निर्णय नं. १०२२३ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२२३ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७४/१२/१९ २७३७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ आदेश मिति : २०७४।१२।१९ ०६९-WO-०२४७ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३५ स्थित फायरफाइटर्स भोलन्टियर एसोसियसन अफ नेपाल (फ्यान) का तर्फबाट ऐ.का अख्तियारप्राप्त अध्यक्ष केवलकुमार चापागाइँ विरूद्ध विपक्षी : नेपाल सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबार काठमाडौंसमेत कानूनी अख्तियारी नभएको निकायले हस्तान्तरण गरेको तथा व्यक्तिको वा समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक आदि अधिकारसँग सार्थक सम्बन्ध र सार्वजनिक सरोकार राख्ने अवस्थाको कुरामा अनुचित तवरबाट सरकारी वा सार्वजनिक जग्गा पजनी गरिएको अवस्थामा न्यायिक निरूपणका लागि प्रश्न उठाउन अवश्य नै सकिन्छ । तर त्यस प्रकारको सम्बन्ध वा सरोकार नदेखिएको अवस्थामा नेपाल सरकारले आफ्नो कार्यकारिणी अधिकार प्रयोग गरी आफ्नो एउटा निकायको अधीनस्थ रहेको जग्गा सरकारको अर्को कुनै निकायलाई हस्तान्तरण गरिएको कार्यलाई अनुचित वा कानून प्रतिकूल कार्य मान्न नमिल्ने । (प्रकरण नं.२) सार्वजनिक सेवा प्रदायक सरकारी निकायलाई कुन निकाय अधीनस्थ राखी कसरी व्यवस्थापन गर्ने भन्ने विषय सरकारको नीतिगत निर्णयको विषय भएकाले यसप्रकारको निर्णयको कुरालाई न्यायिक निरूपणको विषय बनाउन मनासिब नदेखिने । वारूण यन्त्र कार्यालयहरूलाई स्थानीय आवश्यकताका आधारमा सञ्चालन गर्नको लागि स्थानीय तहलाई जिम्मेवारी दिनुलाई अनुचित मान्न नमिल्ने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री दामोदर खड्का र विद्वान् अधिवक्ता श्री विश्वास आचार्य विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सञ्जिवराज रेग्मी, विद्वान् अधिवक्ता श्री रमेशकुमार रोका, श्री सुरज अधिकारी अवलम्बित नजिर : सम्बद्ध कानून : दैवी प्रकोप (उद्धार) ऐन, २०३९ आदेश न्या. ईश्वरप्रसाद खतिवडा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं आदेश यसप्रकार रहेको छ:- रिट निवेदनको बेहोराः जुद्ध वारूण यन्त्र कार्यालय वि.सं. १९९४ सालमा स्थापना भए पनि यसको सेवा विस्तार र विकास हुन सकेको छैन । यस्तो पुरानो संस्थालाई सञ्चालन गर्ने छुट्टै कानून नहुँदा आगलागी वा विपदीय घटनामा नियन्त्रणका लागि चाहिने अत्याधुनिक कुनै पनि यन्त्र, उपकरण, प्राविधिक जनशक्तिको अभाव छ । साथै वारूण यन्त्र सञ्चालन गर्ने सामर्थ्य कमजोर भएको छ । यस सेवाले राणाकाल, पञ्चायतकाल, बहुदलकाल र गणतान्त्रिक कालमा आउँदासम्म कानून पाउन सकेको छैन । दैवी प्रकोप ऐन, २०३९ ले आगलागी प्रकोपलाई समेटे पनि वारूण यन्त्र सेवाको सञ्चालन, व्यवस्थापनमा मौन छ । पीडित जनता, कर्मचारी र अग्नि नियन्त्रण सेवालाई व्यवस्थित र मर्यादित बनाउन प्रभावकारी साङ्गठनिक संरचनाको निर्माणको लागि प्रस्तुत सार्वजनिक चासोयुक्त रिट निवेदन दायर गरिएको छ । तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले बेलायतमा बनेको मोरिस नामक एउटा वारूण यन्त्र वीरगन्जको रक्सौलबाट पाटपुर्जा खोली पिठ्युँमा मानिसले बोकेर ल्याई जुद्ध सडक (नयाँ सडक) काठमाडौंमा स्थापना भएको थियो । यसको सेवा विस्तार, विकास गर्ने क्रममा २००१ सालमा बेलायतबाट थप गाडीहरू प्राप्त गरी ललि