निर्णय नं. १०२०२ - लागु औषध खैरो हेरोइन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२०२ - लागु औषध खैरो हेरोइन भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७४/०३/२६ ११०८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७४।३।२६ मुद्दाः लागु औषध खैरो हेरोइन ०७१-CR-१३४६ पुनरावेदक / प्रतिवादी : जिल्ला काठमाडौं धर्मस्थली गा.वि.स. वडा नं.५ घर भई हाल कारागार कार्यालय भीमफेदी मकवानपुरमा थुनामा रहेका सागर कार्की विरूद्ध प्रत्यर्थी / वादी : प्र.स.नि. रूद्रप्रसाद न्यौपानेसमेतको प्रतिवेदनले नेपाल सरकार ०७१-CR-१३४७ पुनरावेदक / प्रतिवादी : जिल्ला काठमाडौं धर्मस्थली गा.वि.स. वडा नं.५ घर भई हाल कारागार कार्यालय भीमफेदी मकवानपुरमा थुनामा रहेका भुवन के.सी. विरूद्ध प्रत्यर्थी / वादी : प्र.स.नि. रूद्रप्रसाद न्यौपानेसमेतको प्रतिवेदनले नेपाल सरकार लागु औषधको सेवन तथा ओसारपसार एउटै अपराध नभई भिन्न प्रकृतिका अपराध हुन् । सेवन गर्ने गरेको तथ्य स्थापित भएको भन्ने आधारमा ओसारपसार, बिक्री वितरणको कसुर स्थापित हुने होइन । व्यापारिक कारोबार प्रकृतिको बिक्री वितरणको उद्देश्य प्रमाणित हुन आवश्यक हुने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री प्रेमबहादुर खड्का, विद्वान्‌ अधिवक्ताहरू श्री गोविन्द शर्मा बन्दी, श्री विश्वेश्वरप्रसाद गौतम, श्री शोभित अकेला बानियाँ र श्री रक्षा बस्याल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापा अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू फैसला गर्ने : माननीय न्यायाधीश श्री टेकनारायण कुँवर मकवानपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला : माननीय न्यायाधीश श्री दिनेशकुमार कार्की मा. न्यायाधीश श्री सत्यमोहन जोशी थारू पुनरावेदन अदालत हेटौंडा फैसला न्या. ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको सक्षिप्त तथ्य र ठहर यसप्रकार छः मिति २०६८/८/१८ गते अं. २३:०० बजेको समयमा जिल्ला मकवानपुर चुरियामाइ ३ स्थित सडकमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा पिसाब फेर्न ओर्लेका भुवन के.सी. समेतको तलासी गर्दा भुवन के.सी.को साथबाट लागु औषध खैरो हेरोइन २४ ग्राम फेला परेको र दुवैजनाले हामीले रक्सौलबाट खरिद गरी ल्याएको भनेको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्र.स.नि. रूद्रप्रसाद न्यौपानेसमेतको प्रतिवेदन । जिल्ला मकवानपुर चुरियामाई ३ स्थित सडकमा सवारी साधनहरू चेकजाँच गर्दा पिसाब फेर्न ओर्लेका भुवन के.सी.समेतको साथबाट लागु औषध खैरो हेरोइन २४ ग्राम बरामद भएको हो भन्नेसमेत बेहोराको बरामदी मुचुल्का । मिति २०६८/८/१८ गते म तथा मेरो साथी सागर कार्की काठमाडौंबाट पर्सा जिल्लाको परवानीपुर स्थित केडिया आँखा अस्पताल नजिक गई बरामद लागु औषध खैरो हेरोइन म तथा साथी सागर कार्कीले आधाआधा रकम हाली ने.रू.७,५००।- मा सोही स्थान बस्ने यकिन नाम थर वतन थाहा नभएको नरेश भन्ने व्यक्तिसँग खरिद गरी बसमा चढी काठमाडौंतर्फ जानका लागि आउँदै गर्दा जिल्ला मकवानपुर चुरियामाई ३ स्थित सडकमा आई पुगी बसबाट ओर्ली पिसाब फेर्न लाग्दा प्रहरीले म तथा मेरो साथी सागर कार्कीको शरीर खान तलासी गर्दा मैले लगाएको पाइन्टको खल्तीबाट लागु औषध खैरो हेरोइन फेला पारी म तथा साथीलाई पक्राउ गरेको हो । ब