निर्णय नं. १०२०६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२०६ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७५/१०/१६ २९३० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही आदेश मिति : २०७५।१०।१६ ०६८-WO-०१५८ मुद्दा : उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १९ प्याफलटोल बस्ने सानुमान श्रेष्ठको नाति, सम्बरमान श्रेष्ठको छोरा श्यामबहादुर भन्‍ने श्याममान श्रेष्ठ विरूद्ध विपक्षी : नेपाल सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, सिंहदरबार काठमाडौंसमेत आधारभूत रूपमा हेर्दा पनि छुट दर्ता माग गर्ने विषय हो, सो अधिकार होइन, छुट दर्ताको निवेदन पर्दैमा सोबमोजिम गरिहाल्नु पर्छ भन्‍ने नहुने । (प्रकरण नं.६) विवादित सम्पत्तिमा विभिन्न पक्षहरू मिली एकआपसमा तेरो मेरोको स्थिति देखाई निवेदन दिए भन्दैमा सम्बन्धित कार्यालयले अनिवार्य रूपमा तेरो मेरोमा सुनाउनु पर्छ भन्न मिल्दैन । दाबीको औचित्य र प्रमाण हेरी कसैको पनि दाबी अस्वीकार गर्न सकिने । (प्रकरण नं.८) जग्गाको दर्ता शंकास्पद छ, भोग द्विविधाजनक छ र नापी भएको चार दशकपछि जग्गा दर्ता माग गर्नु पर्ने चित्त बुझ्दो कारण नदिइएको अवस्थामा मालपोत कार्यालयको निर्णय बदर गर्न रिटको क्षेत्राधिकार प्रयोग गर्नुपर्ने औचित्य र वाञ्छनीयता दुवै नदेखिने । (प्रकरण नं.९) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद पाण्डे विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली तथा विद्वान्‌ उपन्यायाधिवक्ता श्री यामबहादुर बानिया, विद्वान् अधिवक्ता श्री रितबहादुर जमरकट्टेल अवलम्बित नजिर : ने.का.प.२०६७, अंक ३, नि.नं.८३३६ ने.का.प.२०६७, अंक ७, नि.नं.८४१७ सम्बद्ध कानून : मालपोत ऐन, २०३४ जग्गा (नापजाँच) ऐन, २०१९ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपाल अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ (२) बमोजिमको यसै अदालतको अधिकार क्षेत्रभित्र पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य र ठहर यसप्रकार रहेको छः भक्तपुर जिल्ला ताथली गा.वि.स. वडा नं. ९ क कि. नं. १२१ को क्षे. फ. ५-६-२-० जग्गा २०२१ सालमा सर्भे नापीमा नापी हुन नसके पनि जग्गा कमाउने मोही विपक्षी लालबहादुर छुस्यावागको जोताहा महलमा नाम जनाई किसानको बेहोरामा कमल पोखरी बस्ने चन्द्रमाया श्रेष्ठ र श्यामबहादुर प्याफल बस्ने हो भनी सही गरेका रहेछन् फिल्डबुकमा लेखिएको श्यामबहादुर प्याफल भन्‍ने म निवेदक श्यामबहादुर भन्‍ने श्याममान श्रेष्ठ हुँ । चन्द्रमाया श्रेष्ठ मेरा सहोदर काका गणेशबहादुरकी पत्नी म निवेदकको सहोदर काकी नाताकी हुन् । साइला काका गणेशबहादुरको २०१७ सालमा र कान्छा मेरो बुबा सम्मरबहादुर श्रेष्ठको २०१५ सालमा र काकी चन्द्रमायाको मिति २०६१।१।२२ मा निसन्तान मृत्यु भएबाट कि.नं.१२१ को जग्गाको हकदार मबाहेक अरू कोही छैन । मुलुकी ऐन, जग्गा पजनीको २(क) तथा मालपोत ऐन, २०३४ को दफा ७ (२) बमोजिम जहिलेसुकै पनि दर्ता नाउँसारी गरिलिन पाउने मेरो कानूनी अधिकार हो । उक्त जग्गा नामसारी गरी पाउन मालपोत कार्यालय भक्तपुरमा मिति २०६५।१०।२ मा निवेदन दिएकोमा उक्त निवेदनको पछाडिपट्टि यो जग्गा २३ नं ताथली रैकरतर्फ सि.नं. ६५ नं.नं. १३३३, १३३४ लालबहादुरको नाउँमा जम्मा ५॥३॥३ लगत कायम छ भनी साबिक दर्ता लगत भिडेको अवस्था छ । यसबाट पनि उक्त जग्गा म निवेदकको हो भन्‍ने पुष्टि हुन्छ । सोही जग्गालाई कुनै तरहले हात पार्न सकिन्छ कि भनी विपक्षीमध्येको हरिकृष्ण शाहीसमेत ग