको चरण चरणको आधारमा छुट्टाछुट्टै सजाय गर्ने कार्य तर्क र न्यायसङ्गत नदेखिने । (प्रकरण नं.१०) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइराला प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा र श्री मो. शेष अब्वास र अधिवक्ता श्री मधुर पाठक अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू तहमा फैसला गर्ने : मा. जिल्ला न्यायाधीश श्री टेकनारायण कुँवर मकवानपुर जिल्ला, अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ पुनरावेदन अदालत, हेटौंडा फैसला न्या. केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ तथा २०७३ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः- म तथा मेरो बहिनीसमेत २ जना पहिला विवाह गरी गौना नभएको घर भारत सुगौली जाँदा भेट भएका प्रतिवादी राजकुमार सोनारले मेरो साथीको मोबाइलमा फोन गरी मसँग विवाह गरी दिल्लीमा लगी तिमीहरूलाई राम्रो जागिर लगाई दिने भनी विभिन्न प्रलोभनमा पारी पटक-पटक फोन गरी मिति २०६८।१०।७ गते बिहान वीरगन्ज बोलाई रेलबाट हामी दुवैजनालाई भारतको दिल्ली पुर्याई एकजना बंगाली आइमाइकहाँ लगी जिम्मा लगाई निज राजकुमारले छाडी आएकोमा पछि बुझ्दा हामीलाई एक / एक लाख रूपैयाँमा बिक्री गरेको थाहा भएपछि आँखा छली भागी प्रहरीमार्फत नेपाल आई यो जाहेरी दिएका छौं । निज राजकुमार सोनारलाई पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको नाम परिवर्तित मञ्जरी साह र सीमा साहको संयुक्त जाहेरी दरखास्त । म तथा मेरी बहिनी सीमा साहलाई निज प्रतिवादी राजकुमार साह सोनारले विभिन्न प्रलोभनमा पारी जागिर लगाई दिने, मीठो खान र राम्रो ठाउँमा बस्न पाइने एवं घरमा आमाबाबुसमेतलाई सुख हुने जस्ता प्रलोभनमा पारी मिति २०६८।१०।७ गते वीरगन्जबाट दिल्लीसमेत पुर्याई बिक्री गरेपछि हामीलाई झुक्याई भागी आएका हुन् । प्रतिवादी राजकुमार सोनारलाई कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको नाम परिवर्तित मञ्जरी साह र सीमा साहको बयान कागज । उल्लि