निर्णय नं. १०२१३ - निर्णय दर्ता बदरसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२१३ - निर्णय दर्ता बदरसमेत भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७४/०७/२७ ५४४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ फैसला मिति : २०७४।७।२७ ०६४-CI-०९७० मुद्दा: निर्णय दर्ता बदरसमेत पुनरावेदक / वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.२३ बसन्तपुर बस्ने सूर्यमाया कर्माचार्यको मु.स. गर्ने जयन्द्र कर्माचार्य विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १२ बस्ने कुमार खाइतूसमेत संविधान प्रदत्त कुनै पनि मौलिक हक परित्याग गर्न नमिल्ने । मौलिक हकबाहेकका हक सम्बन्धित व्यक्तिले परित्याग गरेको कुराको जानकारी राख्दछ र सो कुरा कानूनद्वारा निषेधित छैन वा सार्वजनिक नैतिकता विरूद्ध छैन भने त्यस्तो अवस्थामा कानून प्रदत्त हक छाड्न सक्ने । अर्काको चल अचल सम्पत्तिलाई उनाउ व्यक्तिको हो भनी लेखाई दिने अधिकार नै नराख्ने व्यक्तिले कुनै सरकारी कार्यालयमा गएर लेखाई दिएकै आधारमा कुनै सम्पत्तिमा कानूनबमोजिम हक स्थापित भएको व्यक्तिको हक समाप्त नहुने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बद्रीबहादुर कार्की, श्री शम्भु थापा, श्री पन्नामान तुलाधर, श्री इन्द्र खरेल र अधिवक्ताहरू श्री लक्ष्मीप्रसाद अधिकारी र देवेन्द्र झा प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री बाबुराजा जोशी, श्री श्यामप्रसाद खरेल, श्री हरिहर दाहाल तथा विद्वान् अधिवक्ता श्री मेघराज भट्ट अवलम्बित नजिर : ने.का.प.२०६०, अंक १२, नि.नं.७१६६ सम्बद्ध कानून : सुरू फैसला गर्ने : मा.न्या. श्री सुष्मलता माथेमा भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा.न्या. श्री लक्ष्मणमणी रिसाल मा.न्या. श्री आत्‍माराम भट्टराई पुनरावेदन अदालत पाटन फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ: ससुरा भैरवबहादुर कर्माचार्यको नाममा नाप नक्सा भएको भक्तपुर जिल्ला, सिपाडोल गा.वि.स. वडा नं. ९ कि.नं. १०९ को क्षेत्रफल ४-१-०, ऐ. कि.नं. १२८ को क्षेत्रफल ०-४-० र ऐ. कि.नं. १३१ को क्षेत्रफल १-१४-० जग्गाको मोही गणेशलाल सिल्पकार भएकोमा सो जग्गामध्ये कि.नं. १०९ र १२८ को जग्गा मोहीले मिति २०३८।११।११ मा जोत छोडपत्र गरिदिएकाले मैले र विपक्षी डिल्लीबहादुरले भोगचलन गरी आएका थियौं । साबिक कि.नं. ८३ मध्येको जग्गाबाट भिड्ने मेरो आधा हक लाग्‍ने जग्गालाई विपक्षी डिल्लीबहादुर कर्माचार्यले प्रतिवादी कुमार खाइतूको जग्गा हो भनी मिति २०४६।१२।१९ मा मन्जुरी गरिदिएकाले म फिरादीको आधा हक मेटिने गरी विपक्षी कुमार खाइतूको नाउँमा दर्ता गर्ने गरी मालपोत कार्यालयबाट मिति २०४६।१२।२० मा भएको निर्णयसमेत बदर गरी कि.नं. १०९ को जग्गाको पश्चिमतर्फको क्षेत्रफल २-०-२ र कि.नं. १२८ को उत्तरतर्फको ०-२-० जग्गा मुलुकी ऐन जग्गा पजनीको १७ नं. र जग्गा मिच्नेको १८ नं. को आधारमा मेरो नाउँमा दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको सुर्यमाया कर्माचार्यले भक्तपुर जिल्ला अदालतमा दायर गरेको फिराद पत्र । पिता भैरवबहादुर कर्माचार्यको नाउँमा नापी भएको भक्तपुर सिपाडोल गा.वि.स. वडा नं. ९ कि.नं. १०९, १२८, र १३१ को जग्गाहरूको मोही गणेशलाल शिल्पकार हुनुहुन्थ्