निर्णय नं. १०२०८ - सरकारी अनुदानको रकम हिनामिना तथा दुरूपयोग गरी भ्रष्टाचार गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२०८ - सरकारी अनुदानको रकम हिनामिना तथा दुरूपयोग गरी भ्रष्टाचार गरेको भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७५/०४/३१ ५२७१ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७५।४।३१ ०७४-CF-०००२ मुद्दा: सरकारी अनुदानको रकम हिनामिना तथा दुरूपयोग गरी भ्रष्टाचार गरेको । पुनरावेदक / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अधिकृत दिवाकर चापागाईको प्रतिवेदनले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : सर्लाही जिल्ला अचलगढ गा.वि.स. वडा नं.६ नरहरगन्ज घर भई मिठुलाल दास प्राथमिक विद्यालय अचलगढ-६, नरहरगन्ज विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वर्ष ४३ को बलिराम दास कथवनियासमेत भ्रष्टाचार हुनु र बेरूजु हुनु फरक-फरक विषय हुन् । भ्रष्टाचारमा व्यक्तिगत फाइदा लिने बद्‌नियत तत्त्वको विद्यमानता हुन्छ भने बेरूजुमा खर्च भएको रकम बिल भरपाइद्वारा पुष्टि भएको हुँदैन । भ्रष्टाचारको कसुर स्थापित हुन सरकारी सम्पत्ति दूषित मनसायबाट खर्च गरी हानि नोक्सानी पुर्‍याउने नियत र त्यसबाट आफूले लिनु खानु गरेको भन्ने प्रस्ट रूपमा देखिनु पर्ने । बेरूजुको हकमा बिल भरपाइद्वारा पुष्टि गराउन नसके बेरूजु भएको रकम खर्च गर्ने अख्तियारवालाले दाखिला गर्नु गराउनु पर्नेसम्मको दायित्व हुने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री नारायणबहादुर थापा विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री महादेव पण्डित अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई माननीय न्यायाधीश श्री पवनकुमार शर्मा विशेष अदालत काठमाडौं यस अदालतबाट फैसला गर्नेः मा.न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला न्या. केदारप्रसाद चालिसे : यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।१।१३ मा भएको रायबाझी फैसलाउपर सर्वोच्च अदालत नियमावली, २०४९ बमोजिम पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार रहेको छ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयअनुसार झोले विद्यालयहरूको अनुसन्धान तथा छानबिनको लागि खटिएका टोलीको प्रतिवेदनको आधारमा विद्यालयको लागि प्राप्त सरकारी अनुदान रकम हिनामिना गरेको सम्बन्धमा सर्लाही गडैया डुमरीया स्रोतकेन्द्रअन्तर्गत मिठुलालदास अचलगढ-६ को विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको काम कारबाही सम्बन्धमा अनुसन्धान तहकिकात गरी रायसहितको प्रतिवेदन पेस गर्न उपसचिव श्री दिवाकर चापागाईलाई अनुसन्धान अधिकृत तोकिएको रहेछ । मिठुलालदास प्रा.वि. नरहरगन्ज अचलगढ-६ लाई जिल्ला शिक्षा कार्यालय सर्लाहीको मिति २०६७/१/१२ को निर्णयद्वारा शैक्षिक सत्र २०६७ देखि प्राथमिक विद्यालय तहको कक्षा १ को सम्पूर्ण खर्च निजी स्रोतबाट बेहोर्ने गरी शिक्षा ऐन तथा नियमावलीबमोजिम विद्यालय सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालय सर्लाहीको च.नं. १५५१ मिति २०६७/१/१२ को पत्रमार्फत अनुमति प्रदान भएको । जिल्ला शिक्षा कार्यालयको मिति २०६८/५/२५ को निर्णयानुसार शैक्षिक सत्र २०६८ देखि लागू हुने गरी नक्साङ्कनमा नपरे स्वत: रद्द हुने गरी प्रा.वि.तहको कक्षा-२ सञ्चालन गर्न कक्षा अपग्रेड भएको रहेछ । मिठुलालदास प्रा.वि. अचलगढ-६ को बैंक स्टेटमेन्ट तथा विद्यालयको Flash