निर्णय नं. १०२२४ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२२४ - परमादेश भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७४/०९/१२ ८६३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७४।९।१२ ०७३-WO-००२२ मुद्दाः परमादेश निवेदक : ललितपुर जिल्ला कार्यविनायक न.पा. वडा नं.६ स्थित स्नेहाज केयरकी अध्यक्ष ललितपुर जिल्ला, ललितपुर उ.म.न.पा. वडा नं.३० बस्ने यमुनाकुमारी श्रेष्ठ विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत पशुपंक्षीलाई अन्य निर्जीव सम्पत्तिजस्तो अमानवीय व्यवहार गर्न नमिल्ने । (प्रकरण नं.५) पशुपंक्षी वध गर्दा उपयुक्त प्रविधिको प्रयोग गरी कम पीडा दिई गरिनुपर्ने । पशुपंक्षी एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्दा क्रूर तरिकाबाट नगरी व्यवस्थित तरिकाबाट गर्न कानूनले सुनिश्चित गरेको हुनुपर्ने । पशुलाई वैज्ञानिक प्रयोगको लागि उपयोग (Scientific Experiment), पशुको प्रजनन तथा Genetic Engineering र Genetic Modification, मनोरञ्जन तथा अन्य क्रियाकलापलगायतका विषयहरूलाई कानूनले सम्बोधन गर्नुपर्ने । (प्रकरण नं.१५) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री हरि फुँयाल र श्री प्रविण सुवेदी विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई अवलम्बित नजिर : ने.का.प.२०७३, अंक ९, नि.नं.९६८६ सम्बद्ध कानून : पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ पशु वधशाला र मासु जाँच नियमावली, २०५७ आदेश न्या.सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६, १३३(२)(३) बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः- रिट निवेदनको बेहोरा म निवेदिकाले स्नेहाज केयर नामको सामाजिक संस्थामार्फत हाल करिब ७० वटा छाडा छोडिएका रोगी, घाइते कुकुरहरूको संरक्षण गरी पशु संरक्षण र पशु अधिकारका सम्बन्धमा काम गरी आएकी छु । मानव समुदाय र जीव जनावर एक अर्काका दुस्मन नभई एक अर्काका पूरक हुन् । नेपाली समाजले साँस्कृतिक, धार्मिक र पर्यावरणीय रूपले जीव जनावरको सहअस्तित्वलाई स्वीकार गरेको छ । हामी हरेक जीवभित्र परमात्माको अंश रहेको स्वीकार गरी विभिन्‍न साँस्कृतिक चाड, पर्व तथा उत्सवमा जीवजन्तुको पूजा गर्दछौं तथापि हामीले आमासरह सम्मान गरेको गाईले अनेकौं पीडा र अन्याय सहनु परेको छ । खेतीपातीको पर्याय बनेका गोरू राँगाले त्यस्तै अन्याय र यातना सहनु परेको छ । सुरक्षा र बफादारिताको पर्याय बनेको कुकुरले अनेकौं प्रकारले चरम अन्याय सहनु परेको छ । सम्पूर्ण घरपालुवा जनावर अन्याय र क्रूर यातनाको सिकार बनेका छन् । केही जनावरलाई एसिडले आक्रमण गर्ने, इनारमा फाली दिने, आगो र तातो पानीले पोली दिने, मट्टीतेल छर्केर आगो लगाई दिने, विष खुवाउने, खुट्टा, पुच्छर वा अन्य अङ्ग काटेर चरम यातना दिने जस्ता असभ्य र क्रूर तवरले आक्रमण गर्ने गरेको पाइन्छ । जङ्गली जनावरसमेत चरम यातना अन्याय र शोषण बेहोर्न बाध्य पारिएका छन् । मानव समुदायको सुरक्षा समुन्‍नति र सम्बृद्धिका लागि हामीले विभिन्‍न कानून निर्माण गरेका छौं तर केही अपवादका व्यवस्थाबाहेक जीव जनावर र पशुधनको न्याय, सुरक्षा, मर्यादा र सदुपयोगका लागि कुनै कानून बनाइएको छैन । हाम्रै आँखाअगाडि जीव जनावर पशुधनलाई चरम यातना, पीडा र अन्याय हुँदा पनि उजुर गर्ने, कारबाही गराउने, न्याय दिलाउने ठ