निर्णय नं. १०२०९ - ट्रेडमार्क संशोधन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२०९ - ट्रेडमार्क संशोधन भाग: ६१ साल: २०७६ महिना: असार अंक: ३ फैसला मिति :२०७५/०८/१४ ३७३२ प्राविधिक कारणले यस फैसलामा भएका अङ्ग्रेजी शब्दहरू सपोर्ट हुन नसकेकाले कृपया नेपाल कानून पत्रिका २०७६, अंक ३, नि.नं.१०२०९, पृ.४३९ मा गई हेर्नुहुन अनुरोध गरिन्छ । पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं । सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री तेजबहादुर के।सी। माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति स् २०७५।८।१४ ०७३(ल्ँ(००४१ मुद्दाः ट्रेडमार्क संशोधन पुनरावलोकनकर्ता र प्रतिवादी स् कपिलवस्तु जिल्ला, कृष्णनगर गा।वि।स। वडा नं।५, स्थित विजार्ड फ्रेग्नेन्स कम्पनीको ९साबिकमा प्राइभेट फर्म र हाल कम्पनीमा परिणत भएको कम्पनी० को तर्फबाट अख्तियारप्राप्‍त अधिकारी ऐ। को अध्यक्ष सुलेखा कानोडिया विरूद्ध विपक्षी र वादी स् कपिलवस्तु जिल्ला, कृष्णनगर गा।वि।स। वडा नं। ३ बस्ने विकास केडिया कानूनले निर्धारित गरेको प्रक्रिया अवलम्बन नगरी भएको करारबाट कुनै प्रकारको कानूनी संरक्षण प्राप्‍त नहुने । ९प्रकरण नं।२१० उद्योग नै बिक्री गरी हस्तान्तरण भइसकेको अवस्थामा सो उद्योगको भौतिक वस्तु मात्र हस्तान्तरण भएको र उद्योगको अभिन्‍न अंगको रूपमा रहेको त्यसको नाम तथा ट्रेडमार्क बिक्री र हस्तान्तरण नभएको भनी अर्थ गर्न नमिल्ने । ट्रेडमार्कको हकको सिर्जना हुनका लागि मालसामान, कारोबार, बन्द व्यापार वा प्रदान गर्ने सेवाको अनिवार्यता रहने । ९प्रकरण नं।२५० पुनरावलोकनकर्ता र प्रतिवादीका तर्फबाट स् विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री कृष्णप्रसाद भण्डारी, श्री शम्भु थापा, श्री तुलसी भट्ट, श्री राघवलाल वैद्य, श्री मोहम्मद शेष अव्वास तथा विद्वान्‌ अधिवक्ताहरू श्री टीकाराम भट्टराई, श्री राजेश्वर श्रेष्ठ र श्री नविनकुमार वर्मा विपक्षी र वादीका तर्फबाट स् अवलम्बित नजिर स् ने।का।प।२०६८, अंक ९, नि।नं।८६८६ ने।का।प।२०६२, अंक ५, नि।नं।७५३६ सम्बद्ध कानून स् पेटेन्ट डिजायन तथा ट्रेडमार्क ऐन, २०२२ सुरू तहमा फैसला गर्ने अधिकारी स्( श्री ध्रुवलाल राजवंशी महानिर्देशक, उद्योग विभाग, त्रिपुरेश्‍वर पुनरावेदन तहमा फैसला गर्नेः( माननीय न्यायाधीश श्री शिवराज अधिकारी माननीय न्यायाधीश श्री हरिप्रसाद बगाले पुनरावेदन अदालत पाटन यस अदालत संयुक्त इजलास फैसला गर्नेस्( माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला न्या। सारदाप्रसाद घिमिरे स् यस अदालतको संयुक्त इजलासको मिति २०७३।११।३० को फैसला पुनरावलोकन गरी हेरिपाउँ भनी प्रतिवादीको तर्फबाट परेको निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०७३ को दफा ११९२० को खण्ड ९ख० बमोजिम मिति २०७४।०२।१२ मा पुनरावलोकनको अनुमति प्राप्‍त भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार छः( तथ्य खण्ड ध्ष्शबचम ँचबनचबलअभक, लिमष्ब ले ल्ष्अभ अबिककषष्अबतष्यल अन्तर्गत वर्ग ३४ मा क्जगमज एगिक ९बलम यिनय०, च्यगलबप ीबदभ िर एगलअजmगपजष् ९ध्यचमि ःबचप० ट्रेडमार्क दर्ता गरिपाउँ भनी मिति २०६७।११।१ मा दिएको दरखास्त । ध्ष्शबचम ँचबनचबलअभक, प्बउष्खिबकतग, ल्भउब ि९प्रो। विकास केडिया० ले समेत वर्ग ३१ अन्तर्गत क्गमज उगिक ९बलम यिनय०, च्यगलबप र वर्ग ३४ मा क्जगमज एगिक र गुट्खा एगलअजmगपजष् ट्रेडमार्क दर्ता गरिपाउँ भनी मिति २०६७।११।१३ मा गरेको आवेदन । सोपश्‍