निर्णय नं. ८२५५ - पुनरावलोकन गरी हेरिपाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२५५ - पुनरावलोकन गरी हेरिपाऊँ । भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११ फैसला मिति :२०६६/१०/२१ ४८६० निर्णय नं. ८२५५ फागुन, २०६६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री अबधेशकुमार यादव पुनरावलोकन निस्सा नं. ०६६–NF–०००५ आदेश मितिः २०६६।१०।२१।५ विषय : पुनरावलोकन गरी हेरिपाऊँ । निवेदक/प्रतिवादीः जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.३२ बस्ने लक्ष्मणराज पाण्डे विरुद्ध प्रत्यर्थी/वादीः जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं.५ जावलाखेल बस्ने ज्वालाराज पाण्डे मुद्दा : अंश । § अन्य मुद्दामा के कस्तो वतन उल्लेख गरिएको थियो र त्यसमा के आधारमा म्याद तामेल भएको थियो भन्ने जस्ता कुराहरू तुलना गरेर न्याय निरुपण गर्न संभव नहुने। (प्रकरण नं.५) § एउटा आधिकारिक निकायबाट जारी गरिएको र तामेल भएको म्याद तामेलीका सम्बन्धमा कानूनले निश्चित गरेको प्रक्रिया पूरा गरी बदर नगराएसम्म त्यस्तो म्यादको वैधानिक हैसियतमा प्रश्न उठाउन नमिल्ने । § एक पटक जारी भएको म्यादको वैधता कायम रहँदासम्म अर्को म्याद जारी हुने वा अर्को म्याद क्रियाशील हुने गरी व्याख्या गर्नु न्यायोचित हुँदैन र त्यस्तो व्याख्याले अन्यौल, अनिश्चय र वेथितिको सम्भावनालाई बढावा दिने । (प्रकरण नं.१०) निवेदक/प्रतिवादीतर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्रीहरि अर्याल र अधिवक्ता श्री कपिल पौडेल विपक्षी/वादीकातर्फबाटः विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने अवलम्वित नजीरः § नेकाप २०५१, नि.नं.४९५८, पृष्ठ ६३१ § नेकाप २०४७, नि.नं.४११८, पृष्ठ ३२६ सम्बद्ध कानूनः § न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) आदेश न्या.रामप्रसाद श्रेष्ठः यस अदालतको संयुक्त इजलासबाट भएको मिति २०६५।६।२९ को फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम पुनरावलोकन गरी हेरिपाऊँ भनी परेको निवेदनमा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः- म फिरादीका बाजे स्व.पदमराज पाण्डेका पाँच छोराहरूमा जेठो स्व.टिकाराज पाण्डे, माहिला स्व.मीनराज पाण्डे साहिला म फिरादीका बाबु लीलाराज पाण्डे, काहिला स्व.काशीराज पाण्डे र कान्छा स्व.प्रयागराज पाण्डे हुन् । जेठो स्व.टिकाराज पाण्डेबाट श्रीमती देवकुमारी पाण्डे एक मात्र अंयिशार बाँकी हुनु हुन्थ्यो र निजको अब कोही सन्तान छैन । माहिला स्व. मीनराज निजकी श्रीमती स्व.ताराकुमारी पाण्डेबाट विपक्षीमध्येको विश्वराज पाण्डे, श्यामराज पाण्डे, मोहनराज पाण्डे, मधुसुदनराज पाण्डे ४ छोरा जीवित छन् । साहिला स्व.लीलाराज पाण्डेबाट म फिरादी एक मात्र छोरा हुँ । काहिला स्व. काशीराज पाण्डेको श्रीमती म मेनकाकुमारी पाण्डे, स्व. रामराज पाण्डेको श्रीमती कल्पना पाण्डे, लक्ष्मण राज पाण्डे, स्व.भरतराज पाण्डेकी श्रीमती जनकनन्दिनी पाण्डे स्व.मदनराज पाण्डेकी श्रीमती सुशीला पाण्डे, स्व.प्रयागराज पाण्डेको श्रीमती शंखकुमारी पाण्डे, छोरा केशरीराज पाण्डे, सरदराज पाण्डे, सुशीलराज पाण्डे, कमलराज पाण्डे, बिमलराज पाण्डे, अनन्तराज पाण्डे छन् । देबकुमारी पाण्डेले मीनराज, लीलाराज, काशीराज र प्रयागराज समेतउपर अंश मुद्दा दर्ता गर्नु भएको सो अंश मुद्दामा श्री सर्वोच्च अदालत फुलबेञ्चबाट २०४१।२।५ को फैसला हुँदा ५ अंशियार कायम भई ५ भागको १ भाग देवकुमारी पाण्डेले पाउने गरी फैसला भएको र देवकुमार