निर्णय नं. १०१९४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१९४ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७४/१०/२५ ३६८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत आदेश मिति : २०७४।१०।२५ ०६९-WO-११२७ विषय: उत्प्रेषण निवेदक : गोरखापत्र संस्थान, धर्मपथ काठमाडौंका अ.प्रा.स.कपिल घिमिरे विरूद्ध विपक्षी : दोलखा, झुले गा.वि.स. वडा नं. ५ बस्ने भवानी कार्कीसमेत स्थायी कर्मचारी सरहको व्यवहार वा सुविधा करार सेवामा काम गर्नेले पनि पाउनु पर्छ भन्नु न्याय, कानून र अन्य कुनै दृष्टिले पनि मनासिब नदेखिने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री भूपाल बस्नेत विपक्षीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री भक्तिराम घिमिरे अवलम्बित नजिर : ने.का.प.२०६९, नि.नं.८८०६, पृ.५७८ सम्बद्ध कानून : श्रम ऐन, २०४८ श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ आदेश न्या. प्रकाशमान सिंह राउत : तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यसप्रकार रहेको छः- यस संस्थानका तत्कालीन उपत्यका स्ट्रिन्जर पदमा करार सेवामा कार्यरत विपक्षी भवानी कार्कीलाई मिति २०६८/०७/२७ देखि लागू हुने गरी मिति २०६८/०७/२७ को निर्णयबमोजिम सेवाबाट हटाइएकोमा सो निर्णयउपर विपक्षी भवानी कार्कीले विपक्षी श्रम अदालतमा पुनरावेदन गरेकोमा विपक्षी श्रम अदालतले "पुनरावेदक भवानी कार्कीले मिति २०६८/०७/२७ देखि नै पारिश्रमिक पाउने गरी साबिकको पदमा पुनर्बहाली हुने ठहर्‍याई मिति २०६९/०८/२९ मा फैसला गर्दा श्रम ऐन, २०४८ को दफा ४(२) र श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ को दफा ६ को गलत तथा त्रुटिपूर्ण व्याख्या गरी यस संस्थानलाई गैरकानूनी रूपमा आर्थिक दायित्वसमेत पारिएको, उक्त फैसलामा उल्लेख भएबमोजिम फैसला कार्यान्वयन गर्नु, गराउनु भनी विपक्षी श्रम अदालतले च.नं. ५२९ मिति २०६९/११/१० को पत्रसाथ पठाएको फैसलाको प्रतिलिपि यस संस्थानमा मिति २०६९/११/१३ मा प्राप्त भएको, श्रम ऐन, २०४८ को दफा २६ बमोजिम श्रम अदालतको निर्णय अन्तिम हुने कानूनी व्यवस्था रहेको, उक्त फैसलाउपर पुनरावेदन नलाग्‍ने भई सामान्य कानूनअन्तर्गतको अन्य कुनै विकल्पसमेत नभएकोले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३(१), १२(३)(च), १९, ३२, तथा १०७(२) समेतको आधारमा यो निवेदन गर्न आएको छु । विपक्षी भवानी कार्कीलाई दोलखा क्षेत्रको लागि सेवा करारअन्तर्गत स्थानीय स्ट्रिन्जर पदमा संस्थानले सर्वप्रथम मिति २०६६।४।१५ देखि ३ महिनाको लागि नियुक्ति गरिएको, तत्पश्चात् मिति २०६६।७।१५ देखि २०६६ पुष मसान्तसम्मका लागि म्याद थप गरिएको, २०६६ माघ १ गतेदेखि सेवा अवधि समाप्त भएकोले मिति २०६६।१०।३ देखि ऐ. चैत्र मसान्तसम्मका लागि पुनः सोही कामकाजमा लगाइएको, मिति २०६६ चैत्र मसान्तमा अवधि समाप्त भएपछि पुनः २०६७।१।२ देखि २०६७ असार मसान्तसम्मका लागि पुनः कामकाजमा लगाइएको, २०६७।४।१ देखि २०६७ असोज मसान्तसम्मका लागि पुनः कामकाजमा लगाइएको, सुरक्षाका कारणले काठमाडौंमा बस्नु पर्ने भएकोले उपत्यकामा कार्य गर्न पाउँ भनी अनुरोध गरेकाले निजको मागबमोजिम मिति २०६७।५।१५ देखि ३ महिनाको लागि उपत्यका स्ट्रिन्जर पदमा नियुक्ति गरिएको थियो । तत्पश्चात् मिति २०६७।८।१४ देखि २०६७ पुष मसान्तसम्मका लागि सोही पदमा कामकाजमा लगाइएको र पुष मसान्तको अवधि समाप्त भएपछि मिति २०६८।१।१ देखि २०६८ असार मसान्त