निर्णय नं. १०२१७ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२१७ - अंश भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७५/०३/२६ ४६५६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७५।३।२६ ०७२-CI-०९४५ मुद्दाः अंश पुनरावेदक / वादी : कैलाली जिल्ला धनगढी नगरपालिका वडा नं.१ बस्ने गोपालबहादुर थापा विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कैलाली जिल्ला धनगढी नगरपालिका वडा नं.१ बस्ने समिना थापासमेत कसैले कसैको सेवा, सुश्रुसा, पालनपोषण, दुःख समस्यामा पर्दा सहयोग गरेकोमा रिझबापत दाताले खुसीले आफ्नो हक पुग्ने सम्पत्ति त्यस्तो सेवा सुश्रुसा, पालनपोषण, सहयोग गर्ने व्यक्तिलाई नि:शुल्क दिएको बकस वास्तविक अर्थमा बकस मानिने । यसरी पाएको बकस नै पाउनेको निजी ठहरी आफूखुसी गर्न पाउने भन्ने अंशबन्डाको महलको भावना र मर्म हुने । वास्तविक बकस पाएको भन्ने कुराको पुष्टि विश्वसनीय कागज प्रमाणहरूबाट हुनुपर्ने । बकस पाएको कुरामा अदालत सन्तुष्ट हुने खालको कुनै प्रमाण पेस गर्न नसकेको अवस्थामा विवादको सम्पत्तिलाई निजी आर्जनको सम्पत्ति मान्न नमिल्ने । (प्रकरण नं.३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री शम्भु नेपाल र श्री श्रुतिकुमारी रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय जिल्ला न्यायाधीश श्री विष्णु सुवेदी कैलाली जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.का.मु.मुख्य न्या.श्री ईश्वरप्रसाद खतिवडा मा. न्यायाधीश श्री भानुभक्त शर्मा न्यौपाने पुनरावेदन अदालत दिपायल फैसला न्या. दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकारक्षेत्रको भई ऐजन ऐनको दफा १२(१)(क) र (ख) बमोजिम दोहोर्‍याई पाउँ भन्ने निवेदन दर्ता भई निस्सा प्रदान भएअनुसार पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- हामी वादी प्रतिवादीका स्व.बाजे लालबहादुर थापाको छोरा बुबा शेरबहादुर थापा र आमा सुकमाया थापाका २ जना छोरामा जेठो म फिरादी गोपालबहादुर थापा र कान्छो भाइ बलराम थापा मात्र हौं । म फिरादीको श्रीमती बिना थापा र मबाट १ छोरी अम्बिका र २ छोरामा जेठो विजय र कान्छो संजय थापा हुन् । छोरी अम्बिकाको विवाह भइसकेको छ । मेरो भाइ बलराम थापाको श्रीमती समिना थापा हुन् । निजको एक मात्र छोरा शिशिर थापा र २ छोरीको जायजन्म भएको हो । बुबा / आमा र भाइको कालगतिले मृत्यु भइसकेको छ । यी बाहेक अन्य अंशियारहरू छैनन् । जिल्ला कैलाली धनगढी नगरपालिका स्थित मिलन चोकमा हाम्रो बुबाले ४ बिगाहा ऐलानी जग्गा कटान गरी दर्ता स्रेस्ता भएको सम्पत्ति नै हाम्रो पुर्ख्यौली सम्पत्ति हो । २०६५ सालमा जग्गा दर्ता खुलेकाले नगर विकास समितिले सूचना प्रकाशित गरेपश्चात् विपक्षी बुहारीले मलाई खबर गरी म धनगढी आई पुगे र बुहारीकै नाममा भएपनि जग्गा दर्ता गर्नका लागि नगर विकास समितिमा मन्जुरीनामाको कागजसमेत गरी दिए । मैले मन्जुरीनामा दिँदा उक्त पुर्खौली सम्पत्ति ४ बिगाहबाट घटेर १-५-१७१/२ मात्र बाँकी रहेको थियो । उक्त मन्जुरीनामाको गलत प्रयोग गरी विपक्षीले मेरो अंश हक मार्ने र एकलौटी खाने उद्देश्यले विभिन्‍न व्यक्तिहरूलाई जग्गा बेचबिखन गरी जम्मा ०-७-१२ जग्गामात्र आफ्नो नाममा दर्ता गराएकी हुँदा मैले थाहा पाएर धनगढी आई मेरो मन्जुरी बिना