निर्णय नं. १०२१४ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२१४ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७४/०९/१७ ३२९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ आदेश मिति : २०७४।९।१७ ०७१-WO-०९५७ विषयः उत्प्रेषण / परमादेश निवेदक : रूकमणी केमिकल इण्डष्ट्रिज प्रा.लि.को अख्तियार प्राप्‍त ऐ.का प्रबन्ध निर्देशक कैलाश चन्द्र गोयलसमेत विरूद्ध विपक्षी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत समाजप्रतिको दायित्वबाट विमुख भई उद्योग व्यवसाय सञ्चालन गर्न पाउनु पर्दछ भन्ने तर्क स्वार्थ प्रेरित छ भने यसले अराजकतासमेत निम्त्याउने । (प्रकरण नं.७) वातावरण संरक्षण नियमावली, २०५४ को नियम १५ मा लिड जस्ता मानव स्वास्थ्यको लागि हानिकारक वस्तुका विषयमा किटान गरी उल्लेख हुन नसकेपनि नियम १५ ले गरेको व्यवस्थाको समग्र मनसाय मानव स्वास्थ्य र वातावरण प्रतिकूल हुने काम कारबाहीमा प्रदूषणको रोकथाम तथा नियन्त्रणका लागि उचित मापदण्ड तोक्न सक्ने नै हुँदा लिड जस्ता हानिकारक वस्तुमा मापदण्ड तोक्न नपाउने भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री रामकृष्ण निराला, विद्वान्‌ अधिवक्ता श्री रमेशकुमार बस्नेत र सरोकारवाला तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताहरू श्री गणेश दाहाल, श्री श्यामकुमार बस्नेत, श्री भुवनप्रसाद वाग्ले, श्री राजु फुयाल, श्री आरजु कार्की विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री संजिव रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान नेपालको अन्तरिम संविधान, २०६३ वातावरण संरक्षण नियमावली, २०५४ आदेश न्या.ओमप्रकाश मिश्र : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यसप्रकार छः नेपाल राजपत्र भाग ५ को खण्ड ६४ संख्या ३० मिति २०७१।९।७ मा प्रकाशित सूचना नं.३ मा विपक्षी नं.१ ले वातावरण संरक्षण नियमावली, २०५४ को नियम १५ ले दिएको अधिकार प्रयोग गरेको हवाला दिँदै सूचना प्रकाशन भएको मितिले १८१ औं दिनदेखि लागू हुने गरी नेपालमा आयात एवं उत्पादन हुने रंगहरूमा Lead को अधिकतम मात्रा Ninety (90) Part per Million (ppm) वा Ninety (90) Milligram per liter (mg/L) हुनुपर्ने, बट्टामा Lead को मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देशसमेत उल्लेख गर्नुपर्ने गरी मापदण्ड तोकी सूचना प्रकाशित गरी विपक्षी नं.२ को च.नं.१६२२ मिति २०७१।२।२९ को पत्रमा उक्त सूचना मिति २०७२।३।५ देखि लागू हुने भन्‍ने उल्लेख गरेको छ । वातावरण संरक्षण नियमावली, २०५४ को नियम १५ ले दिएको अधिकार प्रयोग गरी उक्त सूचना प्रकाशित गरेको भन्ने उल्लेख छ । नियम १५ विपरीत निवेदकबाट कुनै पनि कार्य भएको छैन । उक्त नियम १५ ले Lead को मात्रा 90 ppm तोक्ने अधिकार दिएको छैन । Lead को अधिकतम मात्रा 90 ppm कायम गरी मापदण्ड तोकेको विपक्षीहरूको निर्णय र नेपाल राजपत्र भाग ५ मिति २०७१।९।७ सूचना नं.३ मा प्रकाशित सूचना र विपक्षी नं.२ ले निवेदकलाई लेखेको च.नं.१६२२ मिति २०७१।९।२९ को पत्रसमेत उत्प्रेषणको आदेशले बदर गरी उक्त मापदण्ड लागू नगर्नु नगराउनु भनी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरिपाऊँ । साथै विपक्षीले उक्त मापदण्ड लागू गरेमा निवेदकहरूले सञ्चालन गरेका उद्योगहरू बन्द भई निवेदकहरूलाई अपूरणीय क्षति हुने, प्रस्तुत निवेदनपत्रको औचित्य समाप्‍त ह