निर्णय नं. १०२२० - मिलापत्र बदर टिप्पणी आदेश बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२२० - मिलापत्र बदर टिप्पणी आदेश बदर भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७५/०६/१७ २५१० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा फैसला मिति : २०७५।६।१७ ०६८-CI-०९३६ मुद्दाः- मिलापत्र बदर टिप्पणी आदेश बदर पुनरावेदक / प्रतिवादी : पर्सा जिल्ला, बागेश्‍वरी गा.वि.स. वडा नं.४ बस्ने सुदिपकुमार मिश्रको पत्‍नी विभाकुमारीदेवी मिश्र विरूद्ध प्रत्यर्थी / वादी : पर्सा जिल्ला, बहुअरी पिडरी गा.वि.स. वडा नं.५ बस्ने राजेन्द्र राउत अहिर दर्ता गर्ने कार्य हक स्थापना गर्ने कार्य भएकोले रोक्‍का रहेको अवस्थामा भएको दर्तालाई कानूनबमोजिमको दर्ता मान्‍न नमिल्ने हुँदा गैरकानूनी कार्यबाट कानूनी हक सिर्जना भएको मान्‍न नमिल्ने । (प्रकरण नं.५) आफूले ऋण खाई धितोबन्धक राखी रोक्‍का रहेको जग्गालाई कुनै बेहोराले हक हस्तान्तरण गर्दै जाने र धनीले सो कार्यलाई बदर गराउन नपाउने हो भने आर्थिक व्यवहार नै असुरक्षित मात्रै होइन कपटपूर्ण व्यवहारले प्रश्रय पाउने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री दुर्गा उप्रेती र श्री विनोद नेपाल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहबाट फैसला गर्नेः- माननीय न्यायाधीश श्री अजयराज उपाध्याय पर्सा जिल्ला अदालत पुनरावेदन तहबाट फैसला गर्नेः- माननीय न्यायाधीश श्री मोहनप्रसाद घिमिरे माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई पुनरावेदन अदालत हेटौंडा फैसला न्या. हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- विपक्षीमध्येका सुदिपकुमार मिश्रले म वादीसँग रू.१,००,०००।– घर व्यवहार चलाउनको लागि कर्जा लिनु भई सो रूपैयाँमा सयकडा १० प्रतिशतका दरले २०६४ साल माघ मसान्तभित्रमा सावाँ ब्याज बुझाउने भाखा राखी आफ्नो नाम दर्ताको जिल्ला पर्सा गा.वि.स. बागेश्‍वरी तित्रौना वडा नं.४ कि.नं. १२८ को ज.बि. ०,२८३५ वर्ग मिटर जग्गा धितो बन्धक राखी मिति मिति २०६३/१२/२८ गतेमा दृष्‍टिबन्धक लिखत पारित गरी दिनुभएकोमा भाखाभित्र सावाँ ब्याज नदिएपछि निजउपर यसै पर्सा जिल्ला अदालतमा लेनदेन मुद्दा दायर गरी मैले आफ्नो सावाँ ब्याजसमेत भराई पाउने ठहरी मिति २०६६/०२/१६ मा फैसलासमेत भएको अवस्थामा प्रतिवादीहरूले मेरो साँवा ब्याजसमेत पचाउने नियत राखी आपसमा दे.नं. ९०१ को अंश मुद्दा दायर गरी आपसमा अंश लिनु दिनु गरी मिति २०६५/०८/०१ गतेमा मिलापत्र गराई सो मिलापत्रमा मैले दृष्टिबन्धक गराई लिएको जग्गासमेत पारी सो मिलापत्रको आधारमा मालपोत कार्यालय, पर्साबाट दा.खा. टिप्‍पणी आदेश गराई प्रतिवादीमध्येका विभाकुमारीको नाममा दर्ता गराई प्रतिवादी विभाकुमारीले लिएको कुरा नक्‍कल सारी थाहा पाएकोले प्रतिवादीहरूले मिति २०६५/०८/०१ मा गरेको मिलापत्र तथा सो मिलापत्रको आधारमा भएको विभाकुमारीको नामको दा.खा. दर्तासमेत बदर गरी प्रतिवादी विभाकुमारीकै नाममा स्रेस्ता कायम गरिपाउँ भन्‍ने वादीको फिरादपत्र । म प्रतिवादी विभाकुमारीले आफ्नो अंश हकको लागि पर्सा जिल्ला अदालतमा अंश मुद्दा दायर गरी सो मुद्दामा अंश लिनु दिनु गरी मिलापत्र गरेको र सो मिलापत्रको आधारमा आफ्नो नाममा जग्गा दा.खा. दर्ता गराई लिएकोमा हामी अंशियारबिच भएको अंशको मिलापत्र बदर गराई माग्न पाउने वादीलाई हकदैयासमेत नभएको हुँदा मालपोत कार्यालय पर्साको दा.खा.