निर्णय नं. १०२२८ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२२८ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७५/०३/०७ ४१२८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७५।३।७ ०७१-WO-०१२७ मुद्दाः- उत्प्रेषण / परमादेश निवेदक : पर्वत जिल्ला, नाङ्गलिवाङ्ग गाउँ विकास समिति वडा नं.९ स्थित ॐ श्री दक्षिणामकाली क्रसर उद्योगको प्रो. विप्लव हमाल विरूद्ध विपक्षी : नेपाल सरकार मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंसमेत राजनीतिक वा प्रशासनिक नेतृत्वले आफूले गरे गराएको कामको इमान्दारितापूर्वक जिम्मेवारी लिन्छन् भन्ने जनताको वैधानिक अपेक्षा हुने । आफूमाथि परेको कर राजस्वको आर्थिक भारबाट आफ्नो लागि केही भएको छ, त्यस्ता राजस्व अनाहकमा खेर गएको होइन भन्ने अनुभूति सरकारले जनतालाई दिनै पर्ने । (प्रकरण नं.४) कुनै पदाधिकारीको स्वेच्छामा मात्र राष्ट्रिय महत्त्वको नीतिगत निर्णय गर्ने कुरा छोड्नु उपयुक्त नहुने । वस्तुनिष्ठ आधार र कारणविना एक पटक एउटा मापदण्ड र अर्को पटक अर्को मापदण्ड निर्धारित गर्दै जाने कार्यलाई उचित मान्न नसकिने । (प्रकरण नं.९) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान् अधिवक्ताहरू श्री इन्द्रबहादुर अधिकारी, श्री खड्गबहादुर बुढाथोकी र श्री बालकृष्ण भण्डारी विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी अवलम्बित नजिर : ने.का.प.२०६८, अंक १, नि.नं.८५४२ ने.का.प.२०६८, अंक ५, नि.नं.८६२० सम्बद्ध कानून : आदेश न्या.अनिलकुमार सिन्हा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र धारा १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ :- म निवेदकका नाममा दर्ता रहेको उद्योग सबै दृष्टिकोणबाट उचित स्थानमा रहेको छ । यो उद्योग हाल मालढुङ्गाबाट बेनीबजार जाने सडक (जुन राजमार्ग होइन) बाट करिब १५० मिटर टाढा रहेको छ । साथै छ किलोमिटर टाढाबाट व्यक्तिगत लगानी गरी २०० के.भि.ए.को ट्रान्सफर्मर तथा पोलहरू तत्कालीन अवस्थामा रू.२५ लाख लगानी गरी विद्युत् लाइन जोडेको छु । उद्योग सञ्चालनलाई बैंकबाट लिएको ऋणहरू तिर्नुपर्ने अवस्था छ । यो उद्योग हालको मापदण्डबमोजिम नदीबाट ५०० मिटर टाढा हुनु पर्ने भन्ने बुँदाबाहेक हालको अन्य मापदण्डभित्र नै रहेको छ । साथै यो उद्योगलाई अन्यत्र स्थानान्तरण गर्न सक्ने अवस्था पनि छैन । यस अवस्थामा कायम भएको मापदण्डभित्र रही दर्ता गरी सञ्चालन भएको अवस्थामा हाल कायम भएको मापदण्डका आधारमा बन्द गर्नुपर्ने कारण हुन सक्दैन । पहिला नै कायम भएको ऐन नियम र मापदण्डका आधारमा स्थापित, उद्योगलाई हालको मापदण्डविपरीत भनी बन्द गर्ने गरी भएको सम्पूर्ण कार्य त्रुटिपूर्ण रहेकोले बदर भागी रहेको छ । प्रकरणहरूमा उल्लेख गरेबमोजिम जारी भएको नयाँ मापदण्ड कानूनमा आधारित नभएको, उक्त मापदण्डलाई पश्चात्दर्शी असर पर्ने गरी लागू गर्ने काम भएको, समितिबाट म निवेदकको उद्योग हाल आएको मापदण्डविपरीत भएकोले मिति २०७१।४।१५ को निर्णयबमोजिम उद्योग बन्द गर्नु होला भनी गराएको जानकारी तथा विपक्षीहरूबाट भएको तत्सम्बन्धी सम्पूर्ण काम कारबाही एवं निर्णय कानूनको त्रुटि गरी भएको एवं सो निर्णयबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२(च), १५(१),(२०), १९(१)(२) द्वारा प्रदत्त म निवेदकको मौलिक तथा सम्