निर्णय नं. १०२०० - करारबमोजिम क्षतिपूर्ति पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२०० - करारबमोजिम क्षतिपूर्ति पाऊँ । भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७५/०४/१८ ५५९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७५।४।१८ ०७२-CI-०५४३ मुद्दाः करारबमोजिम क्षतिपूर्ति पाऊँ । पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला, पोखरा उप म.न.पा. वडा नं. १ बागबजारस्थित प्रधान कार्यालय रहेको सुजल डेरी प्रा.लि. को तर्फबाट अख्तियारप्राप्त ऐ. का कार्यकारी निर्देशक अन्जन श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं म.न.पा. वडा नं. २९ लैनचौरस्थित दुग्ध विकास संस्थानसमेत मूलतः करार उल्लङ्घनको क्षतिपूर्तिको निर्धारण गर्दा करारका पक्षहरूको आचरण, व्यवहार, करारको दायित्व पूरा गर्ने तत्परतालगायतका विषय पनि महत्त्वपूर्ण हुने । करारको सर्त उल्लङ्घन भए तापनि अदालतमा मुद्दा परेपश्चात् पनि करार उल्लङ्घन गर्ने पक्षले नै आफ्नो दायित्व पूरा गरेको अवस्थामा क्षतिपूर्तिको अंक निर्धारण दुई पक्षबीच भएका समग्र विषयवस्तु, तथ्यहरूलाई सिंहावलोकन गरी मनासिब माफिकको क्षतिपूर्ति भराई दिनु वाञ्छनीय हुने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री शिवप्रसाद रिजाल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री ज्ञानेन्द्र नेपाल अवलम्बित नजिर : ने.का.प.२०६७, अंक ५, नि.नं.८३८२ ने.का.प.२०६८, अंक ६, नि.नं.८६३५ सम्बद्ध कानून : करार ऐन, २०५६ सुरू फैसला गर्नेः माननीय न्यायाधीश श्री टेकनारायण कुँवर काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री सुष्मलता माथेमा पुनरावेदन अदालत, पाटन फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन पुनरावेदन अदालत, पाटनको मिति २०६९।०५।२४ को फैसलाउपर मुद्दा दोहोर्‍याई पाउँ भनी प्रतिवादीको तर्फबाट परेको निवेदनमा साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अनुसार मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड दुग्ध विकास संस्थान नेपाल सरकारद्वारा संस्थान ऐन, २०२१ अन्तर्गत गठित संस्था हो । यस संस्थानले किसानहरूबाट उत्पादित दुध सङ्कलन गरी सङ्कलित दुधलाई प्रशोधन गर्दै आएको छ । मागअनुसारको दुध किसानहरूबाट सङ्कलन हुन नसकेमा स्वदेश तथा विदेशसमेतबाट कच्चा पदार्थ आयात गरी उपभोक्ताको मागअनुसार स्तरीय दुध र सोबाट उत्पादित पदार्थहरू समेत सुपथ मूल्यमा बिक्री गर्दै आएको छ । अन्य सिजनमा भन्दा Flush season दुधको उत्पादन बढी हुने भएकोले सो सिजनको दुध आफूले खपत गर्न नसक्ने हुँदा यस संस्थानले अन्य पार्टीहरूलाई बिक्री वितरण गर्दै आएको र यसै क्रममा दुग्ध विकास संस्थान र सुजल डेरी प्राइभेट लिमिटेडबीच Flush season कच्चा दुध अनुमानित १५,००० लिटरदेखि २५,००० लिटरसम्म दैनिक उपलब्ध गराउने, १५/१५ दिनको उक्त कच्चा दुधको भुक्तानी हरेक महिनाको २० र ५ गतेभित्र अनिवार्य रूपले संस्थानको खातामा जम्मा गरी दिने गरी मिति २०६६।७।१६ मा दुई पक्षबीच करारनामा भएको थियो । विपक्षीले २०६६ कार्तिकदेखि माघसम्म कच्चा दुध बुझी लिनु भएकोमा सोबापतमा यस संस्थानलाई रू.५५,५१,६०९।७८ मात्र बुझाएको देखिन्छ । करारनामाअनुसार यस संस्थानले विपक्षीलाई उपलब्ध गराएको कच्चा दुधबापत रू.९२,९४,५४०।- लिन बा