निर्णय नं. १०१९६ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१९६ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७५/११/०५ ५०३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७५।११।५ ०७५-WO-०३७३ मुद्दाः- उत्प्रेषण / परमादेश रिट निवेदक : गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नं. २ पिपलधारा घर भई हाल रूप्से स्वास्थ्य चौकी पाल्पामा अ.न.मी.(पाँचौं) तहमा कार्यरत विन्दु पन्थी विरूद्ध विपक्षी : नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत निजामती सेवाका कर्मचारीहरूको व्यवस्थापन तथा सञ्चालन गर्ने निकाय कर्मचारीहरूको लागि अभिभावकीय निकाय पनि हो । त्यस्तो निकायले कानून तथा निर्धारित नीति नियमको परिधिभित्र रही विना भेदभाव कर्मचारी प्रशासन सञ्चालन गर्न सक्नु पर्दछ । ती निकायहरूले कर्मचारी प्रशासन सञ्चालनका स्थापित सिद्धान्त, मूल्य मान्यता एवं सोको लागि निर्धारित मापदण्डहरूको अनुशरण गर्नुपर्ने । (प्रकरण नं.६) रिट निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री राजेन्द्र खनाल विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री चन्द्रप्रसाद पोखरेल अवलम्बित नजिर : ने.का.प.२०७५, अंक ३, नि.नं.९९७४ सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ स्वास्थ्य सेवा नियमावली, २०५५ कर्मचारी समायोजन ऐन, २०७४ आदेश न्या. हरिकृष्ण कार्की : नेपालको संविधान, २०७२ को धारा ४६ र १३३(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- म रिट निवेदिका सुदुर पश्‍चिमाञ्‍चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, दिपायलको सिफारिसबमोजिम जिल्ला स्वास्थ्य कार्यालय, बाजुराको च.नं. १३३ मिति २०६२।०५।१२ को पत्रबाट नेपाल स्वास्थ्य सेवा, प.हे.न. समूहको अ.न.मी (सहायक चौथो) पदमा स्थायी नियुक्ति प्राप्त गरी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, बाजुरामा पदस्थापना भई सो मितिदेखि मिति २०६३।०७।१५ सम्म जिल्ला स्वास्थ्य कार्यालय बाजुराअन्तर्गत कार्यरत रहेकी थिएँ । यस्तैमा स्वास्थ्य सेवा विभागको २०६३।०६।१० को निर्णयअनुसार मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र, रूपन्देहीमा सरूवा भई मिति २०६३।०७।१६ देखि मिति २०६६।०२।१३ सम्म कार्यरत रहेकी थिएँ । तत्पश्चात् पश्‍चिमाञ्‍चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, पोखराको विभिन्न मितिको निर्णयअनुसार सरूवा भई मिति २०६६।०२।१४ देखि २०६७।०३।३१ सम्म जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाअन्तर्गत मिति २०६७।०४।०१ देखि २०७०।०२।०५ सम्म धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र, गुल्मीमा मिति २०७०।०२।०६ देखि हालसम्म रूप्से स्वास्थ्य चौकी पाल्पामा कार्यरत रही आएकी छु । म निवेदिकाको पति नेपाल न्याय सेवा, न्याय समूहमा कार्यरत रहेकोले पति कार्यरत रहेको जिल्लाअन्तर्गत सरूवा गरिपाउँ भनी स्वास्थ्य सेवा विभाग, काठमाडौं तथा पश्‍चिमाञ्‍चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखरामा पटकपटक निवेदन दिएकोमा कुनै सुनुवाइ भएन । मिति २०७३ असारदेखि म निवेदिकाको पति नेपाल न्याय सेवा न्याय समूहको उपसचिव पदमा नियुक्त भई सर्वोच्च अदालतमा पदस्थापन हुनु भएको, दुईजना साना छोरीहरूलाई साथमा राखी म निवेदिकाले स्वास्थ्य चौकीको कामसमेत गर्न गाह्रो भएको र दुर्गम स्थानमा लामो समयसम्म बसिसकेको हुँदा म निवेदिकालाई पनि काठमाडौं उपत्यकाअन्तर्गतका कार्यालयहरूमा सरूवा गरिपाउँ भनी पारिवारिक कारण दर्साई स्वास्थ्य सेवा विभागमा निवेदन गरेकोमा सो निवेदनमा कुनै सुनुवाइ गरिएन । यस पटक काठमाडौं उ