निर्णय नं. १०२२६ - मोही कायम मोही प्रमाण पत्र
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२२६ - मोही कायम मोही प्रमाण पत्र भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७६/०१/१२ ३११० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।१।१२ ०७०-CI-०३३९ मुद्दाः मोही कायम मोही प्रमाण पत्र पुनरावेदक / वादी : जिल्ला महोत्तरी सहोर्वा गा.वि.स. वडा नं. ७ हर्दिया बस्ने वैद्यनाथ मैथिल ब्राह्मणको छोरा दयाकान्त झा विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं.५ मा बस्ने डा. बसन्तबहादुरको मु.स. गर्ने ऐ. ऐ. बस्ने डा. विजयबहादुर राजभण्डारीसमेत देवस्थलको रूपमा रहेका मन्दिर वा मन्दिरको परिसर वा गुठीको जग्गामा गुठी संस्थानको सहमति नलिई कसैले अनधिकृत रूपमा घर बनाएमा निजलाई मोहियानी हक प्राप्त नहुने । (प्रकरण नं.९) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री प्रकाशबहादुर के.सी. र श्री बल्लव बस्नेत प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री सबिता भण्डारी, विद्वान् अधिवक्ता श्री ज्ञानेन्द्र पोखरेल र श्री हेमबहादुर कार्की अवलम्बित नजिर : ने.का.प.२०६४, अंक १०, नि.नं.७८८५, पृ.१२०५ ने.का.प.२०७४, नि.नं.९८४९, पृ.१२९१ सम्बद्ध कानून : गुठी संस्थान ऐन, २०२१ गुठी संस्थान (कार्य व्यवस्था) विनियम, २०४९ भूमिसम्बन्धी ऐन, २०२१ सुरू फैसला गर्ने अधिकारी: श्री रघुनाथ अधिकारी भूमिसुधार कार्यालय धनुषा पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री विनोद शर्मा पुनरावेदन अदालत जनकपुर फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदनको रोहमा यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ: विपक्षी तहसिल तथा खर्च कार्यालय जनकपुर अधीनस्त जनकपुर नगरपालिकाअन्तर्गत वडा नं.४ को विसहरा सहोद्रा पट्टिको जग्गामध्ये २०१६ सालको नापीमा कायम भएको कित्ता नं.१७, ४३, ४४, ४२, ३९ र ३६ समेतको जम्मा जग्गा २-१३-३ जग्गासमेत जिल्ला ललितपुर नगरपालिका वडा नं.५ मा बस्ने डा. बसन्तबहादुर राजभण्डारीले साल बसाली ठेक्का बुझाई उक्त जग्गा भोगचलन गरी खान पाउने गरी मिति २०१५।१।१३।१ मा हुकुम प्रमाङ्गीबाट पाएको जग्गामध्ये उपर्युक्त उल्लिखित जग्गा २०२६ साल पौष २७ गतेदेखि आफूले आवाद गर्ने भएको जग्गाबाहेक अरू बाँकी जग्गा आवाद गर्ने व्यक्तिलाई बन्दोबस्ती गर्नु भनी जिल्ला महोत्तरी सहोर्वा गा.वि.स. वडा नं.७ हर्दिया बस्ने वैद्यनाथ झालाई अख्तियारी वारेसनामा गरिदिएको तथा सो अख्तियारनामाअघि दयाकान्त झालाई स्व. डा. बसन्तबहादुरले २०२८ सालमा बाली बुझी भरपाई गरिदिएको जग्गापछि २०३१ साल जेष्ठ १ गतेका दिन उक्त २-११-१३ जग्गा म फिरादी दयाकान्त झालाई सालबसाली आवाद गुल्जार गरी भोग चलन गर्नु भनी कबुलियत कागज गरिदिनु भएको र सो आधारमा मैले उक्त जग्गा जोती कमाई जग्गाधनीलाई बुझाउनु पर्ने कुतबाली बुझाई अधिकारप्राप्त व्यक्ति वैद्यनाथ झाबाट भरपाइसमेत साल बसालै लिँदै आएको २-११-१३ जग्गाको मोही प्रमाण पत्र माग गरी आए तापनि हाल सो जग्गामध्ये सबुत प्रमाण लिई जि.ध.जनकपुर नगरपालिका वडा नं. ४ कित्ता नं.१७ को क्षेत्रफल ०-७-० जग्गा हाल सहरी नापीमा कायम भएअनुसार हुन आएको वडा नं.४ कित्ता नं. ५८ को क्षेत्रफल ०-४-७ ऐ. ऐ. कित्ता नं. ८६ को ०-१-३ गरी जम्मा ०-५-१० र साबिक कित्ता नं. ३६