निर्णय नं. १०१९९ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१९९ - बन्दीप्रत्यक्षीकरण भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७४/१२/०४ ४१२५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा आदेश मिति : २०७४।१२।४ ०७४-WH-००५० मुद्दा :- बन्दीप्रत्यक्षीकरण निवेदक : मोरङ जिल्ला ग्रामथान गा.पा. वडा नं. ३ घर भई हाल नेपाली सेना, सैनिक प्रहरी गण जंगी अड्डा भद्रकाली काठमाडौंमा थुनामा रहेका झलक भन्‍ने झलकुमार भगतको हकमा ऐ.ऐ. बस्‍ने निजका दाजु नन्दुलाल भगत विरूद्ध विपक्षी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंसमेत “विस्तृत शान्ति सम्झौता” भएको कारणबाट सबै अवस्थाका व्यक्तिले जुनसुकै प्रकारको कसुरबाट पनि उन्मुक्ति पाउँदछ भन्नु तार्किक र यथार्थपरक दृष्टिकोण हुँदैन । कसले, कसलाई, के कसुरमा, कसरी कारबाही र सजाय गरेको छ भन्ने पक्ष महत्त्वपूर्ण हुने । नेपाली सेनाले सैनिक ऐन प्रतिकूल आचरण भएको तथा सेनासम्बन्धी कसुरजन्य कार्य गरेको विषयमा कानूनबमोजिम कारबाही चलाएको कुरालाई “विस्तृत शान्ति सम्झौता” विपरीतको कार्य भनी मान्न नमिल्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री सतीशकृष्ण खरेल, श्री तुलसी भट्ट, श्री मुक्ति प्रधान, श्री एकराज भण्डारी, श्री रमणकुमार श्रेष्ठ, विद्वान्‌ अधिवक्ताहरू श्री गोविन्द शर्मा बन्दी, श्री कपिलचन्द्र पोखरेल, श्री दिनमणी पोखरेल, डा. श्री पुण्यप्रसाद खतिवडा र श्री कान्तिराम ढुङ्गाना विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी र नेपाली सेनाको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताहरू डा.श्री महेन्द्र जंग शाह र श्री सरोज रेग्मी अवलम्बित नजिर : ने.का.प.२०४९, नि.नं.४५९७, पृ.७१० ने.का.प.२०६६, अंक ८, नि.नं.८२०० ने.का.प.२०६८, नि.नं.८६९२, पृ.१६१३ सम्बद्ध कानून : सैनिक ऐन, २०६३ आदेश न्या. ईश्वरप्रसाद खतिवडा : नेपालको संविधानको धारा ४६ तथा १३३(२)(३) बमोजिम यसै अदालतको असाधारण अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः- तथ्य खण्ड झलकुमार भगत म निवेदकका सहोदर भाइ हुन् । झलकुमारले २०६०।२।१५ मा तत्कालीन शाही नेपाली सेनाको सिपाही पदमा भर्ती भई विष्णुदल गुल्ममा रही काम गरिरहेका थिए । यसैक्रममा मिति २०६२।४।८ मा झलकुमार तत्कालीन शाही नेपाली सेनाबाट विद्रोह गरी हतियारसहित तत्कालीन ने.क.पा. (माओवादीको जनमुक्ति सेना) मा प्रवेश गरे भन्ने कुरा त्यसबेला प्रकाशित केही पत्रपत्रिका र मेरा चिने जानेका मानिसमार्फत थाहा पाएको थिएँ । मिति २०६२।४।१५ मा भोजपुर जिल्लाको दक्षिणी भू-भागमा पर्ने घोरेटार बजारमा तत्कालीन माओवादी जनमुक्ति सेनाले आयोजना गरेको सार्वजनिक कार्यक्रममा उनलाई स्वागत गरिएको रहेछ । पछि सेना समायोजन प्रक्रियामा झलकुमार समावेश हुन सकेनन् । उनले पूर्णकालीन रूपमा ने.क.पा. (माओवादी) को भातृ संगठन वाई.सि.एल.नेपालमा समेत रही काम गरेका थिए । मिति २०७४।८।८ गते राति मोरङ सिद्राहास्थित आफ्नै घरमा रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीहरूले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ११ दिनसम्म थुनामा राखियो । मिति २०७४।८।१९ मा जिल्ला प्रशासन कार्यालयबाटै जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेका झलकुमारलाई नेपाली सेनालाई बुझाइयो । नेपाली सेनाद्वारा सोही दिन झलकुमारलाई आफ्नो नियन्त्रणमा लिई नेपाली सेना,