निर्णय नं. १०२१६ - निषेधाज्ञा / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२१६ - निषेधाज्ञा / परमादेश भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७६/०२/२७ ४९६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७६।२।२७ ०७१-RB-०२८३ मुद्दाः निषेधाज्ञा / परमादेश पुनरावेदक / प्रत्यर्थी : का.जि.का.म.न.पा. वडा नं. १६ बालाजु औद्योगिक क्षेत्र स्थित नेबिको प्रा.लि.को अख्तियारप्राप्‍त प्रमुख कार्यकारी अधिकृत श्री होमनाथ न्यौपाने विरूद्ध विपक्षी / निवेदक : का.जि.का.म.न.पा. वडा नं. २२ कर्पोरेट अफिस भई जिल्ला सुनसरी दुहवी न.पा.वडा नं. ४ स्थित पशुपति बिस्कुट इण्डष्ट्रिज प्रा.लि. निवेदकले माग नगरेको उपचार वा माग गरेभन्दा बढी उपचार वा सहुलियत अदालतले प्रदान गर्न नसक्ने । विवादको विषय मै केन्द्रित रही फैसला वा आदेश गर्नुपर्ने विषय न्याय र कानूनका मान्य सिद्धान्त नै हुन् । व्यापक जनहितका विषयमा अदालतले Judicial Activism देखाई निवेदकले नउठाएको वा माग नगरेको विषयमा समेत प्रवेश गरी माग गरेभन्दा बढी पनि आदेश गर्न सकिने भए तापनि दुई कम्पनीका बिचको विवादमा निवेदकले माग गरेभन्दा बढी उपचार दिनु वा माग गरेभन्दा फरक विषयमा प्रवेश गरी फैसला वा आदेश गर्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रत्यर्थीका तर्फबाट : विपक्षी / निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री भेषराज न्यौपाने अवलम्बित नजिर : सम्बद्ध कानून : पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ प्रतिस्पर्धा प्रवर्धन एवम् बजार संरक्षण ऐन, २०६३ उपभोक्ता संरक्षण ऐन, २०५४ सार्वजनिक खरिद ऐन, २०६३ पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री नारायणप्रसाद दाहाल माननीय न्यायाधीश श्री द्वारिकामान जोशी पुनरावेदन अदालत पाटन आदेश न्या. दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत पाटन, ललितपुरको मिति २०७१।११।१९ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- यस प्रा.लि.ले मिति २०३०/३/११ मा जिल्ला सुनसरी, तत्कालीन दुहवी गा.वि.स., वडा नं.७ हाल दुहवी नगरपालिका, वडा नं.४ मा उद्योग स्थापना गरी यस प्रा.लि. को उद्देश्यबमोजिम बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्ने गरी विपक्षी विभागबाट उद्योग दर्ता प्रमाणपत्र र कम्पनी दर्ता प्रमाणपत्र नं. ५९५/०३० बाट प्रमाणपत्र लिएका छौं । सो उद्देश्यबमोजिमको कार्य गरिरहेका छौं । यस प्रा.लि.को उद्देश्यबमोजिम बिस्कुट उत्पादन गर्ने कार्यमा र आफ्नो उत्पादन गुणस्तर र बजारीकरणलाई सुरक्षित गर्न, लगानीलाई सुरक्षित गर्ने उद्देश्यले उद्योग विभागमा पेटेन्ट डिजाइन र ट्रेडमार्क दर्ता गरी प्रमाणपत्र पाउँ भनी निवेदन दिएकोमा विपक्षी उद्योग विभागले औद्योगिक सम्पत्ति बुलेटिनमा कानूनबमोजिम दाबी विरोधको सूचना प्रकाशित गरी उक्त सूचनाबमोजिम कसैको दाबी विरोध नपरेकोसमेत र कानूनी आधार प्रमाणबाट वर्ग ३० अन्तर्गत High Energy बिस्कुटको पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ बमोजिम पेटेन्ट डिजाइन र ट्रेडमार्क प्रमाणपत्र प्राप्‍त गरेका छौं । सो प्रमाणपत्र प्राप्त गरिसकेपछि कानूनबमोजिम तथा गुणस्तरमा ध्यान दिँदै नियमित रूपमा व्यापार व्यवस्थापन गरी आएको छ । यस बिस्कुटले आम जनमानस तथा संघसंस्थामा ख्याति कमाएको छ । यस प्रा.लि.ले आविष्कार गरेको High Energy बिस्कुटको पेटेन्ट दर्ता गरी मिति २०६५/६/२९ मा पेटेन्ट दर्ताको प्रमाणपत्र प्राप्‍त गरेको साथै यसै प्रा.