निर्णय नं. १०२०७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२०७ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७५/०८/१८ ७९०० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश मिति : २०७५।८।१८ ०७४-WO-०४६१ मुद्दा: उत्प्रेषण / परमादेश रिट निवेदक : मोरङ जिल्ला साबिक बयरवन गा.वि.स. वडा नं. ८ घर भई हाल नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, सहायक निर्देशक पदमा कार्यरत पुण्यप्रसाद बरालसमेत विरूद्ध विपक्षी : लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंसमेत नोकरीमा प्रवेश गर्दा बहाल रहेको सेवासम्बन्धी कानूनले प्रदान गरेको सुविधा र सेवाका सर्तहरूलाई संकुचन हुने र गर्ने गरी कुनै पनि कानून पछि बनाएर लागू गर्न हक अधिकारसम्बन्धी कुनै पनि मान्य कानूनी सिद्धान्तले राज्यलाई अनुमति प्रदान नगर्ने । (प्रकरण नं.२४) रिट निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरि उप्रेती, विद्वान् अधिवक्ताहरू श्री टिकाराम भट्टराई र श्री नारायण पराजुली विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री यदुनाथ शर्मा, विद्वान् अधिवक्ताहरू श्री डिल्लीराम न्यौपाने, श्री हेमराज अधिकारी, श्री सुमन आचार्य, श्री रेशमराज रेग्मी, श्री रामशरण पोखरेल, सरोकारवालाको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री सुदिप पौडेल र श्री माधवकुमार बस्नेत अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान लोक सेवा आयोग ऐन, २०६६ नेपाल राष्ट्र बैंक ऐन, २०५८ नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ आदेश न्या. तेजबहादुर के.सी.: नेपालको संविधानको धारा ४६, १३३(२) अन्तर्गत यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः हामी रिट निवेदकहरू पुण्यप्रसाद बराल, रवि भण्डारी र उदयकुमार मण्डल क्रमशः मिति २०४४।११।११, मिति २०४४।११।०२ र मिति २०४४।११।०३ मा नेपाल राष्ट्र बैंकको सेवामा प्रेवश गरी हाल सहायक निर्देशक पदमा कार्यरत छौं । निवेदकहरू प्रवेश गर्दा बहाल रहेको कर्मचारी विनियमावलीको परिच्छेद -४, विनियम १(१) मा कुनै कर्मचारीको उमेर ६० वर्ष पुगेपछि निजले बैंकको नोकरीबाट अवकाश लिनेछन् तर बैंकको हितका लागि कुनै कर्मचारीको सेवाको अनिवार्य आवश्यकता सम्झेमा ३ वर्षसम्म म्याद थप गर्न सकिने भन्ने कानूनी व्यवस्था रहेको थियो । पछि निजामती सेवाकै व्यवस्थाअनुकूल प्रबन्ध गर्न साबिक कर्मचारी विनियमावली खारेज गरी मिति २०४९।०२।०२ मा नेपाल राष्ट्र बैंक कर्मचारी विनियमावली २०४९ लागू गरियो । उक्त नियमावलीमा अनिवार्य अवकाशको आधारमा उमेरको हद ५८ वर्ष, सेवा अवधिको हद ३० वर्ष, पदावधिको हद (विशिष्ट श्रेणीमा ७ वर्ष र प्रथम श्रेणीमा १२ वर्ष) को व्यवस्था गरियो । मिति २०५५।०३।२९ देखि ३० वर्षे नोकरी अवधिको आधारमा अनिवार्य अवकाश पाउने कानूनी व्यवस्था निजामती सेवाबाट हटाइयो र राष्ट्र बैंकको कर्मचारी विनियमावलीसमेत मिति २०५६।०४।३१ मा छैठौं संशोधन गरी सेवा अवधिको आधारमा अवकाश पाउने व्यवस्था हटाई उमेर हद र पदावधिको हदको आधारमा मात्र अनिवार्य अवकाश पाउने व्यवस्था कायम रहन गयो । नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६२ लागू भएपछि सेवा अवधिको आधारमा अनिवार्य अवकाश पाउने व्यवस्थालाई पुन: जीवित बनाइयो र हाल लागू रहेको कर्मचारी विनियमावलीमा समेत सो व्यवस्थालाई निरन्तरता दिइएको छ । साथै उक्त विनियमावलीको विनियम १४३ मा कुनैपनि कर्मचारी