निर्णय नं. १०२१० - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२१० - परमादेश भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७५/०९/१० ८०४१ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७५।९।१० ०७४-WO-०२८३ मुद्दाः परमादेश निवेदक : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० बस्ने अधिवक्ता पदमबहादुर श्रेष्ठ विरूद्ध विपक्षी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबारसमेत वातावरण संरक्षणको कार्य गरी जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण गर्नुपर्ने दायित्व Parens patriae को सिद्धान्तअनुसार राज्यको हुने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता डा.श्री अम्बरप्रसाद पन्त र विद्वान्‌ अधिवक्ताहरू श्री पदमबहादुर श्रेष्ठ, श्री षटकोण श्रेष्ठ, श्री सुलोचना धिताल, श्री विष्णुकुमार थोकर, श्री हरिश्चन्द्र सुवेदी, श्री अभिषेक अधिकारी, श्री भुवनप्रसाद वाग्ले, श्री राजु फुयाल र श्री शान्ता पन्त विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान जलवायु परिवर्तन नीति, २०६७ जैविक विविधतासम्बन्धी महासन्धि, १९९२ संयुक्त राष्ट्र संघीय मौसम परिवर्तन महासन्धि, १९९२ संकटापन्न वन्यजन्तु एवं वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि, १९९३ हानिकारक पदार्थको अन्तरदेशीय ओसारपसार एवं विसर्जन नियन्त्रण महासन्धि, १९८९ आदेश प्र.न्या.ओमप्रकाश मिश्र : नेपालको संविधान २०७२ को धारा १३३(२)(३) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- निवेदकलगायत समग्र मानवलाई जलवायु परिवर्तनको कारणले प्रत्यक्ष असर पारेकोले छुट्टै जलवायु परिवर्तनको कानून बनाई लागू गरिपाउन मिति २०७४।७।६ गते सम्बन्धित कार्यालयमा लिखित निवेदन दर्ता गरेकोमा कुनै वास्ता नगरेको नेपालको संविधानको धारा १६, ३०, ३५, ३६ र वातावरण संरक्षण ऐन, २०५३ र नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय महासन्धि, सन्धि र वातावरण कानूनका अन्तर्राष्ट्रिय मान्य सिद्धान्तहरूसमेतको आधारमा यस सम्मानित अदालतबाट विपक्षीहरूको नाउँमा परमादेशको आदेशलगायत उपयुक्त अन्य आदेशहरूसमेत जारी गरी समग्र मानव जाति र अन्य जीवजन्तु, वनस्पति एवं पर्यावरणको संरक्षण गरिपाऊँ । विश्वका धेरै देशहरू जलवायु परिवर्तन भएको कारण प्रत्यक्ष असर परी ठुलो धनजनको क्षतिसमेत भइसकेको छ । नेपाल पनि जलवायु परिवर्तनको चपेटामा परी प्रत्येक जनता प्रभावित भएको, हिमतालमा पानीको परिमाण बढ्दै जानाले हिमताल फुट्ने खतरा छ । जलवायु परिवर्तन हुने मुख्य कारणहरू बढ्दो अव्यवस्थित औद्योगिक कारण, इन्धनको अत्यधिक खपत, पर्यावरण मैत्री प्रविधि सिप र ज्ञानको कमी, वन विनास, वनको दिगो विकास नहुनु र अव्यवस्थित सहरीकरणको कारण हरितगृह ग्याँसको उत्सर्जन भई वायुमण्डल तापक्रम वृद्धि हुने गरेकोमा त्यसको सही व्यवस्थापन तथा पूर्व व्यवस्थापन विपक्षीहरूले गर्न सकेको छैन । जलवायु परिवर्तनको कारण हिउँ बढी पग्लने, हिम पहिरो जाने र त्यसले गर्दा त्यस क्षेत्रमा बस्ने आदिवादीहरू बढी पीडित हुन गइरहेका छन् । जलवायु परिवर्तनको कारण विश्वको तापक्रम सरदर प्रतिदसक ०.०१ देखि ०.३ डिग्री सेल्सियससम्म बढी रहेको विभिन्न लेख तथा समय समयमा निस्कने प्रतिवेदनहरूमा भेटिन्छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर मानव तथा अन्य प्रणालीमा पर्दासमेत विपक्षीहरूले प्रभावकारी कार्य गरेको वा ठोस कदम नचालेको कारणले बढ्दो जल