निर्णय नं. १०२१५ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२१५ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७५/०६/२२ ३६१८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा आदेश मिति : २०७५।६।२२ ०७०-WO-०१८९ विषयः उत्प्रेषण / परमादेश निवेदक : कृष्णप्रसाद गौतमको छोरा ललितपुर जिल्ला देवीचौर गाउँ विकास समिति,वडा नं.५ बस्ने अधिवक्ता पुण्यप्रसाद गौतम विरूद्ध विपक्षी : काठमाडौं जिल्ला अदालत, बबरमहल काठमाडौंसमेत कानून व्यवसायी न्याय सम्पादनको क्षेत्रमा कार्यरत रहने हुँदा र निरन्तर पेसामा रहेकाको लागि निजको परिचय खुलाउन निजको व्यावसायिक दर्ता प्रमाणपत्रको क्रमसंख्या आफैँमा पनि परिचयको मुख्य प्रमाणको रूपमा रहेको हुने । (प्रकरण नं.६) सूचनाको सिद्धान्तले सूचना इन्कार गर्ने वा सूचना पाएर पनि नपाएको अभिनय गर्नेको सन्तुष्टिलाई कहिले पनि सम्बोधन गर्न नसकिने । सूचना सम्प्रेषण गर्ने कर्तव्य भएको निकायले सूचनाको प्रवाह गरी सूचना थाहा पाउनु पर्ने व्यक्तिसम्म इमानदारीपूर्वक पुर्याउन कोसिस गरेको हुनु पर्ने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शेरबहादुर के.सी. र विद्वान् अधिवक्ताहरू श्री रामचन्द्र पौडेल, श्री राजन अधिकारी विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता श्री लिलामणी पौडेल अवलम्बित नजिर : ने.का.प.२०६६, अंक १२, नि.नं.८२८३ सम्बद्ध कानून : जिल्ला अदालत नियमावली, २०५२ आदेश न्या.अनिलकुमार सिन्हा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः विपक्षीहरूमध्ये ठुली तामाङ तथा कान्छी तामाङले मसमेत उपर किर्ते जालसाजी मुद्दा मिति २०६६।११।५ मा दर्ता गरी मेरा नाममा जारी गरी पठाएको म्याद म आफू नभएको हुँदै नभएको ठाउँमा म्याद जारी गरी बेपत्ते तामेल भई आएको म्याद र म सम्बन्धित मुद्दा मुल्तबी राखी मुल्तबी जगाएको र मेरो स्थायी ठेगानामा म्याद जारी नगरिकन फेरी गलत ठेगानामा नै मुल्तबी म्याद जारी गरी बेपत्ता भई आएको प्रमाणबाट देखिन्छ । श्री काठमाडौं जिल्ला अदालतको च.नं.९१६४ मिति २०६९।७।२० मा राजधानी दैनिकमा पठाएको ठेगाना पनि गलत ठेगाना राखी म्याद सूचना पठाई सोही सूचनाबमोजिम २०६९।७।२५ मा पत्रिकामा प्रकाशित गरेको कुरासमेत ललितपुर देवीचौर वडा नं.५ मा म्याद सूचना जारी हुनु, गर्नुपर्नेमा ललितपुर उपमहानगरपालिका, वडा नं.५ मा जारी गरिएको म्याद सूचना र त्यसको आधारमा रीतपूर्वक म्याद सूचना मान्न नमिल्ने हुँदा यस्तो गलत तरिकाबाट भएको काम कारबाही र मउपर मिति २०६९।१०।११ मा भएको फैसला प्रतिवाद गर्ने मौकाबाट वञ्चित भएको नै मान्नु पर्ने हुन आउँछ । मैले प्रतिवाद गर्न नपाएको कुरा मिति २०७०।५।७ का दिन अंश मुद्दामा मचाकाजी महर्जनको वारेसनामा दाखिला गर्न लाग्दा जरिवाना छ भनी यकिन गरी नक्कल सारी हेर्दा जानकारी पाई अन्य उपचारको बाटो नभएको उक्त फैसला मेरो आफ्नो हकसम्म प्रतिवाद गर्ने मौका पाउन परमादेशको आदेश जारी गरिपाउँ भनी निवेदन गरेको छु । उपयुक्त आदेश जारी गरिपाऊँ । मुद्दा दर्ता गर्दा स्थायी ठेगानामा नगरी गलत ठेगाना राखी फिराद गरी प्रतिवाद गर्ने मौकाबाट वञ्चित गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्तको विपरीत हुँदा बदरभागी छ । बेरीतको सूचना म्याद गलत ठेगाना राखी व्यक्तिको हकहितमा असर पर्ने गरी निर्णय गर्दा सफाइको मौका दिनुपर्ने र सबुत प्रमाण बुझी