निर्णय नं. १०२०१ - ठगी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२०१ - ठगी भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७४/१०/०३ ४११० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७४।१०।३ मुद्दा : ठगी ०७१-CR-०१४२ पुनरावेदक / प्रतिवादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. १० बस्ने वर्ष ३८ को रविन्द्र गिरी विरूद्ध प्रत्यर्थी / वादी : रामकृष्ण श्रेष्ठको जाहेरीले नेपाल सरकार ०७१-CR-०१४३ पुनरावेदक / वादी : रामकृष्ण श्रेष्ठको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. १० बस्ने प्रनिल थापासमेत कुनै प्रतिवादीका नाउँको म्याद तामेल हुन सकेन भन्दैमा स्वतः मुद्दा तामेलीमा राख्न मिल्दैन । म्याद तामेल हुन नसक्नुको कारणतर्फ अदालतले विवेकपूर्ण दृष्टि दिनु पर्दछ । जिल्ला अदालत नियमावली, २०५२ को नियम १९क(४) मा रहेको प्रावधान नाम, थर, वतन नै खुल्न नसकेको अवस्थाका व्यक्तिको सम्बन्धमा आकर्षित हुने सामान्य प्रक्रियागत व्यवस्था हो । यो प्रावधानको अनुचित आड लिएर मुद्दा थन्क्याउने वा पन्छाउने प्रवृत्ति आपत्तिजनक देखिन्छन । अदालतहरूबाट कानूनको यसप्रकारको गलत, अतार्किक र अनुत्तरदायी प्रयोग हुनु उचित नहुने । (प्रकरण नं.९) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री माधव बास्कोटा र विद्वान् अधिवक्ताहरू श्री सुरज अधिकारी, श्री सहकुल खत्री र श्री जीतेन्द्र ढकाल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री गणेशबाबु अर्याल अवलम्बित नजिर : सम्बद्ध कानून : जिल्ला अदालत नियमावली, २०५२ सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- मा. न्यायाधीश श्री भरतप्रसाद अधिकारी माननीय न्यायाधीश श्री सत्यराज गुरूङ पुनरावेदन अदालत पाटन फैसला न्या. ईश्वरप्रसाद खतिवडा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदन सरह दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- म जाहेरवालाले ट्याम्पु चलाउने क्रममा २०५६ सालमा रविन्द्र गिरीसँग चिनजान भएको थियो, निज रविन्द्र गिरीले मेरो क्रिएटिभ सेभिङ फाइनान्स संस्था छ । रूपैयाँ जम्मा गरेपछि ब्याज पाइन्छ, फाइदा हुन्छ, यसका सल्लाहकार भु.पू. मन्त्रीसमेतका मानिसहरू छन् भनी परिचय पर्चासमेत देखाई ललाई फकाई विश्वासमा पारी ट्याम्पु र जग्गा बिक्री गरी रू.५,००,०००।– जम्मा गरेको थिएँ । २०५७ साल असार २० गतेका दिन निज रविन्द्रले म उक्त संस्थाको बजार व्यवस्थापकसमेत हुँ, पैसा जम्मा गर्नुहोस्, १५ प्रतिशत ब्याज दिन्छु, १ वर्षपछि साँवा र ब्याज एकमुष्ट दिउँला भनेपछि मैले रू.५,००,०००।– रूपैयाँ एक वर्षको लागि निजको फाइनान्समा जम्मा गरेको थिएँ । करिब ९ महिनापछि मलाई पैसा रू.३,००,०००।– चाहिएकोले निजको संस्थामा गएँ, अहिले पैसा छैन ब्याज स्वरूप रू.४०,०००।– लैजानु होस् भनी दिएका थिए । तोकिएको मितिमा म पैसा माग्न जाँदा कार्यालय सरेको छ भनी रविन्द्र गिरीले आलटाल गरेपछि सहकारी विभाग, संगठन शाखामा गई सम्पर्क गर्दा सो कार्यालयले उक्त फाइनान्सका पदाधिकारीहरूलाई बोलाई बैठक राखी फाइनान्स सञ्चालन गर्ने र रकम असुली गर्ने निर्णय भएको थियो । त्यसपश्चात् पनि मैले पैसा माग्न जाँदा तपाइँको पैसाको ब्याज बढ