निर्णय नं. १०१९७ - अपहरण तथा शरीर बन्धक

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१९७ - अपहरण तथा शरीर बन्धक भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७५/१०/०७ ५९६३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७५।१०।७ ०७२-CR-००७३ मुद्दाः अपहरण तथा शरीर बन्धक पुनरावेदक / प्रतिवादी : बाँके जिल्ला, उदयपुर गा.वि.स. वडा नं. ६ घर भई हाल कारागार कार्यालय दैलेखमा थुनामा रहेको राम प्रवेश कुमार लोनिया मगर विरूद्ध प्रत्यर्थी / वादी : माधवराम कहारको जाहेरीले वादी नेपाल सरकार फौजदारी कसुरमा अभियोग दाबी प्रमाणित गर्दा प्रतिव्यक्ति प्रतिप्रमाणबाट पुष्टि हुनुपर्दछ । अपहरण तथा शरीर बन्धक जस्तो गम्भीर प्रकृतिको फौजदारी कसुरमा प्रतिवादीउपरको अभियोग दाबी शंकारहित तवरबाट पुष्टि हुनुपर्दछ अन्यथा शंकाको सुविधा अभियुक्तले पाउने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वैतनिक अधिवक्ता श्री देवी घिमिरे प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री बाबुराम अधिकारी अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : माननीय जिल्ला न्यायाधीश श्री कृष्णकमल अधिकारी बाँके जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री कृष्णप्रसाद बास्तोला माननीय न्यायाधीश श्री रामकृष्ण खनाल पुनरावेदन अदालत नेपालगञ्‍ज फैसला न्या. हरिकृष्ण कार्की : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- म प्रतिवादी सोहन घरूक वादी भएको लेनदेन मुद्दामा मैले निजलाई रू.६०,०००।- दिनु पर्नेमा मिति २०६६/१/२८ गते म तथा छोरा गणेश कहार र श्रीमतीसमेत आएकोमा मालपोत कार्यालय, बाँकेमा हामी काममा रहेका अवस्थामा राम प्रवेश कुमार लोनिया मगर तथा कैलास लोनियाले मेरो छोरालाई मोटरसाइकलमा हाली अपहरण गरी लिएकाले कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको माधव कहारको जाहेरी दरखास्त । मिति २०६६/१/२८ गते म मेरो घरमा काम भएकोले घरमा नै थिएँ । मैले माधवराम कहारको छोरा अपहरण भएको भन्ने सुनेको हुँ भन्नेसमेत बेहोराको छोटे पासीको घटना विवरण कागज । मिति २०६६/१/२८ गतेका दिनमा म मालपोत कार्यालय, बाँकेमा गएको अवस्थामा एकजना केटा र कैलास लोनियाले बच्चालाई मोटरसाइकलमा राखी लिएका हुन् । पछि माधवराम कहारको बच्चा भनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको गंगाराम काँदुको घटना विवरण कागज । मिति २०६६/१/२८ गतेका दिन काम विशेषले म मालपोत कार्यालय, बाँकेमा गएको अवस्थामा कैलास लोनिया र एकजना मानिसले बच्चालाई मोटरसाइकलको बीचमा राखी लिई जाँदै थिएँ । को कसलाई हो चिनिन । पछि जाहेरवालाको छोरा हराएको भन्ने थाहा पाएको हुँ । जाहेरवालाको छोरा गणेश कहारलाई निजहरूले अपहरण गरेका हुन् होइनन् यकिन भन्न सक्दिन भन्नेसमेत बेहोराको धनीराम लोधको घटना विवरण कागज । मेरो मोबाइलमा फोन आएपश्चात् जाहेरवालासँग भारतीय रूपैयाँ मागेका छन् । रू.४,००,०००।- नदिए बच्चा मारी दिने भनेका छन् र रू.दुई लाख सोहन घरूकले बच्चा अपहरण गरेबापत दिएका छन् भनी फोनमा मलाई भनेका छन् भनी मैले जाहेरवालालाई भनेको हुँ भन्नेसमेत बेहोराको त्रिभुवन घरूकको बयान । मिति २०६६/१/२८ गते म खर लिन बेतहनी गा.वि.स. मा गएको थिएँ । गणेश कहारलाई मैले अपहरण गरेको होइन भन्नेसमेत बेहोराको कैलास लोनियाको बयान । यसमा मेरो सम्पत्ति खाने नियतले छोरा रवि भन्‍ने गणेश क