निर्णय नं. १०२११ - करारबमोजिम रकम दिलाई पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२११ - करारबमोजिम रकम दिलाई पाऊँ । भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७५/०७/१६ ७१५० सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७५।७।१६ ०७३-CI-०८८० मुद्दा : करारबमोजिम रकम दिलाई पाऊँ । पुनरावेदक / वादी : ललितपुर जिल्ला‚ ल.पु.उ.म.न.पा. वडा नं.५ जावलाखेल स्थित कार्यालय रहेको वर्ल्डलिंक कम्युनिकेसन प्रा.लि. को अख्तियार प्राप्त ऐ. का जनसम्पर्क प्रबन्धक श्री लक्ष्मणकुमार यादव विरूद्ध प्रत्यर्थी / प्रतिवादी : का.जि. का.म.न.पा. वडा नं. ११ रामशाहपथ स्थित राष्ट्रिय वाणिज्य बैंक लि. केन्द्रीय कार्यालयसमेत करार गर्नको लागि पूरा गर्नुपर्ने कार्यविधि र करार गरी लाभ लिइसकेको अवस्था फरक फरक अवस्था हो । कुनै करार गरी कार्य सम्पन्न भई सोको लाभ प्राप्त गरेपछि करार हुनुपूर्व लागू हुने कार्यविधिगत प्रावधान उठाई करार नभएको भन्न मिल्दैन । कार्यविधिगत प्रावधानले सारवान् अधिकार कुण्ठित नहुने । (प्रकरण नं.१७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेल तथा अधिवक्ताहरू सरदप्रसाद कोइराला र रमनकुमार कर्ण प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता नरहरि घिमिरे र अधिवक्ता विष्णुप्रसाद कँडेल अवलम्बित नजिर : ने.का.प.२०६६, नि.नं.८७७३, पृ.३२५ स.अ.बुलेटिन २०७१, पूर्णाङ्क ५२६, पृ.२० स.अ.बुलेटिन वर्ष १८, पूर्णाङ्क ४६८, पृ.१३ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ करार ऐन, २०५६ सुरू तहमा फैसला गर्नेः मा.जि.न्यायाधीश श्री नारायणप्रसाद सुवेदी ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री बाबुराम रेग्मी माननीय न्यायाधीश श्री शिवराज अधिकारी पुनरावेदन अदालत पाटन फैसला न्या.पुरूषोत्तम भण्डारी : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- विपक्षी वाणिज्य बैंक केन्द्रीय कार्यालय इन्फरमेसन टेक्नोलोजी विभागका विभागीय प्रमुख कपिल ज्ञवालीले फिरादी कम्पनीको मार्केटिङ विभागमा E-Mail गरी राष्ट्रिय वाणिज्य बैंकअन्तर्गत बिर्तामोड‚ भद्रपुर‚ धनकुटा‚ हिले‚ फिक्कल‚ सुनवल‚ परासी‚ तौलीहवा‚ धरान‚ धनगढी‚ गौर‚ गरूडाबजार‚ इटहरी‚ इलाम‚ महेन्द्रनगर‚ सिन्धुली‚ बर्दिबास‚ जलेश्वर‚ जनकपुर (पिडारिचोक)‚ लालबन्दी‚ सिराहा‚ मिर्चैया‚ कटारी‚ निजगढ‚ गजुरी‚ मन्थली‚ लाहान‚ गाईघाट‚ बेंसीसहर लमजुङ‚ गोरखा‚ आँबुखैरेनी‚ पाल्पा‚ राजविराज शाखाहरूका सम्पर्क व्यक्तिहरूका नाम र मोबाइल नम्बरसमेत उल्लेख गरी शाखाहरूमा DATA CONNECTIVITY सेवा फिरादी कम्पनीबाट उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । विपक्षी विभागीय प्रमुख एवं अन्य सम्बद्ध अधिकारीहरूको लिखित इमेलका आधारमा पहिलेदेखि कार्य सञ्चालन भई आएको आधारमा विपक्षीमध्येका कपिल ज्ञवालीको आदेशमा उल्लिखित शाखाहरूमा फिरादी कम्पनीले सेवा प्रदान गर्दै आएको थियो । विपक्षी बैंकको लिखत आग्रहअनुसार विभिन्न ३३ शाखाहरूमा फिरादी कम्पनीले DATA CONNECTIVITY सम्बन्धी कार्य सम्पन्न गरी अधिकांश बैंकका शाखा कार्यालयहरूबाट सेवाग्राहीको काम छिटो छरितो हुनुका अतिरिक्त विश्वसनीय सेवा प्राप्त भइरहेको सर्वविदित छ । विपक्षीले राष्ट्रिय स्तरको बैंक भएको हुनाले तपाइँको लगानी डुब्ने अवस्था छैन‚ केही समय ढिलो भए तापनि तपाइँहरूको भुक्तानी अवश्य गर्छौं भनी आग्रह गरिरहेकोमा 9 June