निर्णय नं. १०२२९ - जिउ मास्ने बेच्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२२९ - जिउ मास्ने बेच्ने भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७५/१०/२१ ५४२१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७५।१०।२१ ०६६-CR-००९२ मुद्दाः जिउ मास्ने बेच्ने पुनरावेदक / वादी : नारायण साह रौनियारको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सप्तरी जिल्ला पकरी गा.वि.स. वडा नं.२ बस्ने राजेन्द्र मण्डलसमेत वारदातको अन्‍तरालपछि पीडितले अदालतमा आएर पहिलेको भनाइ बेहोराविपरीत हुने गरी बकपत्र गरेपनि सोभन्‍दा अगाडि अपहरणबाट निजको उद्धार गरेको कागज, किटानी जाहेरी, पीडितको मौकाको प्रमाणित बयान, प्रतिवेदकको बकपत्र तथा मौकामा बुझिएका व्यक्तिहरूको कागजको बेहोरालाई नै निष्‍प्रभावी हुने गरी मुद्दाको सबल तथ्‍यको समग्रतामा विचार नगरी पीडितले अदालतसमक्ष गरेको बकपत्रलाई न्‍याय निरूपणको एक मात्र आधारको रूपमा ग्रहण गर्नु तर्कसङ्गत नहुने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्‍यायाधिवक्ता श्री गंगाप्रसाद पौडेल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ताहरू श्री महादेवप्रसाद यादव, श्री सुरेन्‍द्रकुमार खड्का तथा विद्वान्‌ अधिवक्ताहरू श्री कमलप्रसाद खनाल र श्री हरि फुयाल अवलम्बित नजिर : ने.का.प.२०६६, अंक ६, नि.नं.८१६६ सम्बद्ध कानून : जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री टेकराज नेपाल सप्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री अलिकवर मिकरानी माननीय न्यायाधीश श्री निर्मलकुमार ढुङ्गाना पुनरावेदन अदालत राजविराज, सप्तरी फैसला न्या.प्रकाशमान सिंह राउत : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र भई पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार छः- मिति २०६२ साल कार्तिक १० गते म आफू घरमा नभई व्यापारको लागि भैरहवा गएको मौका पारी मेरो वर्ष ८ को नाबालक छोरा चन्दनकुमार गुप्ता अन्य छिमेकी केटाहरूसँग अस्पतालको दक्षिण ढोका हनुमान नगरको रोडदेखि दक्षिण र प.वि. स्कूल जाने बाटोदेखि पश्चिममा रहेको पेट्रोल पम्पमा खेलिरहेको अवस्थामा नामालुम के कहाँको के कुन नाम गरेको मानिसले छोरालाई बोलाई फकाई आफूले ल्याएको मोटरसाइकलमा बसाई नामालुम कुन ठाउँमा लगी बेपत्ता पारेकाले छोरा चन्दनकुमारको पत्ता लगाई निज अपराधीउपर कानूनबमोजिम गरिपाउँ भन्‍ने नारायणप्रसाद गुप्ताको हुलिया निवेदन । जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ८ स्थित पूर्व पश्चिम राजविराज हनुमाननगर पक्‍की सडक उत्तरमा पेट्रोल पम्प दक्षिणमा सगरमाथा अञ्‍चल अस्पतालको गेट यति ४ किल्लाभित्रमा भएको पेट्रोल पम्पको अगाडि खुला स्थानबाट मिति २०६२।७।१० गते नारायण गुप्ता रौनियारको छोरा वर्ष १० को चन्दनकुमार गुप्तालाई अपहरण गरी लगी बेपत्ता बनाएको भन्‍ने घटनास्थल मुचुल्‍का । जिल्ला सप्तरी पकरी गा.वि.स. वडा नं. २ मा घर भई राजविराज नगरपालिका वडा नं. ९ मा डेरा गरी बस्ने राजेन्द्र मण्डलउपर मिति २०६२।७।१० गतेमा अपहरित वर्ष १० को चन्दनकुमार गुप्तालाई अपहरण गर्ने गराउने कार्यमा संलग्न रहेको आशङ्का भएको वारदातपश्चात्‌ भागी हिँडेकामा हाल डेरामा आएको हुँदा सोधपुछ अनुसन्धानको लागि दाखेल गरेको भन्‍ने प्र.स.नि. हिरालाल यादवको प्रतिवेदन । अपहरित वर्ष १० को चन्दनकुमार गुप्तालाई